नमोबुद्ध नगरपालिकाद्वारा दलित समुदायलाई शुद्ध पानीका लागि फिल्टर वितरण

नमोबुद्ध नगरपालिकाद्वारा दलित समुदायलाई शुद्ध पानीका लागि फिल्टर वितरण

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

बनेपा, १७ असार । काभ्रेपलाञ्चोकको नमोबुद्ध नगरपालिका–१० का ८० दलित परिवारलाई शुद्ध पिउने पानीका लागि फिल्टर वितरण गरिएको छ । वडाका सबै समुदायका परिवारका लागि एक÷एक थान फिल्टर वितरण गरिएको हो । कार्यक्रममा उपप्रमुख रामदेवी तामाङले नगरपालिकाबाट विभिन्न कार्यक्रम गर्दै आएकामा दलित समुदायको उत्थानका लागि फिल्टर वितरण गरिएको बताउनुभयो । नगरपालिकाले आयोजना गरेको कार्यक्रम सफल बनाउनका लागि सोही समुदायका व्यक्ति बढी क्रियाशील हुन आवश्यक रहेको उहाँले सुनाउनुभयो ।

दलित समुदायको आयआर्जन वृद्धि गर्दै आर्थिक उन्नतिका लगि नगरपालिकाबाट गर्नुपर्ने काममा समेत आवश्यक सुझाव दिन उहाँले आग्रह गर्नुभयो । वडा नं १० का वडाध्यक्ष रामकृष्ण अधिकारीले विगतमा पनि दलित समुदायको उन्नति र उत्थानका लागि वडा तथा नगरले कार्यक्रम गर्दै आएको र आगामी दिनमा संस्कृति संरक्षणका लागि आयमूलक कार्यमा प्रयोगका लागि बाजा खरिदका योजना बनाइएको बताउनुभयो । नगरपालिकाका वातावरण अधिकृत सन्तोष काफ्लेले वडा नं १० को सो टोललाई वातावरणमैत्री टोल घोषणा गरिएको जानकारी दिँदै त्यसको सफल कार्यान्वयनका लागि शुद्ध पिउने पानी अनिवार्य आवश्यकता रहेकामा जोड दिनुभयो । रासस

यो पनि – भानुभक्त पुरस्कार नेपाल र असीम पुरस्कार मञ्जुश्रीलाई

काठमाडौँ, १७ असार । यस वर्षको आदिकवि भानुभक्त पुरस्कार नेपाली वाङ्मयको संवद्र्धनमा पु¥याइएको विशिष्ट योगदानका निमित्त इतिहासकार ज्ञानमणि नेपाललाई प्रदान गरिने भएको छ । सो पुरस्कार यही असार २९ गते २०८ औँ भानुजयन्ती समारोहमा प्रदान गरिनेछ । पुरस्कारको राशि रु एक लाख २५ हजार रहने छ ।

त्यस्तै यस वर्षको गोपाल पाँडे असीम पुरस्कार विविध विधाका कृति सिर्जनाका साथै विभिन्न रचनात्मक क्रियाकलापद्वारा नेपाली भाषासाहित्यको श्रीवृद्धिमा उल्लेखनीय योगदान पु¥याउने हरि मञ्जुश्रीलाई प्रदान गरिने भएको छ । सो पुरस्कार भने आगामी साउन ३२ गते परिषद्को ७१ औँ वार्षिकोत्सव समारोहमा प्रदान गरिनेछ । पुरस्कारको राशि रु ५० हजार रहने छ ।

अध्यक्ष रमा शर्माका सभापतित्वमा बसेको नेपाली शिक्षा परिषद्को प्रबन्ध समितिको बैठकले सो निर्णय गरेको हो । परिषद्बाट ‘आदिकवि पुरस्कार २०५२ र असीम पुरस्कार २०५० सालदेखि प्रत्येक वर्ष प्रदान गरिँदै आएको छ । साथै राष्ट्रिय विभूति आदिकवि भानुभक्तको २०८ औँ जयन्तीका अवसरमा असार २९ गते बिहान भानु मावि रानीपोखरी अगाडि स्थापित भानुभक्तको प्रतिमामा माल्यार्पणको कार्यक्रम पनि रहेको सदस्य सचिव लक्ष्मण थापाले जानकारी दिनुभयो । रासस