बागमती प्रदेश सरकारद्वारा पाँच उत्कृष्ट किसान पुरस्कृत

बागमती प्रदेश सरकारद्वारा पाँच उत्कृष्ट किसान पुरस्कृत

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

बागमती, १८ असार । बागमती प्रदेश सरकारले यस वर्ष प्रदेश भित्रका उत्कृष्ट पाँच किसान छनोट गरी ‘राष्ट्रपति उत्कृष्ट कृषक पुरस्कार’ प्रदान गरेको छ । बागमती प्रदेशको भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयअन्तर्गत कृषि विकास निर्देशनालय हेटौँडाले यस वर्ष उत्कृष्ट किसानको छनोट गरेर सो पुरस्कार प्रदान गरेको हो ।

पुुरस्कृत हुनेमध्ये पहिलो स्थानमा नोबेल एग्रीकल्चर फर्म चितवनका कृष्णप्रसाद न्यौपाने, दोस्रोमा एसएस कटफ्लाओर नर्सरी काठमाडौँका अन्जना आचार्य, तेस्रोमा लालीगुराँश डेरी फार्म एण्ड रिर्सच सेन्टर चितवनका कृष्ण भण्डारी, चौथोमा एग्रो एण्ड लाइभस्टक नेपाल प्रालि रामेछापका राजनबहादुर लामा र पाँचौ स्थान हुनेमा मेलापात अर्गानीक एग्रो फार्म भक्तपुरका कबिन्द्र श्रेष्ठ रहेका छन् । मन्त्रालयले प्रदेशभित्र किसानका विभिन्न विधाअन्तर्गत दूध उत्पादन, प्रशोधन, विविधकरण तथा बजारिकरण क्षेत्रमा अतुल्य योगदान पु¥याउँदै आएका किसानलाई पुरस्कृत गरिएको हो । रासस

प्रदेश सरकारद्वारा मनाङका सरकारी कार्यालयलाई सोलार

पोखरा, १८ असार । मनाङका १६ वटा सरकारी कार्यालयका लागि गण्डकी प्रदेश सरकारले सोलार प्यानल, इन्भर्टर र ब्याट्री उपलब्ध गराएको छ । बिजुली नभएका कारण अस्पतालको उपचार सेवा र सरकारी काम प्रभावित भएकाले सोलार खरिद गरी पठाइएको हो ।

गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली प्रदेशको ऊर्जा, जलस्रोत तथा खानेपानी मन्त्रालयले छरितो प्रक्रियामार्फत सामान खरिद गरी पठाएको बताउनुभयो । उहाँका अनुसार करिब रु १९ लाखको सामान खरिद गरेर हेलिकोप्टरमार्फत चामे पठाउने व्यवस्था गरिएको छ । सामान ढुवानीका लागि लागेको रु चार लाख ३१ हजार गण्डकी सरकारले नै व्यहोरेको छ । सार्वजनिक खरिद ऐनको दफा ४१(१) (घ३) बमोजिम विशेष परिस्थितिमा सार्वजनिक खरिद प्रक्रिया अपनाई सामान पठाइएको हो ।

सामान खरिद गरेर लमजुङ सदरमुकाम बेँसीशहरमा पु¥याइएको छ । बुधबार नै सामान बेँसीशहर पु¥याएको भए पनि मौसम खराब भएका कारण हेलिकोप्टर उड्न नसकेकाले समस्या आएको ऊर्जा, जलस्रोत तथा खानेपानी मन्त्रालयका सचिव रामचन्द्र श्रेष्ठले बताउनुभयो ।

मनसुन शुरुसँगै मनाङ जिल्ला अन्धकारमा छ । बाढी पहिराका कारण स्थानीयस्तरका लघुजलविद्युत् योजनामा क्षति पुगेको छ । राष्ट्रिय प्रसारण लाइनको पोल ढलेका कारण मनाङ सदरमुकाम चामेसहित गाउँहरूमा बिजुली बलेको छैन । असार मसान्तमा सम्पादन गर्ने कामसमेत बिजुली नभएकै कारण प्रभावित भएको छ ।

जिल्ला प्रशासन कार्यालय मनाङले तोेकेको प्राथमिकता क्रमअनुसार सोलार सरकारी कार्यालयलाई प्रदान गर्न लागिएको हो । कृष्णचन्द्र नेपाली पोखरेलको अध्यक्षतामा असार ६ गते बसेको प्रदेश विपद् व्यवस्थापन समितिको बैठकले सोलार खरिद गरेर पठाउने निर्णय गरेको हो । विद्युतीय भुक्तानी र कम्प्युटर प्रणालीमा आधारित सेवा प्रवाह प्रभावित भएको थियो ।

स्वास्थ्य कार्यालय प्रमुख बद्री आचार्यले बिजुली नहुँदा कोभिडविरुद्धको खोप जोगाउन समस्या भएको बताउनुभयो । अनुकूल मिलाएर पोखरादेखि आइस ब्याग मगाएर खोप जोगाएको उहाँले जानकारी दिनुभयो । जेनेरेटर प्रयोग गर्न पनि इन्धनको अभाव, दिनभरि घाम नलाग्ने हुँदा पनि खोप बिग्रन्छ कि भन्ने डर रहेको उहाँको भनाइ छ । रासस