प्रदेशसभा सदस्यलाई ध्यानाकर्षण पत्र

प्रदेशसभा सदस्यलाई ध्यानाकर्षण पत्र

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

बागमती , १८ असार । नेपाल पत्रकार महासङ्घ बागमती प्रदेश समितिले बागमती प्रदेशका १०९ प्रदेशसभा सदस्यलाई ध्यानाकर्षण पत्र पठाएको छ । प्रदेश सरकारले आम सञ्चारगृह सञ्चालन गर्न बजेट विनियोजन गरेको प्रति असहमती जनाउँदै महासङ्घले सबै प्रदेश सभासदस्यहरूलाई ध्यानाकर्षण पत्र पठाएका हुन् ।

पत्रकार महासङ्घ बागमती प्रदेश समितिका उपाध्यक्ष रूपेश दुलाल र महासचिव कृष्ण सारू मगरसहितको टोलीले बिहीबार केही प्रदेशसभा सांसदलाई भेटेर र अन्य सांसदलाई संसदीय दलको कार्यालयमार्फत ज्ञापनपत्र बुझाएको हो । महासङ्घले सभामुख, उपसभामुख, संसद्मा प्रतिनिधित्व गर्ने नेकपा (एमाले), नेकपा (माओवादी केन्द्र), नेपाली कांग्रेस, विवेकशील साझा पार्टी, नेमकिपा, राप्रपा र स्वतन्त्र सांसदलाई ज्ञापनपत्र बुझाएको हो । एक सय १० सांसद रहेको प्रदेशसभामा सांसद पशुपति चौलागाईंको निधन भएकाले १०९ जना मात्रै रहेका छन् । रासस

यो पनि –  प्रदेश सरकारद्वारा मनाङका सरकारी कार्यालयलाई सोलार

पोखरा, १८ असार । मनाङका १६ वटा सरकारी कार्यालयका लागि गण्डकी प्रदेश सरकारले सोलार प्यानल, इन्भर्टर र ब्याट्री उपलब्ध गराएको छ । बिजुली नभएका कारण अस्पतालको उपचार सेवा र सरकारी काम प्रभावित भएकाले सोलार खरिद गरी पठाइएको हो ।

गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली प्रदेशको ऊर्जा, जलस्रोत तथा खानेपानी मन्त्रालयले छरितो प्रक्रियामार्फत सामान खरिद गरी पठाएको बताउनुभयो । उहाँका अनुसार करिब रु १९ लाखको सामान खरिद गरेर हेलिकोप्टरमार्फत चामे पठाउने व्यवस्था गरिएको छ । सामान ढुवानीका लागि लागेको रु चार लाख ३१ हजार गण्डकी सरकारले नै व्यहोरेको छ । सार्वजनिक खरिद ऐनको दफा ४१(१) (घ३) बमोजिम विशेष परिस्थितिमा सार्वजनिक खरिद प्रक्रिया अपनाई सामान पठाइएको हो ।

सामान खरिद गरेर लमजुङ सदरमुकाम बेँसीशहरमा पु¥याइएको छ । बुधबार नै सामान बेँसीशहर पु¥याएको भए पनि मौसम खराब भएका कारण हेलिकोप्टर उड्न नसकेकाले समस्या आएको ऊर्जा, जलस्रोत तथा खानेपानी मन्त्रालयका सचिव रामचन्द्र श्रेष्ठले बताउनुभयो ।

मनसुन शुरुसँगै मनाङ जिल्ला अन्धकारमा छ । बाढी पहिराका कारण स्थानीयस्तरका लघुजलविद्युत् योजनामा क्षति पुगेको छ । राष्ट्रिय प्रसारण लाइनको पोल ढलेका कारण मनाङ सदरमुकाम चामेसहित गाउँहरूमा बिजुली बलेको छैन । असार मसान्तमा सम्पादन गर्ने कामसमेत बिजुली नभएकै कारण प्रभावित भएको छ ।