वाग्मती प्रदेशसभाको बैठक असार २१ मा बस्ने

वाग्मती प्रदेशसभाको बैठक असार २१ मा बस्ने

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

वाग्मती प्रदेशसभाको आज अपराह्न ३ बजे बस्ने भनिएको बैठक विशेष कारणवश भोलि असार २१ गते दिनको १ बजे बस्ने गरी सारिएको वाग्मती प्रदेशसभा सचिवालयले जनाएको छ । प्रदेशसभाको आज बिहान ११ बजे बस्ने भनिएको बैठक सर्वदलीय सहमतिको लागि आजै अपराह्न ३ बजेको समय राखिएकामा पुनः विशेष कारणवश बैठकलाई स्थगित गरी भोलि दिनको १ बजे बस्ने गरी सूचना सम्प्रेषण गरिएको प्रदेशसभा सचिवालयका प्रमुख सचिव कृष्णहरि खड्काले बताउनुभयो ।

प्रदेशसभाको बैठकमा हिजो विपक्षी दलहरुले विनियोजित बजेटमा माग गरिएअनुसारको योजना नभएको र बजेट वितरणमा पक्षपात गरेको आरोप लगाउँदै संसद् बैठक अवरुद्ध गरेका थिए । प्रदेशसभाका सभामुख सानुकुमार श्रेष्ठको सक्रियतामा आज हेटौँडामा बसेको सर्वदलीय बैठक भएको थियो ।

बैठकमा सरकारको तर्फबाट आन्तरिक मामिला तथा कानूनमन्त्री केशवराज पाण्डे, नेकपा (माओवादी केन्द्र)का शालिकराम जम्मकट्टेल, नेपाली कांग्रेसका इन्द्रबहादुर बानियाँ, साझा विवेकशील दलका रमेश पौड्याल र सत्तारुढ दलका प्रमुख सचेतक दीपक निरौला सहभागी हुनुहुन्थ्यो । उहाँहरुबीच भोलि असार २१ गते दिन १ बजे बस्ने बैठकमा विनियोजित बजेट शीर्षकमा छलफल पुनः सञ्चालन गर्ने सहमति भएको नेकपा (एमाले) संसदीय दलका प्रमुख सचेतक दीपक निरौलाले राससलाई बताउनुभयो ।

भोलि बस्ने प्रदेशसभाको पहिलो बैठकमा सर्वदलीय बैठकमा सहमति भएअनुसार सरकारको तर्फबाट एक मन्त्रीले सरकारले ल्याएको बजेटमा भएका सत्यतथ्य विवरण सार्वजनिक गर्ने र प्रतिपक्षीले उठाएका विषयमा स्पष्टीकरण दिने र उहाँहरुले व्यक्त गरेको भावनालाई कदर गर्दै विनियोजित बजेटमा फेरबदल हुनसक्ने सम्भावना रहेको प्रमुख सचेतक निरौलाले बताउनुभयो । रासस

यो पनि -वाग्मती प्रदेशसभाको बैठक सारियो –

वाग्मती प्रदेशसभाको आज ११ः०० बजे बस्ने भनिएको बैठक बजेट विनियोजित शीर्षकमा छलफलका लागि सत्तारुढ दल र प्रतिपक्षकाबीच सहमति कायम गर्ने उद्देश्यले आजै अपराह्न ३ः०० बजे बस्ने तयारी भइरहेको छ । शनिबार बसेको प्रदेशसभाको बैठकमा विनियोजित बजेटको क्रमागत मन्त्रालयको विषय वस्तुसँग छलफल गर्ने क्रममा प्रमुख प्रतिपक्ष र प्रतिपक्षले बजेट तथा योजना बाँडफाँटमा पक्षपात र सम्मानजनक व्यवहार नगरेको आरोप लगाउँदै बैठक सञ्चालनमा अवरोध पु¥याइएको थियो ।

सोही बैठकमा प्रतिपक्ष दलले प्रदेश सरकारले प्रदेशको सिन्धुपाल्चोक, सिन्धुली, चितवनका बाढीपहिरो पीडितलाई राहत उपलब्ध गराउन जिल्ला प्रशासन कार्यालयमा अनुदान रकम पठाइएको र सो रकमले ती पीडित परिवारलाई तत्काल उद्धार राहत सामग्री वितरण नगरिएको आरोप लगाएको थियो ।

जिल्ला प्रशासन कार्यालयमा पठाइएको उक्त राहतको रकम सिधै स्थानीय तहलाई पठाउनुपर्ने माग गर्दै सरकारले ल्याएको बजेटमा भीमफेदी कुलेखानी सुरुङमार्गको निर्माण, विद्युतीय बस खरीद गर्ने प्रक्रिया रद्द गरिनुपर्ने प्रदेशसभा सदस्यले धारणा राख्नुभयो ।

त्यस्तैगरी सरकारको स्वामित्वमा रहने गरी प्रदेशमा आमसञ्चार गृह सञ्चालन गर्दा जनहित र संवैधानिक प्रक्रियामा आँच पुग्ने हुँदा सो प्रस्ताव फिर्ता लिनुपर्ने उहाँहरुले माग गर्नुभयो । प्रदेशसभाको बैठक आज सञ्चालन भएमा शनिबार स्थगित गरिएको मन्त्रालयगत रुपमा सामाजिक विकास मन्त्रालय र उद्योग पर्यटन वन तथा वातावरण मन्त्रालयसम्बन्धी विषयमा छलफल प्रारम्भ हुने प्रदेशसभा सचिवालयका प्रमुख सचिव कृष्णहरि खड्काले जानकारी दिनुभयो । रासस

यो पनि – प्रतिनिनिधिसभा विघटनः सभामुखमा तर्फबाट बहस शुरु –

सर्वोच्च अदालतमा प्रतिनिधिसभा विघटनसम्बन्धी रिट निवेदनमा समाभुखका तर्फबाट बहस शुरु भएको छ । प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबरा तथा न्यायाधीश दीपककुमार कार्की, मीरा खड्का, ईश्वरप्रसाद खतिवडा र डा आनन्दमोहन भट्टराईको संवैधानिक इजलासमा शुक्रबार सरकारी पक्षको बहस सकिएपछि आज समाभुखका तर्फबाट अधिवक्ता मेघराज पोखरेलले बहस शुरु गर्नुभएको हो ।

सभामुखका तर्फबाट बहस गर्ने कानून व्यवसायीका लागि एक घण्टाको समय छुट्याइएको छ । उहाँका तर्फबाट वरिष्ठ अधिवक्ता श्यामप्रसाद खरेल, लवप्रसाद मैनाली, उपेन्द्रकेशरी न्यौपाने र अधिवक्ता श्रीकृष्ण सुवेदीले बहस गर्नुहुने छ ।  त्यसपछि रिट निवेदकका तर्फबाट जवाफी बहस हुनेछ । त्यसका लागि तीन घण्टाको समय तोकिएको छ । अनि अदालतका सहयोगीको पालो आउनेछ । त्यसका लागि दुई घण्टाको समय निर्धारण गरिएको छ । सोमबार सम्पूर्ण बहस सकिनेछ । उक्त विवादमा ३० रिट निवेदन परेका थिए । गत जेठ ८ गते मन्त्रिपरिषद्का सिफारिसमा प्रतिनिधिसभा विघटन गरी आगामी कात्तिक २६ र मङ्सि ३ गते मध्यावधि निर्वाचन तोक्ने गरी राष्ट्रपतिको सोही दिनको निर्णय बदर गरेर असंवैधानिक र गैरकानूनी घोषणा गर्ने माग ती निवेदनमा गरिएको छ ।रासस