कर्णाली प्रदेशका मन्त्रीको असार १५ ज्येष्ठ नागरिकसँग

कर्णाली प्रदेशका मन्त्रीको असार १५ ज्येष्ठ नागरिकसँग

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

कर्णाली, १६ असार । कर्णाली प्रदेशका सामाजिक विकासमन्त्री यज्ञबहादुर बुढाक्षेत्रीले असार १५ ज्येष्ठ नागरिकसँग मनाउनुभएको छ । सुर्खेत वीरेन्द्रनगरमा रहेको प्रशान्ति वृद्धाश्रममा आश्रित ज्येष्ठ नागरिकसँग मन्त्री बुढाक्षेत्रीले असार १५ मनाउनुभएको हो । उहाँले आश्रममा रहेका २४ ज्येष्ठ नागरिकसँग दही, चिउरा खानुका साथै उहाँहरूलाई फलफूल वितरण गर्नुभएको छ । मन्त्री बुढाक्षेत्रीले नागरिकलाई सम्मानपूर्वक जीवनयापनको वातावरण बनाउने दायित्व सबैमा हुनुपर्नेमा जोड दिनुभयो ।

“मानव जीवनमा सबैले एकपटक बूढो हुनैपर्छ, यद्यपि बूढो अवस्थामा घरबाट निकाला गर्ने प्रथाले कतिपय ज्येष्ठ नागरिकले दुःख पाउनुपरेको छ”, उहाँले भन्नुभयो, “यस्तो अवस्थाको अन्त्य गर्ने दायित्व राज्यका सबै नागरिकको हो ।” उहाँले दुःखमा परेकालाई प्रशान्तिले आश्रय दिई पालनपोषण गरेको जनाउँदै खुशी व्यक्त गर्नुभयो ।वृद्धाश्रमले असहाय र आफ्नैबाट हेपिएका ज्येष्ठ नागरिक राखेर पुण्यको काम गरेको भन्दै उक्त आश्रमलाई मन्त्रालयले आवश्यक सहयोग गर्ने मन्त्री बुढाक्षेत्रीको भनाइ थियो । नेपालका विभिन्न जिल्लाबाट आश्रय लिइरहे पनि भवन र संस्था व्यवस्थापनका लागि आर्थिक अभाव भएको संस्थाका अध्यक्ष बालकृष्ण श्रेष्ठले जानकारी दिनुभयो । रासस

यो पनि – कृषिलाई व्यावसायिक बनाउन प्रदेश सरकार प्रतिबद्ध : मुख्यमन्त्री नेपाली

गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली कृषिलाई आधुनिक एवम् व्यावसायिक बनाउन प्रदेश सरकार प्रतिबद्ध रहेको बताउनुभएको छ । राष्ट्रिय धान दिवस तथा रोपाईं महोत्सव २०७८ का अवसरमा शुभकामना सन्देश जारी गर्र्दै उहाँले प्रदेश सरकारले जग्गा चक्लाबन्दी कार्यक्रमलाई निरन्तरता दिइ व्यावसायिक कृषि फार्म सञ्चालनलाई प्राथमिकतामा राखिएको उल्लेख गर्नुभयो ।

“कृषि क्षेत्रको आधुनिकीकरण, यान्त्रिकीकरण र व्यावसायीकरण मार्फत् उत्पादन र उत्पादकत्व वृद्धि गरी स्वरोजगारका अवसर सिर्जना तथा खाद्य सुरक्षा र नागरिकको स्वास्थ्यको प्रत्याभूति गर्ने नीति प्रदेश सरकारको छ”, सन्देशमा भनिएको छ ।हिलो खेल्ने, रोपाइँ गर्ने र दहीच्यूरा खाने दिनका रुपमा असार १५ गतेलाई मनाउने परम्परा छ । विसं २०६१ मङ्सिर २९ गते मन्त्रीस्तरीय निर्णय गरी २०६२ साल असार १५ गतेदेखि राष्ट्रिय धान दिवस मनाउन थालिएको हो ।