झोलुङ्गे पुल बग्योः मनाङको तल्लो पिसाङ जोखिममा

झोलुङ्गे पुल बग्योः मनाङको तल्लो पिसाङ जोखिममा

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

मनाङ, १६ असार । मस्र्याङ्दी नदीमा आएको भीषण बाढीले ङिस्याङ गाउँपालिका–१ पिसाङस्थित झोलुङ्गे पुल बगाएको छ । पुल बगाएपछि माथिल्लो पिसाङ र तल्लो पिसाङको आवतजावत विच्छेद भएको छ । बाढी पहिरोले शुरुवातमा मनाङको तल्लो भागमा क्षति पु¥याएको भएपनि निरन्तर वर्षा हुन नरोकिएपछि माथिल्लो भागतर्फ क्षति हुने क्रम बढेको प्रमुख जिल्ला अधिकारी विष्णु लामिछानेले जानकारी दिनुभयो ।

“बाढीले पहिले मनाङको तल्लो भागमा क्षति पु¥याएको थियो, अहिले माथिल्लो भागतर्फ सरेको छ । विपद्लाई रोक्न नसकिने रहेछ”, उहाँले भन्नुभयो, “निरन्तर वर्षा पनि भइरहेको छ, माटो गल्दै गएपछि पहिरोको जोखिम बढेको छ, बाढी पहिरोले केही बस्ती बस्ने ठाउँहरु बगाइसकेको छ भने केही भाग अति जोखिममा छन् ।” माथिल्लो पिसाङ र तल्लो पिसाङ जोड्ने एक मात्र पुल बाढीले बगाएपछि एकापसमा सम्पर्क तथा आवतजावत रोकिएको ङिस्याङ गाउँपालिका—१ का वडाध्यक्ष भुजुङ गुरुङले जानकारी दिनुभयो । उहाले भन्नुभयो, “जनताको सुरक्षाको व्यवस्थापन गर्नुपर्ने अभिभावक भएकोले केहीलाई सुरक्षित गराउनुपर्ने जिम्मेवारी एकातिर छ भने अर्कोतर्फ मेरै घर बाढीले आधा तानिसकेको छ ।”

पिसाङको पुल क्षेत्रका १० घरपरिवार विस्थापित भएको ङिस्याङ गाउँपालिका—१ का वडासचिव पशुपति अधिकारीले जानकारी दिनुभयो । जोखिममा परेका ती घरपरिवारलाई माथिल्लो पिसाङमा सारिएको र त्यस क्षेत्रका सबै घरहरु जोखिममा रहेको उहाँको भनाइ छ । बाढीको जोखिम बढ्दै गएपछि मनाङवासी त्रसित भएका छन् । रासस

यो पनि –मस्र्याङ्दी नदीमा आएको बाढीले ङिस्याङको झोलुङ्गे पुल बगायो, जोखिम बढ्दै

मस्र्याङ्दी नदीमा आएको बाढीले ङिस्याङ गाउँपालिका–१ पिसाङस्थित झोलुङ्गे पुल बगाएको छ । झोलुङे पुल बगाएपछि माथिल्लो पिसाङ र तल्लो पिसाङको आवतजावत विच्छेद भएको छ । बाढी पहिराले शुरुआतमा यहाँको तल्लो भागमा क्षति पु¥याएको भए पनि निरन्तर वर्षा हुन नरोकिएपछि माथिल्लो भागतर्फ क्षति हुने क्रम बढेको प्रमुख जिल्ला अधिकारी विष्णु लामिछानेले जानकारी दिनुभयो । “बाढीले पहिले मनाङको तल्लो भागमा क्षति पु¥याएको थियो, अहिले माथिल्लो भागतर्फ सरेको छ, विपद्लाई रोक्न नसकिने रहेछ”, लामिछानेले भन्नुभयो, “निरन्तर वर्षा पनि भइरहेको छ, माटो गल्दै गएपछि पहिराको जोखिम बढेको छ, बाढीपहिराले बस्ती बस्ने ठाउँ केही बाढीले बगाइसकेको छ, केही भाग अति जोखिममा छन् ।” बाढीको प्रभाव बिस्तारै माथिल्लो भागतर्फ सरेको आभाष भइरहेको उहाँले बताउनुभयो ।

माथिल्लो पिसाङ र तल्लो पिसाङ जोड्ने एकमात्र पुल बाढीले बगाएपछि एकापसमा सम्पर्क तथा आवतजावत रोकिएको ङिस्याङ–१ का वडाध्यक्ष भुजुङ गुरुङले जानकारी दिनुभयो । “जनताको सुरक्षाको व्यवस्थापन गर्नुपर्ने अभिभावक हुँ, केहीलाई सुरक्षित गराउनुपर्ने जिम्मेवारी एकातिर छ भने अर्कोतर्फ मेरै घर बाढीले आधा तानिसकेको छ”, उहाँले भन्नुभयो । पिसाङको पुल क्षेत्रका १० घरपरिवार विस्थापित भएको ङिस्याङ–१ का वडा सचिव पशुपति अधिकारीले जानकारी दिनुभयो । जोखिममा परेको ती घरपरिवारलाइै माथिल्लो पिसाङमा सारिएको र त्यस क्षेत्रका सबै घर जोखिममा रहेको उहाँले बताउनुभयो । बाढीको जोखिम बढ्दै गएपछि जिल्लावासी त्रसित भएका छन् ।