मादकपदार्थ सेवन गरी वृद्धालाई ज’बर्जस्ती क’रणी गर्ने युवक पक्राउ

मादकपदार्थ सेवन गरी वृद्धालाई ज’बर्जस्ती क’रणी गर्ने युवक पक्राउ

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

पाल्पामा ज’बर्जस्ती क’रणीको आरोपमा एक जना पक्राउ परेका छन् । माथागढी गाउँपालिकाकी वृद्धालाई ज’बर्जस्ती कर’णीका आरोपमा रोल्पाका एक युवकलाई प्रहरीले आज पक्राउ गरेको हो । रोल्पा, लुङ्ग्री –७ घर भई हाल माथागढीमा कुलो निर्माणमा काम गर्दै आएका १९ वर्षीय शङ्कर विकले मादकपदार्थ सेवन गरी घरमा कोही नभएका बेला महिलालाई करणी गरेको उजूरीका आधारमा नियन्त्रणमा लिई अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय का सूचना अधिकारी लक्ष्मण पचभैयाले जानकारी दिनुभयो ।

यो पनि – भूमिहीन बादी समुदायलाई खाद्यान्न सहयोग –

वीरेन्द्रनगर नगरपालिका ११ सुर्खेतस्थित झुप्रा खोला किनारमा बस्दै आएका भूमिहीन बादी समुदायलाई खाद्यान्न सहयोग गरिएको छ । विसं २०४५ देखि बस्दै आएका ती समुदायका ११६ सहित १४५ घरधुरीलाई ‘विलिभर्स ईस्टर्न चर्च कोहलपुर डायोसिस नेपाल’द्वारा खाद्यान्न सहयोग गरिएको हो । वडाध्यक्ष नन्दलाल शर्माले खोलाको किनारमा बस्दै आएको बादीलाई समुदायलाई ठूलो सहयोग भएको जनाउनुभयो ।

करिब १२ किलोमिटर टाढाको विद्यालयमा जान बादी बालबालिकाहरुलाई समस्या भएकोले आगामी आवमा बस किन्न उहाँको भनाई थियो । बादी समुदायमा रोग भन्दा भोकको समस्या अत्यधिक भएको अवस्थालाई बुझेर १४५ घरधुरीमा प्रति घरधुरी एक÷एक बोरा चामल सहयोग गरिएको डायोसिस सेक्रेटरी ईश्वर लामाले जानकारी दिनुभयो ।

विलिभर्स चर्च सुर्खेतका अगुवा पूर्ण वर्देवाले वडा सरकारसँगको समन्वयमा गरिएको खाद्यान्न सहयोगबाट बादी तथा अन्य विपन्न नागरिकहरु लाभान्वित भएको बताउनुभयो । स्थानीय हरिबहादुर बादीले मजदुरी खोसिएर हातमुख जोर्न धौ–धौ हुँदापनि कसैले नसम्झेको दुःखेसो राख्नुभयो ।

ती समुदायका तारा, डिला र आशा बादीले सरकारले पोषणका कुरा गरिरहँदा आफूलाई पेट कसरी भर्ने भन्ने चिन्ताले सताएको गुनासो गर्नुभयो । “यही खोलाको गिटी बालुवा चालेर बेच्ने गथ्र्यौं । त्यही काम वडा सरकारले रोकेको छ,” डिलाले भन्नुभयो, “खोला किनारमा गर्ने मजदुरी खोसिएपछि अब हामी कसरी बाँच्ने रु” खानेपानी नपाएर खोलाकै दुषित पानी खानुपर्ने बाध्यता भएको उनीहरुको दुःखेसो थियो ।रासस