पहिरोमा मृत्यु भएका परिवारलाई आर्थिक सहयोग

पहिरोमा मृत्यु भएका परिवारलाई आर्थिक सहयोग

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

नेपाली कांग्रेस जिल्ला समितिले अविरल वर्षापछि आएको बाढी र पहिरामा परी ज्यान गुमाएका दुईजनाको परिवारलाई आर्थिक सहयोग गर्ने भएको छ । कांग्रेसका जिल्ला सभापति जीतनारायण श्रेष्ठले बिहीबार आएको पहिरामा परी ज्यान गुमाएका दुईजनाको परिवारलाई रु २५ हजारका दरले सहयोग गर्ने बताउनुभयो । कालिका नगरपालिका–११ सिद्धिका ज्ञानबहादुर चेपाङ र राप्ती नगरपालिका–१२ पर्खालका मोतीलाल चेपाङको परिवारलाई तत्काल राहतस्वरुप सहयोग गर्ने उहाँले जानकारी दिनुभयो । मृतकप्रति श्रद्धाञ्जलि अर्पण गर्दै उहाँले घटनाप्रति दुःख व्यक्त गर्नुभयो । सिद्धिका ज्ञानबहादुरको परिवारलाई आजै र राप्तीका मोतीलालको परिवारलाई छिट्टै पु¥याइने उहाँले जानकारी दिनुभयो ।

विपद्को समयमा उद्धार र सहयोगमा जुट्नसमेत श्रेष्ठले सबैलाई अपिल गर्नुभयो । पहिरामा परी अझै तीनजना बेपत्ता रहेका छन् । बेपत्ता हुनेमा मोतीलालका ३० वर्षीय छोरा कृष्णलाल र बुहारी ३० वर्षीया निशा चेपाङ तथा मोतीलालकी छ वर्षीया नातिनी रहेका छन् । उनीहरुको खोजी जारी रहेको प्रहरीले जनाएको छ ।

यो पनि – असहाय बस्नेत परिवारलाई घर हस्तान्तरण – दुई वर्षअघि आगाले जलेर ज्यान गुमाएकी झापा, कमल गाउँपालिका–६ सोनापुरकी कुलमाया बस्नेतको परिवारलाई स्थानीय युवाको सक्रियतामा निर्माण गरिएको घर हस्तान्तरण गरिएको छ । आगाले जलेर देवीबहादुर बस्नेतका २२ वर्षिया छोरी कुलमायाको मृत्यु भएपछि पीडित परिवारलाई स्थानीय युवाले घर बनाइदिएका हुन् ।

उपचारका क्रममा बिरामीको मृत्यु भएपछि घरवारबिहीन बस्नेत परिवारलाई स्थायी रुपमा बसोवासको व्यवस्था गर्नका लागि घर निर्माण गरी हस्तान्तरण गरिएको सामाजिक अगुवा हुकुमसिंह राईले बताउनुभयो । घर बनाउन राईसहितका मनकारी युवाहरुको समितिले सहयोग जुटाएर घर निर्माण गरिदिएको हो । एकतले जस्तापाताले छाएको पक्की घर निर्माणमा रु पाँच लाख ४५ हजार १०० खर्च भएको समितिका आर्थिक संयोजक हर्कबहादुर रायले बताउनुभयो ।
घर निर्माणमा नेपाल परिवारले १० धुर जमीन दिएका थिए भने इँटा, सिमेन्ट, रडलगायतका कच्चा सामग्री सहयोगबाट नै जुटाइएको थियो । त्यस्तै वडा कार्यालयले पनि आवश्यक जस्तापाता सहयोग गरेको थियो भने स्थानीय युवाले श्रमदान गरी सहयोग पु¥याएका थिए ।

संयोजक राईका अनुसार कुलमाया बचाउ अभियानकै बीचमा बिरामीको उपचारका लागि रु तीन लाख ८० हजार स्वदेश तथा विदेशबाट सहयोग प्राप्त भएको थियो । सो रकम समेत केही प्रतिशत घरमा पनि खर्चिएको र बचत रकम रु दुई लाख १६ हजार ४६३ पीडित परिवारको जीविकोपार्जनका लागि रकम समेत प्रदान गरिएको थियो । समितिले आज त्यहाँ एक कार्यक्रम गरी बस्नेतसहित उहाँका छोरा विदुर र बुहारीलाई नवनिर्मित घरको ताल्चा र चेक हस्तान्तरण गरेको थियो । रासस