शरणार्थी परिचयपत्र नवीकरण

शरणार्थी परिचयपत्र नवीकरण

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

ढोरपाटनमा बसोबास गर्ने तिब्बती शरणार्थीको परिचयपत्र नवीकरण गरिएको छ । जिल्ला प्रशासन कार्यालयको टोली बुधबार शिविरमै पुगेर ५० शरणार्थीको परिचयपत्र नवीकरण गरेको हो । बर्सेनि असार मसान्तभित्र शरणार्थी परिचयपत्र नवीकरण गर्ने गरिएको कार्यालयका प्रशासकीय अधिकृत सूर्यलाल विश्वकर्माले जानकारी दिनुभयो । तिब्बतीहरु विसं २०१६ मा शरणार्थीका रूपमा ढोरपाटन पुगेका थिए । पछिल्लो समय ढोरपाटनमा बस्ने शरणार्थीको सङ्ख्या घट्दो छ । शुरुका वर्षमा सयौँ शरणार्थी परिवार त्यहाँ बस्थे । शिविर परिवर्तन, विदेश पलायन र शहरी क्षेत्रमा बसोबास गर्ने क्रम बढेपछि ढोरपाटनमा तिब्बती शरणार्थी घटेका हुन् ।

सरकारले शरणार्थीको बसोबासका लागि अस्थायीरूपमा जग्गा व्यवस्थापन गरेको छ । शरणार्थीले आफ्नै कमाइ र मेहनतमा घर बनाएर बसेका छन् । दशकौँदेखि यहीँको समुदायसँग घुलमिल भएर बसेका उनीहरुले नेपाली नागरिकताको माग गर्दै आएका छन् । भाषिक समस्याका कारण शरणार्थीका बालबच्चा भने पोखरा बसेर पढ्छन् । कतिपय शरणार्थी शहरी क्षेत्रमा पुगेर श्रम र रोजगरीबाट जीविका चलाउने गर्छन् । ढोरपाटनसहित देशका विभिन्न ठाउँमा तिब्बती शरणार्थी बस्छन् ।

यो पनि – महिला तथा बालिकाहरुको संवेदनशील अङ्गहरु समाउदै हिड्ने तामाङ पक्राउ – बटुवा महिला तथा बालिकाहरुको संवेदनशील अङ्गहरु समाउने र यौ’नाङ्गसमेत देखाई अ’भद्र व्यवहार गरेको आरोपमा प्रहरीले रामेछाप सुनापति गाउँपालिका–५ रुपाकोट घर भई चाँगुनारायण नगरपालिका–६ भत्केकोपाटी नजिक बस्ने ३६ वर्षीय चमार सिं तामाङलाई पक्राउ गरेको छ । तामाङले गत पुसदेखि यता दर्जनौँ महिला तथा बालिकालाई दु’व्र्यवहार गरेको प्रहरीको आरोप छ । तामाङले १४ वर्षीया बालिकादेखि ६० वर्षीया महिलासमेतलाई दु’व्र्यवहार गरेको खुल्न आएको महानगरीय प्रहरी वृत्त जगातीका प्रहरी नायब उपरीक्षक राजेश थापाले जानकारी दिनुभयो । “गत पुसदेखि यस्ता उजुरी आएपछि धेरै प्रयास गरेका थियौँ, अहिले आएर पक्राउ गर्न सफल भयौँ”, उहाँले भन्नुभयो ।

अनुसन्धानका क्रममा तामाङले गत पुसदेखि बिहान उज्यालो नहुँदै र साँझ अँध्यारो भएपछि मोटरसाइकलमा सवार भई एकान्तस्थानमा पैदल हिँडिरहेकी महिला तथा बालिकाहरुको संवेदनशील अङ्गहरुमा समाउने र छातीलगायतका अङ्गहरुमा हिर्काएर भाग्ने गरेको खुल्न आएको प्रनाउ थापाले बताउनुभयो । तामाङलाई पक्राउ गरेको खबरले एक दर्जनभन्दा बढी पीडित महिला बुधवार प्रहरीको सम्पर्कमा आएको र त्यसमध्ये छ जनाले किटानी जाहेरीसमेत दिएका छन । तामाङलाई अ’भद्र व्यवहार मुद्दामा जिल्ला प्रशासन कार्यालयमा पेश गरेर प्रमुख जिल्ला अधिकारीबाट सात दिनको म्याद थप भएको प्रहरीले जनाएको छ ।

प्रहरीले तामाङलाई सार्वजनिक स्थानमा यौ’नाङ्ग देखाउन नहुने कसुरमा समेत मुद्दा चलाउने भएको छ । तामाङलाई पाँच वटा अ’भद्र व्यवहार र एउटा सार्वजनिक स्थानमा यौनाङ्ग देखाउन नहुने क’सुरमा मुद्दा चलाउने तयारी भएको प्रहरीले जनाएको छ । भक्तपुरमा एकै पटक एक व्यक्तिलाई छ वटा मुद्दामा कारवाही चलाइएको सम्भवतः यो पहिलो घटना हुनसक्ने प्रहरीको दावी छ ।  रासस