सालकोटमा निःशुल्क ‘विशेषज्ञ स्वास्थ्य शिविर’ शुरु

सालकोटमा निःशुल्क ‘विशेषज्ञ स्वास्थ्य शिविर’ शुरु

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

पश्चिम सुर्खेतको पञ्चपुरी नगरपालिकामा पर्ने सालकोट प्राथमिक स्वास्थ्य केन्द्रमा निःशुल्क ‘विशेषज्ञ स्वास्थ्य शिविर’ शुरु गरिएको छ । कर्णाली प्रदेश सरकार सामाजिक विकास मन्त्रालय र कर्णाली प्रदेश अस्पतालले बिहीबारदेखि पाक्षिकरूपमा शिविरमार्फत विशेषज्ञ स्वास्थ्य सेवा उपलब्ध गरेको हो । सेवा शुरु भएसँगै सानो उपचारका लागि पनि सदरमुकाम वीरेन्द्रनगर धाउनुपर्ने यहाँका नागरिकको बाध्यता तत्कालका निम्ति हटेको छ ।  सालकोट प्राथमिक स्वास्थ्य केन्द्रमा विशेषज्ञ सेवा शुरु हुँदा बराहताल, पञ्चपुरी, चौकुनै गाउँपालिकालगायत अछाम, कैलाली र दैलेखका केही बासिन्दा खुशी भएका छन् । साउनसम्म यो सेवा पाक्षिक र भदौदेखि साप्ताहिक सेवा शुरु गर्ने लक्ष्य लिइएको मन्त्रालयका सचिव कृष्णप्रसाद काप्रीले जानकारी दिनुभयो ।

उक्त शिविरमा पहिलोपटक हाडजोर्नी तथा नशारोग विशेषज्ञ डा पदम गिरी र डा रविन केसीले पश्चिम क्षेत्रका नागरिकलाई निःशुल्क विशेषज्ञ सेवा उपलब्ध गर्नुभएको छ । “शिविरमा एकै दिन ५५ जना स्थानीयवासीको जाँच ग¥यौँ”, डा गिरीले भन्नुभयो, “अधिकांशमा हड्डी र नशाको समस्या देखियो ।” विशेषज्ञ स्वास्थ्य शिविरमा आएका बिरामीलाई एक्सरे, ल्याबसहितका सेवा पनि निःशुल्क उपलब्ध गराइएको थियो ।

कर्णाली प्रदेशका सामाजिक विकासमन्त्री यज्ञबहादुर बुढाक्षेत्रीले राजधानीभित्रकै भूगोल भए पनि पश्चिम सुर्खेत स्वास्थ्यका दृष्टिकोणले निकै पछाडि रहेकाले तत्काललाई ‘विशेषज्ञ स्वास्थ्य घुम्ती शिविर’ सञ्चालन गरिएको बताउनुभयो । कर्णालीमै उपलब्ध जनशक्तिबाट यहाँका सबै नागरिकलाई घरआँगनमै विशेषज्ञ सेवा उपलब्ध गराउने लक्ष्य प्रदेश सरकारले लिएको मन्त्री बुढाक्षेत्रीले जनाउनुभयो । रासस

यो पनि – फाइबर केबल काटिँदा इन्टरनेटमा समस्या –

इन्टरनेट सेवा प्रदायक कम्पनी वल्र्डलिङ्कले नलपरासी (बर्दघाट–सुस्तापूर्व)का विभिन्न स्थानमा जडान गरेको फाइबर केबल तथा पोलमा राखेको सामान चोरी हुँदा इन्टरनेटमा समस्या आएको छ । वल्र्डलिङ्कले जडान गरेका सामान चोरी हुने तथा क्षति पु¥याउने क्रम बढेपछि सेवालाई गुणस्तरीय बनाइराख्न दोषी पत्ता लगाएर कानूनी कारवाहीसहित क्षतिपूर्तिका लागि जिल्ला प्रहरी कार्यालयमा निवेदन दिइएको वल्र्डलिङ्कका कावासोती शाखा प्रमुख आकाश केसीले जानकारी दिनुभयो ।

वल्र्डलिङ्कले सस्तो शुल्कमा गुणस्तरीय सेवा प्रदान गरिरहेको सन्दर्भमा अन्य इन्टरनेट सेवा प्रदायक कम्पनीले प्रतिस्पर्धा गर्न नसकेर आपराधिक बाटो प्रयोग गरी वल्र्डलिङ्कको नाम बदनाम गर्न खोजेका कारण कानूनी उपचार खोजिएको केसीको भनाइ छ । केसीले केही समयदेखि यस क्षेत्रमा अन्य स्थानीय इन्टरनेट सेवा प्रदायक कम्पनीबाट दैनिकजस्तो फाइबर केबल काट्ने तथा पोलहरूमा राखिएको सामान चोरी गर्ने क्रम बढेको जानकारी दिनुभयो । वल्र्डलिङ्कलाई बदनाम गराउन खोज्नेले दुई दिनअघि मात्रै पनि रातिको समयमा चोरमारादेखि अरुणखोलाबीचको खण्ड, डण्डा र रजहर गरी चार ठाउँमा तार काटिदिएका केसीले बताउनुभयो ।

अस्वस्थ्य प्रतिस्पर्धा गर्नेले तार काटिदिएका कारण बेलाबेलामा उपभोक्ता यसको मारमा पर्ने गरेका केसीको भनाइ थियो । पछिल्लो समय इन्टरनेटको पहुँचमा जाने सेवाग्राही बढ्दै गएको सन्दर्भमा वल्र्डलिङ्कसँग प्रतिस्पर्धा गर्न नसकेपछि अन्य स्थानीय इन्टरनेट प्रदायकले गलत बाटो प्रयोग गरेका केसीले आरोप लगाउनुभयो । व्यापार, व्यवसाय, शिक्षादेखि सबै क्षेत्रमा इन्टरनेटको प्रयोग आइरहेको छ । नेपालमा झण्डै ८९ प्रतिशत जनसङ्ख्या इन्टरनेटको पहुँचमा पुगिसकेका केसीको भनाइ छ ।रासस