पृथ्वी राजमार्गको धादिङ खण्ड एकातर्फी सञ्चालन : सुदूरपश्चिममा आन्तरिक हवाइ उडान शुरु हुँदै

पृथ्वी राजमार्गको धादिङ खण्ड एकातर्फी सञ्चालन : सुदूरपश्चिममा आन्तरिक हवाइ उडान शुरु हुँदै

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

धादिङ, १९असार । धादिङको बेनीघाट रोराङ गाउँपालिका—१० स्थित जवाङमा सवारी साधन क्षति पु¥याउने गरी आएको पहिराले अवरुद्ध पृथ्वी राजमार्गको धादिङ खण्ड शनिबार दिउँसोबाट एकातर्फी रुपमा सञ्चालनमा आएको छ । सडक विभाग र ट्राफिक प्रहरी कार्यालयको डोजरले सडकको लेदोसहितको पहिरो हटाएको छ भने क्षतिग्रस्त सवारी साधनलाई सडक किनारामा राखिएको छ ।

जबाङमा अबिरल वर्षाका कारण झरेको पहिराले पाँच वटा सवारी साधन पुरिँदा दुई जनाको मृत्यु भएको थियो भने छ जना घाइते भएका थिए । पहिरामा बा १२ च ७१५६ नम्बरको म्याजिक भ्यान, ना ७ ख ३२० नम्बरको कन्टेनर, बा १ ग २८३१ नम्बरको ट्रक, ना ८ ख ४५४० नम्बरको ट्रक र पीएन २८ एए ०१२० नम्बरको ट्रक पुरिएको जिल्ला प्रहरी कार्यालय धादिङका प्रहरी उपरीक्षक महेन्द्र खड्काले जानकारी दिनुभयो ।
घटनास्थलमा उद्धारका लागि इलाका प्रहरी कार्यालय गजुरी र इलाका प्रहरी कार्यालय बेनीघाटबाट डिएसपीको कमाण्डमा प्रहरी परिचालन गरिएको छ । स्थानीय तह र सडक विभागको टोली पनि खोज तथा उद्धारमा खटिएको प्रहरीले जनाएको छ । रातिदेखिको पहिराले राजमार्गको ठाउँठाउँमा पहिरो झरेर अवरुद्ध भएको थियो । रासस

यो पनि – सुदूरपश्चिममा आन्तरिक हवाइ उडान शुरु हुँदै

डोटी, १९ असार । कोरोनाका कारण बन्द भएका आन्तरिक उडानहरु यही असार १७ गतेबाट पुनः सञ्चालन भएसँगै सुदूरपश्चिममा पनि आन्तरिक हवाइ उडान शुरु हुने भएको छ । कोरोना महामारीका कारण कम्तिमा तीन महिनादेखि उडान बन्द भएको दिपायल–धनगढी हवाई उडान यही असार २२ गतेबाट पुनः सञ्चालन हुने नागरिक उड्डयन प्राधिकरणले जनाएको छ ।

दिपायल–धनगढी हप्ताको दुई दिन मङ्गलबार तथा शुक्रबार समिट एअरले उडान भर्ने तालीका तयार गरी हवाई उडान पुनः सञ्चालनका लागि तयारी गरेको दिपायल विमानस्थल कार्यालयले जनाएको छ । कोरोना रोकथाम तथा नियन्त्रणका लागि सरकारले गरेको निषेधाज्ञाका कारण यहाँका डोटीको दिपायलसहितका अन्य जिल्लाहरु बझाङ, अछाम र बैतडीका आन्तरिक हवाई उडान बन्द भएका थिए । सरकारले निषेधाज्ञा खुकुलो गरेसँगै यहाँका पहाडी जिल्लाहरुमा धनगढी विमानस्थलबाट हवाई उडान सञ्चालन हुन लागेको हो । रासस