कर्णाली प्रदेश सरकारले लामो समयपछि ऐनमार्फत सूचना प्रविधि तथा आमसञ्चार प्रतिष्ठान स्थापनाको तयारी गरेको छ । आन्तरिक मामिला तथा कानून मन्त्रालयले प्रदेशसभा सचिवालयमा यससम्बन्धी विधेयकको मस्यौदा दर्ता गराएको छ । गत वर्ष गठनादेशबाट प्रतिष्ठान स्थापनाको तयारी गरे पनि सरोकारवालाको दवाबपछि प्रदेश सरकार पछि हटेको थियो । सरकारले कानून बनाएर सूचना प्रविधि तथा आमसञ्चारको विकास गरी सर्वसाधारणसम्म पहुँच पु¥याउन, आमसञ्चार क्षेत्रका लागि अध्ययन, अनुसन्धान र प्रशिक्षणको व्यवस्था गर्न प्रतिष्ठान स्थापनाको अवधारणा ल्याएको हो । विधेयकमा प्रतिष्ठान स्वशासित र सङ्गठित संस्था हुने उल्लेख छ । प्रतिष्ठान परिषद्मा आन्तरिक मामिला तथा कानूनमन्त्री अध्यक्ष, प्रदेश योजना आयोग, मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका सचिव, आन्तरिक मामिला तथा कानून मन्त्रालयका सचिव सदस्य रहने प्रावधान राखिएको छ ।
परिषद्मा आमसञ्चार तथा सूचना प्रविधि क्षेत्रबाट सरकारले मनोनित गर्ने दुई जना र कार्यकारी निर्देशक रहने छन् । परिषद्को सदस्य सचिव तथा कार्यकारी निर्देशकका लागि ३० वर्ष पूरा भई ५८ वर्ष उमेर ननाघेको, स्नातक उत्तीर्ण तथा आमसञ्चार क्षेत्रमा १० वर्ष अनुभव प्राप्त व्यक्तिलाई सरकारले चार वर्षका लागि नियुक्त गर्ने प्रावधान राखिएको छ । कार्यकारी निर्देशकको पारिश्रमिक, सेवा–सुविधा र शर्त प्रदेश सरकारको दशौँ तहको निजामती कर्मचारीसरह हुनेछ । विधेयकमा प्रतिष्ठानले मन्त्रालयमार्फत प्रदेश सरकारसँग सम्पर्क राख्नुपर्ने, वार्षिक प्रतिवेदन मन्त्रालयमार्फत प्रदेश सरकारलाई पेश गर्नुपर्ने, सरकारले दिएका निर्देशन अनिवार्य पालना गर्नुपर्ने जस्ता प्रावधान राखिएको छ ।
नेपाल पत्रकार महासङ्घका केन्द्रीय कोषाध्यक्ष कलेन्द्र सेजुवालले विधेयकमा स्वायत्त संस्था भनिए पनि त्यसका प्रावधान सरकारको नियन्त्रणमा रहने गरी संरचना निर्माण गर्न लागिएको बताउनुभयो । “यो आमसञ्चार तथा पत्रकारिता क्षेत्रको स्कूल हो, यस्तो महत्वपूर्ण संस्थामा नेपाल पत्रकार महासङ्घको प्रतिनिधित्व छैन”, उहाँले भन्नुभयो, “कार्यकारी निर्देशकको योग्यतासम्बन्धी प्रावधान पनि सच्याउनुपर्छ, यसमा नियुक्त हुने पदाधिकारी पत्रकारिता बुझेको, अध्ययन गरेको, पत्रकारलाई राम्रो प्रशिक्षित गर्नेदेखि प्रशासनिक ज्ञानमा पनि अब्बल हुनुपर्छ ।” त्यस्तै महासङ्घका पूर्वकेन्द्रीय कोषाध्यक्ष सूर्यमणि गौतमले प्रतिष्ठानमा पत्रकार महासङ्घको अनिवार्य प्रतिनिधित्व हुनुपर्ने बताउनुभयो । रासस
यो पनि – कांग्रेसद्वारा चितवन घटनाका दोषीलाई कानूनी कठघरामा उभ्याउन माग –
नेपाली कांग्रेसले पूर्वी चितवनको राप्ती नगरपालिकाकी युवती सुजिता भण्डारीको रहस्यमय ढङ्गले भएको मृत्युले गम्भीर आशङ्का जन्माएको जनाएको छ । नौ दिनसम्म नभेटिनु, कसैको नियन्त्रण वा अपहरणमा परेको सूचना दिएपछि पनि खोज अनुसन्धानले परिणाम हासिल नगर्नु र अन्तिममा ती युवतीको जङ्गलमा मृत शरीर भेटिनुले अनेक प्रश्न उब्जिएको कांग्रेसको भनाइ छ ।
कांग्रेस प्रवक्ता विश्वप्रकाश शर्माले आज विज्ञप्तिमार्फत सुजिता प्रकरणको गहिरो र गम्भीर अनुसन्धानमार्फत दोषीलाई अविलम्ब कानूनी कठघरामा उभ्याउन सरकारसँग माग गर्नुभएको छ । मुलुकका विभिन्न भागमा महिला उपर अनेक प्रकृतिका हिं’सा र ह’त्याका घटना पटक–पटक भएको उल्लेख गर्दै उहाँले विज्ञप्तिमा यो प्रवृत्तिलाई निरुत्साहित गर्न र सामाजिक परिवर्तनका लागि गम्भीर राष्ट्रिय विमर्श गर्न जरुरी भइसकेको भन्नुभएको छ ।
उहाँले यस्ता घटनाहरुको गहिरो अनुसन्धान र कार्वाहीका लागि राज्य प्रशासनको गम्भीर तदारुकता पनि झनै विशेष बन्न र बनाउन अत्यावश्यक भएको उल्लेख गर्नुभयो । उहाँले चितवनको घटनाको गहिराईमा पुगेर अनुसन्धान गर्न माग गर्दै यसमा सबैको ध्यानाकर्षण गराउनुभएको छ ।
यो पनि – सुजिताको रहस्यमय मृत्युबारे चितवनका एसपी यसो भन्छन (भिडियो) –
चितवन, २१ असार । ९ दिन अगाडी देखि बेपत्ता भएकी सुजिता भण्डारीको श.व फेला परेपछी स्थानीयले महेन्द्र राजमार्ग अवरुद्ध गरेका छन् । तत्काल दोषी पत्ता लगाई का.रबाही गर्न माग गर्दै उनीहरुले राजमार्ग अबरुद्द गरेका हुन्। चितवन राप्ति नगरपालिका वडा नम्बर ३ निवासी भण्डारीको श.व चितवनको जंगलमा फेला परेको हो । उनि बेपत्ता भएपछि बहिनि अ.पहरणमा परेको भन्दै उनको दिदि मिडियामा आएकी थिइन । उनि तरकारी किन्न भनेर घरबाट निस्केपछी नफर्कीएपछी उनलाई दिदिले फोन गर्दा आफु अ.पहरणमा परेको बताएकी थिइन ।
सुजिताको खोजी कार्यमा प्रहरी प्रसाशन केहि दिन अगाडी देखि लागी पर्दै आएको थियो । यसै बीच चितवनको पुर्व पश्चिम राजमार्गबाट करिब साढे ३ किलोमिटर टाढा चितवन राप्ति नगरपालिका वडा नम्बर ३ स्थित जयश्री ब्रम्हास्थान सामुदायिक बनमा सुजिताको श.व फेला परेको स्थानीय रामेश्वर सिम्खडाले जानकारी दिएका छन । सुरुमा जंगलमा च्याउ खोज्न आउने चेपाङहरुले सुजिताको शव फेला पारेपछि इलाका प्रहरी कार्यालयमा जानकारी गराएका थिए । शवनजिकै झोलामा भेटिएको समानको आधारमा उनकी दिदिले सुजिताको पहिचान गरेको प्रहरीले जनाएको छ । सुजिताको परिवारले शवको पहिचान गरिसकेको उनले बताएका छन । सुजिताको श.व जंगलको बीचमा रहेको खोल्साको लहरामा अल्झिएको अवस्थामा फेला परेको थियो । शवको अवस्था हेर्दा उनको मृत्यु दुई दिन अगाडी नै भएको हुन सक्ने उनले बताए । यस घटनाको अ.नुसन्धान बारे चितवनका एसपी ओ.पी. अधिकारीले स्थानीयलाई जानकारी दिदै चाडै अ.पराधी पत्ता लगाउने प्रतिबद्दता समेत दिएका छन ।
प्रतिक्रिया