दैलेखका दर्जनभन्दा बढी बस्तीमा जङ्गली बँदेलको बथान छिरेर लगाइएको मकैबाली सखाप पार्न थालेपछि किसान चिन्तित भएका छन् । महाबु, भैरवी गाउँपालिका, दुल्लु नगरपालिका र नारायण नगरपालिकाका दर्जनभन्दा बढी बस्तीमा लगाइएको घोगा निस्कनै लागेको अबस्थामा रहेको मकैबालीमा बँदेलको बथान छिरेर सखाप पार्न थालेपछि किसान चिन्तित भएका हुन् ।
जिल्लाको भैरबी गाउँपालिका–२ मा पर्ने चिन्तामय, वडा नं १ मा पर्ने महतारा गाउँ, जडाह घर बस्ती, गोग्न, देउताडा र जलजले महाबु गाउँपालिका–२ मापर्ने ताराचौर, घोगेपाटा, किमुखाडा, डुउग्री र पिपलपाटा, दुल्लु नगरपालिका–१० मापर्ने बिजौरा, नाबिस्थान, मेहेल्पानी र नारायण नगरपालिका–१ मा पर्ने पिडाल्ने, कुइकाना र धुल्पुर र २ मा पर्ने गैरामाल्ली, कुसांडा, पाथिकाल्ला, अयाकाटिया, बागमारे, किमेनी, सुपितारा र तल्लो जारकोटलगायतका दर्जनभन्दा बढी बस्तीमा बादेलको समूह पसेर लगाइएको मकैबाली तहसनहस पारेको छ । बस्ती नजिकैको जङ्गलबाट आउने गरेको बँदेलको बथानले मकैबाली सखाप पारेको नारायण नगरपालिका–२ का राजकुमार थापाले बताउनुभयो । दिनभरि जङ्गलमा बस्ने र रातपरेपछि बारीमा आएर खेती तहसनहस बनाउने गरेको उहाँको भनाइ छ ।
वर्षेनि बँदेलले बालीन नोक्सानी गरेपछि यसबारेमा पटकपटक सरोकारवाला निकायमा जानकारी गराउँदा पनि कुनै सुनुवाइ नभएको उहाँले गुनासो गर्नुभयो । उहाँ भन्नुहुन्छ, “बँदेलकै कारण अब बस्ती नै छाडेर बसाइ सर्नुपर्ने अवस्था सिर्जजना भएको छ ।” कति किसान त मकै जोगाउन बारीमै रातभर जाग्रामसमेत बस्ने गरेको भैरवी— १ का गगन योगीले बताउनुभयो । बँदेलले मकैबाली मात्रै होइन, घैया र धानबाली पनि नष्ट गर्ने गरेको उहाँको भनाइ छ । पीडित किसानको क्षतिको विवरणको लगत सङ्कलन गरिने र केही राहतका लागि सिफारिस गरिने भैरवी गाउँपालिकाका प्रमुख प्रेमबहादुर बुढाले जानकारी दिनुभयो । रासस
यो पनि – आफ्नै छोरीलाई यौ’न दु’व्र्यबहार गर्ने बाबु पक्राउ –
प्रहरीले आफ्नै छोरीलाई यौ’न दु’व्र्यबहार गर्ने बाबुलाई पक्राउ गरी आज सार्वजनिक गरेको छ । गत जेठको १० गते दिउँसो चाँगुनारायण नगरपालिका—८ सुडालस्थित आफ्नै कोठामा परिवारका अरु कोही नभएको मौकामा आफ्नै बाबुले छोरीको सम्बेदनशील अङ्गमा छुने, समाउने गरेको उजुरी परेपछि प्रहरीले पक्राउ गरेको हो ।
महानगरीय प्रहरी परिसर भक्तपुरका प्रहरी नायब उपरीक्षक दीपक गिरीका अनुसार बाबुले पटकपटक छोरीलाई कोठामा र एकान्त पाउने बित्तिकै त्यस्तै गतिविधि गरेको भन्दै १५ वर्षकी छोरीले ३१ वर्षका बाबुविरुद्ध प्रहरी बृत्त जगातीमा उजुरी दिएपछि प्रहरीले पक्राउ गरी हिजो शुक्रबार जिल्ला अदालत भक्तपुरका म्याद थप गर्दै कारवाही तथा अनुसन्धान अगाडि बढाएको छ ।
यो पनि – दुई कर्मचारीका भरमा दुई जिल्ला-
वीरेन्द्र कर्ण, दुई कर्मचारीले कति वटासम्म जिल्लाको जिम्मेवारी सम्हाल्न सक्ला ! सम्भवत एउटा तर वीरगञ्जमा स्थापना भएको एउटा सरकारी कार्यालयका दुई जना कर्मचारीले दुई वटा जिल्लाको जिम्मेवारी एक वर्षदेखि सम्हाल्दै आउनुभएको छ ।
लामो समयसम्म कर्मचारी व्यवस्थापन नहुँदा यस्तो समस्या आएको हो । पर्सा र बारामा सेवा पु¥याउने उद्देश्यले वीरगञ्ज महानगरपालिका—५ कुम्हाल टोलमा स्थापना भएको खाद्य प्रविधि तथा गुण नियन्त्रण डिभिजन कार्यालय दुई जना कर्मचारीको भरमा सञ्चालनमा छन् ।
खाद्य सामग्रीसम्बन्धी दुई जिल्लामा बजार अनुगमन, निरीक्षण, नमूना सङ्कलन, परीक्षण, मुद्दा दायर, जनचेतना अभिवृद्धि एवं परामर्शलगायत सेवा पु¥याउनका लागि सो कार्यालय स्थापना भएको हो । कार्यालयमा वरिष्ठ खाद्य अनुसन्धान अधिकृतसहित चार जनाको दरबन्दी भए पनि हाल एक जना खाद्य अनुसन्धान अधिकृत र एक जना कार्यालय सहयोगीबाट मात्र सेवा सञ्चालन भइरहेको कार्यालय प्रमुख बिक्की राउतले जानकारी दिनुभयो । कर्मचारीको अभावमा प्रभावकारी रुपमा सेवा प्रवाह हुन सकिएको छैन् ।
प्रमुख एवम् खाद्य अनुसन्धान अधिकृत राउत अनुगमन वा विदामा गएपछि कार्यालय सहयोगी उमेश चौधरीले नै निमित्त भएर कार्यालय सञ्चालन गर्दै आउनुभएको छ । स्रोत साधनको अभावमा कार्यालयले गर्ने अनुगमनको काम समेत प्रभावित भएको छ । कार्यालयमा सवारी साधनको नाउँमा एउटा मोटरसाइकलबाहेक अरु छैन । संयुक्त अनुगमनमा जाँदा चार पाङ्ग्रे सवारी साधन भाडा लिएर अनुगमन गर्नुपर्ने बाध्यता रहेको सो कार्यालयले जनाएको छ ।
बारा पर्सा औद्योगिक करिडोर र ठूलो बजार क्षेत्र भएकाले सवारी साधनको अभावमा काम समेत प्रभावित भएको बताउँदै कार्यालय प्रमुख राउतले राससलाई भन्नुभयो, “कार्यालयमा एउटा मात्र मोटरसाइकल भएकाले संयुतm अनुगमनमा जादाँ भाडाको गाडी लिनु पर्ने बाध्यता रहेको छ ।” उहाँले स्रोत साधन र कर्मचारीको अभावमा बजार अनुगमन प्रभावित भइरहेको बताउनुभयो । सवारी साधनका लागि विभागसँग पटकपटक माग गरेपनि हालसम्म कुनै उपलब्धि हुन नसकेकाले समस्या आएको उहाँको भनाइ छ । सो कार्यालयले बारा पर्साका करिब २ सय खाद्य र दाना उद्योगमा अनुगमन गरी त्यहाँबाट नमूना सङ्कलन गरेर जाँचका लागि जनकपुरस्थित प्रयोगशालामा पठाउने गरेको बताइएको छ । रासस
प्रतिक्रिया