थपिए दुई हजार ६३६ सङ्क्रमित : २० जनाको मृत्यु

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौँ, १५ असार । नेपालमा पछिल्लो २४ घण्टामा दुई हजार ६३६ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ । ११ हजार ७४८ नमूना परीक्षण गर्दा उक्त सङ्ख्यामा सङ्क्रमण पुष्टि भएको हो । सोही अबधिमा सात हजार २५९ पिसिआर र चार हजार ४८९ एन्टिजेन विधिबाट परीक्षण गरिएको थियो । आज चार हजार ३४८ जना कोरोना मुक्त भएका छन् । नेपालमा कोरोनामुक्त हुने ९३ प्रतिशत पुगेको छ । साथै सोही अबधिमा कोरोनाबाट २० जनाको मृत्यु भएको छ । हालसम्म कोरोनाबाट नौ हजार ७१ जनाको ज्यान गएको मन्त्रायले जनाएको छ । रासस

यो पनि – बैठक खर्च विपन्न महिलाको उपचारमा

सप्तरी, १५ असार । राजविराजमा गठित मानव अधिकार निगरानी समूहले आफ्नो बैठक खर्चको रकम एक विपन्न महिलालाई उपचारका लागि प्रदान गरेको छ । शिक्षा, स्वास्थ्य, खाद्य र आवासको अधिकार संरक्षणका लागि इन्सेकद्वारा गठित समूहको बैठकको चियानास्ता खर्च वापत् जम्मा भएको पाँच हजार पाँच सय रुपियाँ राजविराज–९ मलेठकी सियावती मेहतालाई उहाँकै घर पुगेर समूहले प्रदान गरेको हो ।
इन्सेक प्रतिनिधि मनोहर पोखरेल, सहजकर्ता दिपक यादव र समूहका सहस्यसहित पुग्नुभएका निगरानी समूहका अध्यक्ष रघुवर साहले उक्त रकम हस्तान्तरण गर्नुभयो ।

उपचार खर्चको अभावमा घरमै बस्नु भएकी आँखा रोगी मेहताले प्राप्त रकमले विराटनगर गई उपचार गराउने बताउनुभयो । आँखा अस्पताल लहानले विराटनगर जान सल्लाह दिएको र मृगौलामा समेत समस्या देखिएको उहाँले जानकारी दिनुभयो । उहाँका श्रीमान पत्रकार एवं समूहका सदस्य उपेन्द्रनारायण मेहताको गत वैशाख १३ गते मृत्यु भएको थियो । रासस