पैसा सम्बन्धि गलत अबधारणा ! पैसाले निम्त्याउने नकारात्मक असर

पैसा सम्बन्धि गलत अबधारणा ! पैसाले निम्त्याउने नकारात्मक असर

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

सम्पत्तिको तुलना गर्ने प्रचलनले हामी ‘प्यासन’ बिर्सिएर गैर–जिम्मेवार बन्दै गएका छौं। यसकारण हामी स्वस्थ रुपमा खुसी हुन सकिरहेका छैनौं। धन आजभोलि तनाव र मनोवैज्ञानिक समस्याको जड बनेको सत्य हो। नेपाली समाजमा पैसा जीवन उपयोगी साधन वा माध्यम भन्दा पनि लक्ष्य बन्दै गएकोे छ। अधिकांशले (आफ्नो व्यक्तित्व अनुसारको खुसी हुने तरिका थाहा नपाएर वा पाएरै पनि) रवाफ र सन्तानको भविष्यका लागि भन्दै धन सञ्चयलाई पहिलो र महत्वपूर्ण प्राथमिकतामा राखेका छन्।

अनैतिक/भ्रस्टाचारजन्य आय अभिभावक र सन्तान दुवैको लागि नकारात्मक

– त्यस्ता अभिभावकलाई सन्तानले रोलमोडल मान्नु त परको कुरा, भित्री मनमा सम्मानसम्म गर्दैनन्। अभिभावक जब आफू वा सन्तानले गलत गर्दा सामान्य ढंगले सोच्न थाल्छन्। त्यसको सिकार बुढेसकालमा आफैं बनिने सम्भावना हुन्छ।

– कतिपय मानिस जीवनमा सफल हुन सजिलो र छोटो बाटोको खोजीमा समय बर्बाद गर्छन्। यो कसैलाई सम्भव हुँदैन। धैर्यता, मेहेनत र लगावै नराखी सजिलो गरी धन कमाउने उपाय खोज्नु भनेको असफलता निम्त्याउनु हो। विभिन्न अध्ययनका अनुसार ९३ प्रतिशत धनी व्यक्तिहरू आफ्नै खुबी र मेहेनतले सफल बन्ने गरेका छन्। कुनै पैतृक सम्पत्ति वा अप्रत्याशित लाभ तथा चिठ्ठाबाट बनेका होइनन्।

– आधारभूत आवश्यकता पूरा गर्न चाहिने पैसाले मात्र खुसी दिनसक्छ (जुन अमेरिकामा मासिक ६ हजार मानिकएको छ)। त्यस भन्दा बढी पैसाले मानिसको खुसी बढाउन सक्दैन। चिठ्ठा जितेको व्यक्तिहरूमा गरिएको एक अनुसन्धानले उनीहरूको खुसीको स्तर केही समयपछि झन् खस्केर जाने र धेरैको जीवन अस्तब्यस्त बन्ने गरेको बताउँछ।

– स्थायी समृद्धिका लागि जसले आवश्यक बचत, बजेटिङ, स्मार्ट लगानी जस्ता वैयक्तिक व्यवस्थापनका आधारभूत सिप सिक्दैनन्। यो सिप बिना बाबु आमाले जति पैसा जम्मा गरिदिए पनि नपुग्ने हुन्छ। धनी मानिसमा गरिएका कैयौं अध्ययन अनुसार व्यक्ति कति धनी बन्दछ भन्ने कुरा आयमा भन्दा उसको बचत गर्ने बानीमा निर्भर हुन्छ।

– अनैतिक काममार्फत पैसा कमाउने अभिभावकका छोराछोरी पेसाजन्य दैनिक क्रियाकलापमा रमाउनै सक्दैनन्। किनकि, बाबुको आम्दानीको तुलनामा सन्तानको आम्दानी अर्थहीन जस्तो देखिन्छ। यसले सन्तानलाई अत्यन्तै निरुत्साहित गर्छ। यसले सन्तानलाई नयाँ काम वा पेसा कहाँबाट किन थाल्ने भन्ने दुविधा पैदा गरिदिन्छ। नेपालका बेरोजगारीको जड नै धेरैजसो कामलाई तुच्छ सम्झिनु हो।

– गलत काम गर्ने व्यक्ति जति चलाखी गरे पनि सधंै केही अज्ञात भय एवं त्रासबाट गुज्रिरहेको हुन्छ। निरन्तरको ुतनाब व्यवस्थापन संयन्त्रु को असफलताका कारण स्वास्थ्य समेत कम उमेरमै बिग्रन्छ।

– कतिपयलाई अनैतिक कुरा पनि कहिलेकाहीँ पाच्य हुनसक्छ। तर, यस्ता व्यवहार र क्रियाकलाप ‘करिअर’ निर्माणकै निर्धारक बन्न पुग्छन्। जसरी गलत इन्धनले एकै पटकमा इन्जिन खराब गरिदिन सक्छ।

– समृद्धि र खुसीका विषयमा भएका धेरै अध्ययनको निस्कर्षले भन्छ, ‘क्षणिक रुपमा अनैतिक तरिका पनि कहीलेकाहीँ फाइदा जनक लाग्न सक्ला। तर, एक्काइसौं शताब्दीको कानुनी राज्यमा दीर्घकालीन रुपमा खुसी र समृद्ध रहन इमान्दारिता नै उत्तम नीति हो।

यो पनि – मेकअप बिनाकी श्रीमती पहिलो पटक देखेपछि विवाह गरेको दुई दिनमै श्रीमानले दिए ‘डिभोर्स’

संयुक्त अरब इमिरेट्सका एक व्यक्तिले विवाह गरेको दुई दिनमा नै श्रीमतीसँग सम्बन्धविच्छेद गरेका छन् । पहिलो पटक श्रीमतीलाई मेकअप बिना देखेपछि उनले श्रीमतीसँग छुट्टिएर बस्ने निर्णय गरेका हुन् । यो अचम्मको घटना मनोचिकित्सक डा. अब्दुल अजिज असफले बताएका हुन् । उनको दाबी अनुसार २८ वषीया एक महिलाले आफ्नो अप्रत्याशित सम्बन्धविच्छेद पछि मनोवैज्ञानिक दुःख भुल्नका लागि उनको क्लिनिकमा सम्पर्क गरेकी थिइन् । असाफले ती महिलाको नाम सार्र्वजनिक गरेका भने छैनन् तर ती महिला विवाह गर्नुपूर्व ६ महिनादेखि ती ३४ वर्षीयसँगको सम्बन्धमा रहेको भने जानकारी दिए ।

सम्बन्धमा रहँदा उनका श्रीमानले उनलाई कहिले पनि बिना मेकअप नदेखेको र पहिलो पटक उनको वास्तविक अनुहार देख्दा उनले चिन्न नसकेको असफले बताए । उनका श्रीमानले उनलाई कस्मेटिकको अत्यधिक प्रयोग गरी आफूलाई झुक्याएको, नक्कली परेला हालेको र विवाह गर्नुभन्दा पहिलेजस्तै राम्री नभएको आ रोप लगाउँदै उनीसँग सम्बन्धविच्छेद गरेको असफले बताए ।

गल्फ न्यूजका अनुसार ती बेहुलाले आफ्नी दुलहीको मेकअप बिनाको अनुहार विवाहको दोस्रो दिन अल माम्जार नामक समुन्द्री तटमा स्विमिङ गर्न जाँदा देखेको बतायो । पानीले उनको सबै मेकअप पखालेको र उनका श्रीमान त्यसभित्रको अनुहार देखेर छक्क परेको स्रोतले दाबी गरेको छ । ‘यस घटना पछि ती बेहुलाले आफ्नी श्रीमतीसँग सम्बन्धविच्छेद गरेको र उनीसँग कहिले पनि पुर्नमिलन नगर्ने घोषणा गरेका छन्,’ डा. असाफले भने ।