जर्मनीलाई हराउँदै इंग्ल्यान्ड पुग्यो युरो कपको क्वाटरफाइनलमा

जर्मनीलाई हराउँदै इंग्ल्यान्ड पुग्यो युरो कपको क्वाटरफाइनलमा

13
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

जर्मनीलाई पराजित गर्दै इंग्ल्याण्ड युरो कप २०२० को क्वार्टरफाइनलमा प्रवेश गरेको छ। इंग्ल्याण्डले लन्डनको घरेलु मैदान वेम्ब्लीमा भएको आजको खेलमा जर्मनीलाई २-० गोल अन्तरले हराएको हो । खेलको पहिलो हाफ बिना कुनै गोल टुंगिएको थियो । खेलको दोश्रो हाफमा भने इन्ल्याण्डले दुई गोल गर्न सफल भयो भने जर्मनीले कुनै गोल फर्काउन सकेन । इंग्ल्याण्डको तर्फबाट ७५ औ मिनेटमा स्टर्लिङ र ८६ औ मिनेटमा ह्यारी केनले गोल गरेका थिए ।

लन्डनको बहुचर्चित वेम्बली रंगशालामा ४० हजार दर्शक बीच भएको खेल निक्कै रोमान्चक भएको थियो । अब क्वाटरफाइनलमा इंग्ल्यान्डले युक्रेन र स्विडेनबीचको खेलको विजेतासँग प्रतिस्पर्धा गर्नेछ।

यो पनि – प्रतियोगिताको दाबेदार पोर्चुगललाई हराउदै बेल्जियम युरोकपको क्वाटरफाइनलमा

काठमाडौं, १४ असार। प्रतियोगिताको दाबेदार टिम पोर्चुगललाई हराउदै बेल्जियम युरोकप २०२० को क्वाटरफाइनलमा प्रवेश गरेको छ । आइतबार मध्ये राती भएको खेलमा थ्रोगन हेजार्डको निर्णायक गोलको मद्दतमा बेल्जियमले पोर्चुगललाई १–० ले पराजित गर्दै क्वाटरफाइनल पुगेको हो । गएराति भएको अन्तिम १६ को खेलमा २०१६ को विजेता पोर्चुगललाई हराउदै बेल्जियम क्वाटरफाइनलमा पुग्दा पोर्चुगल पहिलो पटक युरोकपको क्वाटरफाइनल पुग्न असफल भएको थियो ।

बेल्जियमसंगको हारसंगै दाबेदार मानिएको डिफेन्डिङ च्याम्पियन पोर्चुगल  प्रतियोगिताबाट बाहिरिएको छ । हेजार्डले पहिलो हाल्फको ४२औं मिनेटमा थोमस मुनिएले दिएको पास लिदै पेनाल्टी एरियाबाहिरबाट शानदार गोल गरेका थिए । पोर्चुगलले खेलको पुरै समय गोल फर्काउने प्रयास गरेपनि असफल रह्यो । समूह चरणको तीनवटै खेलमा गोल गरेका पोर्चुगलका क्रिस्टियानो रोनाल्डोले बेल्जियमबिरुद्दको खेलमा भने खासै चम्कन सकेनन । बेल्जियमले अब क्वाटरफाइनलमा  इटलीसँग प्रतिस्पर्धा गर्नेछ । इटाली एक पटक यूरोकप बिजेता समेत बनिसकेको टिम हो । बेल्जियम र पोर्चुगल बीच भएको खेलको पुरा हाइलाइट यहाँबाट हेर्नुहोस ।

यो पनि – अतिरिक्त समयमा अस्ट्रिया विरुद्द २ गोल गर्दै इटाली पुग्यो क्वार्टरफाइनलमा 

हाल चलिरहेको युरो कप २०२० मा निक्कै रोमान्चक खेलहरु भैरहेका छन । शनिबार मध्ये राती अर्थात आइतबार बिहान भएको अस्ट्रिया र इटाली बीचको खेल निक्कै रोमान्चक रुपमा अन्त्य भएको थियो । अतिरिक्त समयमा गरेको गोलमा इटालीले शनिबार अस्ट्रियालाई २–१ गोल अन्तरले हराउदै युरोकप २०२० को क्वार्टरफाइनल प्रवेश गर्न सफल भएको छ । इटलीका लागि फेडेरिको चिएसा र माटेओ पेसिनाले गोल गरे ।

चिसाले ९५औं मिनेटमा पहिलो गोल गरेका थिए भने पेसिनाले १ सय ५औं मिनेटमा दोस्रो गोल गरेका थिए । त्यस्तै ११३औ मिनेटमा अस्ट्रियाका तर्फबाट सासाले एक गोल फर्काएका थिए । निर्धारित समयमा दुवै टिमले गोल गर्न नसकेपछि ३० मिनेटको अतिरिक्त समयम थप गरिएको थियो । लगातार ११ खेलसम्म गोल नखाई जित हात पारेको इटलीले १२औं खेलमा गोल खाएको हो। अब इटालीले क्वाटरफाइनलमा आइतबार राती बेल्जियम र पोर्चुगलबीच हुने खेलको विजेतासंग सामना गर्नु पर्नेछ ।

०००

कोरोनाभाइरसको डेल्ट भेरियन्टको महामारी थप फैलिने खतरा: अष्ट्रेलियाको सिड्नीमा १४ दिने लकडाउन

क्यानबेरा, १२ असार । अष्ट्रेलियाको सिड्नीमा शनिबारदेखि १४ दिने लकडाउन शुरु भएको छ । विशाल सिड्नी, ब्ल्यु माउन्टेन्स, सेन्ट्रल कोष्ट र वोलोङगोङलगायतका क्षेत्रमा लकडाउन लागू गरिएको अधिकारीहरुले जनाएका छन् । कोरोनाभाइरसको डेल्ट भेरियन्टको महामारी थप फैलिने खतरा रहेकाले लकडाउन लगाउनुपरेको अधिकारीहरुको भनाइ छ । अहिले घोषणा गरिएको लकडाउन अघिल्ला पटकभन्दा कडा गरिने पनि सरकारी अधिकारीहरुले जानकारी दिएका छन् ।

त्यसैगरी न्यू साउथ वालेस (एनएसडब्लु)मा पनि पाँच जनाभन्दा बढी हिँड्न नपाउने व्यवस्थासहित निषेधाज्ञा लागू गरिएको छ । बाहिरी गतिविधिहरुमा ५० प्रतिशत क्षमताको मात्रै गर्न अनुमति दिइने गरिएको छ । घरभित्र वा बाहिर जहाँ गरिने काममा पनि मास्क अनिवार्य लगाउनुपर्ने र चार वर्गमिटर दूरी अनिवार्य हुनुपर्ने व्यवस्था गरिएको छ । शनिबार बिहान ६ बजेदेखि शुरु भएको लकडाउन आगामी जुलाई ९ तारिखको मध्यरातसम्म कायम रहने भएको छ । रासस

०००

‘द भ्वाइस अफ नेपाल’को आजको ताजा एपिसोड हेर्नुहोस, कोच दिपको ठाउमा आए गायक राजेश पायल राई (भिडियो)

निक्कै सफल र चर्चित अन्तराष्ट्रिय फ़्रेन्चाइज गायन रियालिटी शो ‘द भ्वाइस अफ नेपाल’को तेस्रो सिजन सुरु भएको छ । यो सिजन ३ को प्रतिस्पर्धामा १ सय २० जना प्रतियोगीले भाग लिँदै छन् ।

कार्यक्रम निर्देशक लक्ष्मण पौडेलका अनुसार प्रतियोगिताको डिजिटल अडिसनमा ४० हजार जनाले आवेदन दिएका थिए । जसमध्यबाट छानिएका १ सय २० जनाले शो को ब्लाइन्ड अडिसनमा भाग लिन पाउने भएका छन् ।

ब्लाइन्ड अडिसनबाट हरेक कोचले छानेका १२÷१२ जना भाग्यमानी प्रतिस्पर्धीले ब्याटल राउन्डमा प्रतिस्पर्धा गर्नेछन् । यस सिजनमा भने एक जना कोच हेरफेर भएको छ । शो को कोचका रुपमा दीप श्रेष्ठ, प्रमोद खरेल, राजु लामा अघिल्लो सिजन कै कोच निरन्तर रहेका छन् भने तृष्णा गुरुङ नया कोच आएकी छन।

पुरा भिडियो यहाबाट हेर्नुहोस ।