जीवनभर पसिना बगाएर कमाएको पैसाले ठडिएको नया घर बाढीले तानेपछि (फोटो फिचर)

जीवनभर पसिना बगाएर कमाएको पैसाले ठडिएको नया घर बाढीले तानेपछि (फोटो फिचर)

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

व्यासनगरपालिका–१ निर्मलनगरमा उच्च जोखिममा रहेका घरहरु । छाब्दी खोलामा आएको बाढीले घर तलबाट पहिरो जाँदा स्थानीय सीता बिक, यामबहादुर थापा, होमबहादुर थापा, लालबहादुर थापा, राजु घर्ती र राम घर्तीको गरी छ घर उच्च जोखिममा रहेको स्थानीय अम्मर भण्डारीले जानकारी दिनुभएकोे छ । तस्वीर ः सानेबहादुर नेपाली, रासस

तनहुँको शुक्लागण्डकी नगरपालिका– १ र २ जोड्ने गुबे खोला माथिको फलामे पुल बगाएपछि स्थानीयले बनाएको काठे साँघुबाट गन्तव्यतर्फ जाँदै एक यात्रु । लगातारको वर्षासँगै बिहीबार पुल बगाएपछि स्थानीयले आवतजावतका लागि काठे साँघु तयार गरेका हुन् । तस्वीरः वासुदेव पौडेल, रासस

पनौती नगरपालिका–८ पाल्पाली गाउँस्थित एक घरको आँगनमा बुधबार राती भेटिएको दुर्लभ सालक । नेपालमा रहेको संरक्षित स्तनधारी जनावरमध्ये लोपोन्मुख जातिभित्र पर्ने उक्त वयष्क सालक पनौतीको मल्पीस्थित सामुदायिक वनमा छाडिएको छ । तस्वीर ः राजकुमार पराजुली,रासस

सप्तरी र सुनसरीको बीचमा पर्ने सप्तकोशी नदीको कोशी व्यारेजमा बगिरहेको पानीको दृश्य । लगातारको वर्षाले सप्तकोशी नदीमा पानीको बहाव बढेको छ । तस्वीर ः अरुणकुमार यादव, रासस सप्तरी र सुनसरीको बीचमा पर्ने सप्तकोशी नदीको कोशी व्यारेजमा बगिरहेको पानीको दृश्य । लगातारको वर्षाले सप्तकोशी नदीमा पानीको बहाव बढेको छ । तस्वीर ः अरुणकुमार यादव, रासस

पाल्पाको निस्दी गाउँपालिका वडा नं ५ ढुंगानावेशीमा हरियाली झुल्दै गरेको चैते धान खेती । तस्वीर ः सुशीला रेग्मी, रासस

तनहुँको व्यास नगरपालिका–१ र १३ जोड्ने बेलबासस्थित भत्किएको पुलबाट जोखिमपूर्ण रुपमा यात्रा गर्दै सर्वसाधारण । बाढीले पुल भत्किएपछि बाँसको फट्टा राखेर वारपार गरिएको छ । तस्वीर ः कृष्ण न्यौपाने, रासस

रुपन्देहीको गैडहवा गाउँपालिकामा लगाइएका गोरखनाथ जातको धान । तस्वीरः युवराज पाण्डे, रासस रुपन्देहीको गैडहवा गाउँपालिकामा लगाइएका गोरखनाथ जातको धान । तस्वीरः युवराज पाण्डे, रासस

तनहुँको व्यास नगरपालिका–११ पोल्याङमा रोपाइँपछि देखिएको धान खेत । जिल्लामा ५० प्रतिशत भू¬–भागमा रोपाइँ सकिएको छ । तस्वीर ः कृष्ण न्यौपाने, रासस