१४ वर्षीया बालिकालाई अ’पहरण गर्ने युवक जेल चलान

१४ वर्षीया बालिकालाई अ’पहरण गर्ने युवक जेल चलान

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

बालिकालाई अ’पहरण गरेको घटनाका आरोपीलाई अदालतले मङ्गलबार कारागार चलान गरेको छ । सप्तरी जिल्ला अदालतका न्यायाधीश ईश्वरमणि ओझाको इजलासले सप्तरीको राजविराज–२ घर भई सुनसरीको भण्टाबारीमा बस्ने ३५ वर्षीय नवीन देवलाई पुर्पक्षका लागि राजविराज कारागार चलान गरेको हो । अ’पहरणको खबरलगत्तै सक्रिय बनेको सप्तरी प्रहरीले १५ मिनेटमै आ’रोपीलाई पक्राउ गरी अ’पहरित बालिकाको सकुशल उद्धार गरेको थियो । राजविराजबाट अपहरित १४ वर्षीया बालिकालाई रुपनी पु¥याउनुअगावै इलाका प्रहरी कार्यालय रुपनीले आरोपीलाई पक्राउ गरी बालिकालाई सकुशल उद्धार गरेको थियो ।

राजविराजस्थित घरबाट आरोपीले जेठ २० गते ल’लाइफकाई बुवाको साथी भनी झुक्याएर छलकपट गरी मोटरसाइकलमा लिएर गएको पीडितले बयान दिएकी छन् । राजविराजबाट नौ किलोमिटर उत्तर रुपनी नजिक पुगेपछि प्रहरीले आरोपीलाई पक्राउ गरेपछि मात्रै बालिकाले अ’परहणमा परेको जानकारी पाएकी थिइन् । पीडित बालिकाका अनुसार आमाबुवा औषधोपचारका लागि घरबाहिर निक्लिएको मौका छोपी प्रदेश२–०३–०१३प ४६८२ नंको अपाची मोटरसाइकलमा आएका आरोपीले बुवाको साथी भन्दै लगेका थिए । आँगनमा निकैबेर वृद्ध हजुरबुबा, हजुरआमासँग कुरा गरेका आरोपितले आफ्नो बुबासँग फोन गरेजस्तो नक्कल गरी विश्वास दिलाएर झुक्याई लगेको बालिकाले बताइन् । वृद्धा हजुरआमाले छोराको साथी भनेर आरोपीले झुक्यानमा पारेको र विश्वासमा परेर बालिकालाई पठाएको बताउनुभयो । पीडितका बुबाआमा घर आएपछि सोधखोज गर्दा छोराले कुनै साथीलाई लिन नपठाएको भनेपछि तत्कालै प्रहरीमा जानकारी गराउँदा र प्रहरी पनि सक्रिय हुँदा आरोपी पक्राउ परेका हुन् ।

बालिकाका १६ वर्षीय दाजुलाई रावविराज–३ स्थित जिल्ला भूमिसुधार कार्यालय अगाडि ओरालेर बस्दै गर्न भनेपछि दाजुले शङ्का गरी प्रहरी र आमालाई घटनाबारे जानकारी गराएका थिए । प्रहरीलाई खबर गरेलगत्तै सक्रिय बनेको प्रहरीले चारैतिर नाकामा कडाइ गरी जाँच गर्दा आरोपी पक्राउ परेको जिल्ला प्रहरी कार्यालय सप्तरीका प्रहरी उपरीक्षक राजेन्द्रप्रसाद धमलाले बताउनुभयो । रासस

यो पनि –