कमला नदीको टापुमा फसेका तीनको उद्धार

कमला नदीको टापुमा फसेका तीनको उद्धार

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

कमला नदीको टापुमा बाढीको कारण फसेका तीन जनालाई सुरक्षाकर्मीले उद्धार गरेको छ । धनुषाको गणेशमान चारनाथ नगरपालिका–८ पोर्ताहा बस्ने ४६ वर्षीय गणपति यादव, ४० वर्षीया सीतादेवी यादव र २७ वर्षीय सञ्जय अधिकारीलाई नदीबाट सुरक्षाकर्मीले सकुशल उद्धार गरेका हुन् । उद्धार गरिएका तीनै जना नदीको बीच भागको बीच टापुमा फसेका थिए। उनीहरुलाई मध्याह्न १२ बजे श्रीनाथ गण महेन्द्रनगर, दंगा नियन्त्रण प्रहरी गण ढल्केवर, इलाका प्रहरी कार्यालय ढल्केवर र सशस्त्र प्रहरी बेस क्याम्प रघुनाथपुरबाट खटिएको सुरक्षाकर्मीको संयुक्त टोलीले उद्धार गरेको इप्रका ढल्केवर प्रहरी निरीक्षक प्रदीप सुवेदीले जानकारी दिनुभयो ।

नदीमा फसेका तीनै जना बुधबार साँझ ८ बजे किनारमा लगाइएको परवल खेत रुग्न गएका थिए । बुधबार राति नदीमा आएको बाढीले खेतको दुवैपट््िटको जमीन कटान गरेर खोला बग्न थालेपछि तीनै जना नदीमा फसेका थिए ।

यो पनि – सेनाद्वारा गर्भवतीको उद्धार – चौँरीगोठमा सुत्केरी बेथा लागेकी एक जनालाई नेपाली सेनाले आज उद्धार गरेको छ । गोसाइँकुण्ड धार्मिक मार्गअन्तर्गत चोलाङ्पाटीस्थित गोठबाट गोसाइँकुण्ड गाउँपालिका वडा नं ५ ठूलोस्याफ्रु निवासी ३२ वर्षीया बिबिरानी तामाङलाई लाङ्टाङ राष्ट्रिय निकुञ्जको सुरक्षामा तैनाथ नेपाली सेना विष्णु दल गणले स्टे«चरमा बोकेर उद्धार गरी रसुवा अस्पताल धुञ्चे पु¥याएको हो ।

छट्पटीमा परेकी दिदीलाई अस्पताल लाने जनशक्ति नभएपछि उनका भाइ रेञ्जेनले चन्दनबारीस्थित नेपाली सेनाको पोष्टसँग सहयोग मागेका थिए । जङ्गलमा छट्पटीको सूचना पाउँदा करीब १० सैनिक परिचालन गरी तत्काल अस्पताल पु¥याइएको सेनाले जनाएको छ ।
सैनिकले अस्पताल पु¥याएको केही समय उपचारपछि बालिकाको जन्म भएको र आमा तथा शिशुको स्वास्थ्यावस्थामा सुधार भएको जिल्ला अस्पतालका सिनियर अनमी हिमालय भटृले जानकारी दिनुभयो ।

यो पनि – वर्षात्का कारण दुईको मृत्यु –

जिल्लामा भएको अविरल वर्षाका कारण दुई जनाको मृत्यु भएको छ । एक जनाको पहिराले पुरिएर र अर्का एकको खोलाले बगाएर मृत्यु भएको हो । वर्षाका कारण कमलामाई नगरपालिका वडा नं ८ पहिरेस्थित ्रामबहादुर बम्जन आश्रममा एक जनाको पहिराले पुरिँदा मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक बुद्धिमणि नेपालका अनुसार आश्रमको. परिसरभित्र रहेका घरमा माथिबाट आएको पहिराले घरभित्रै पुर्दा मकवानपुर, हेटौंडा उपमहानगरपालिका –१३ घर भई हाल आश्रममा बसोबास गर्ने अन्दाजी ६९ वर्षीय महात्मा गुरु भनिने लरिनबहादुर हिम्दुङको मृत्यु भएको हो ।

उहाँका अनुसार कमलामाई –८ सिस्नेरी स्थित कमलाखोलाको दक्षिणपट्टि कमलाखोलाले बगाइल्याएको एउटा शव भेटिएको छ । शव कमलामाई –५ फोस्रटार बस्ने ८७ वर्षीय सन्तबहादुर मगरको भएको पुष्टि भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।  यस्तै वर्षात्का कारण प्रहरीले विभिन्न स्थानमा मनिसको उद्धार गरेको छ । कमलामाई–९ सुकेखोला स्थित बिपी राजमार्गमा सिन्धुलीबाट बर्दिबासतर्फ जाँदै गरेको गोलञ्जोर गाउँपालिका १ च्याखुटारका वासुदेव श्रेष्ठले चलाएको ज १ ह ४५५९ नंको अटो खोला तर्ने क्रममा खोलामा नै रहेका बेला अटो, चालक र सवार एक जनालाई प्रहरीले उद्धार गरेको छ ।

त्यस्तै कमलामाई –५ मधुटार नजीक कारागारबाट सिन्धुली मधुटारतर्फ आउँदै गरेको बा ५ ख ६७३२ नंको खाली ट्रक रानीखोलामा आएको बाढीले ३० मिटर तल पु¥याएकामा प्रहरीले ट्रक चालक काभ्रेपलाञ्चोक बेथानचोक गाउँपालिका –१ बस्ने सागर लामा स्याङ्तानलाई प्रहरीले उद्धार गरेको छ ।