मनकामना स्मार्ट लघुवित्तको आईपीओमा २० लाखभन्दा बढीको आवेदन

मनकामना स्मार्ट लघुवित्तको आईपीओमा २० लाखभन्दा बढीको आवेदन

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

मनकामना स्मार्ट लघुवित्त वित्तीय संस्थाले सार्वजनिक गरेको प्राथमिक सार्वजनिक निष्कासन (आईपीओ) मा २० लाखभन्दा बढीले आवेदन दिएका छन् । आज साँझ ५ः३० बजेसम्म २० लाख २६ हजार २४५ जनाको आवेदन परेको छ । यो मागभन्दा ७३ गुणा बढी भएको शेयर निष्कासन तथा बिक्री प्रबन्धक एनएमबी क्यापिटलले जनाएको छ । यही असार १७ गतेबाट खुला भएको आईपीओ आज सकिएको छ ।

क्यापिटलका अनुसार उक्त आवेदनबाट रु दुई अर्ब ६५ करोड ७४ लाख ५० हजार कित्ता शेयर माग भएको छ । संस्थाले सर्वसाधारणका लागि ३ लाख ३६ हजार ४९२ कित्ता शेयर मात्रै बिक्री गरेको थियो । लघुवित्तको आईपीओमा मागभन्दा बढी आवेदन परेकाले धितोपत्र निष्काशन तथा बाँडफाट निर्देशिका अनुसार बाँडफाट हुने बताइएको छ । निर्देशिका अनुसार गोलाप्रथाबाट न्यूनतम १० कित्ता बाँडफाट गर्दा ३६ हजार ३४९ जनाले मात्रै लघुवित्तको शेयर पाउने छन् । त्यस अनुसार ९८.१० प्रतिशतभन्दा धेरैले शेयर नपाउने देखिएका छन् । हालसम्म प्राप्त तथ्याङ्क पूर्ण नरहेकाले लघुवित्तको आईपीओ आवेदन गर्नेको सङ्ख्या अझै थप हुन सक्ने क्यापिटलले जनाएको छ ।

तीन करोड ८९ लाख बराबरको आईपीओ निष्कासन तथा बिक्री खुला गरिएको संस्थाको प्रमुख कार्यकारी अधिकृत देवसिंह विष्टले जानकारी दिनुभयो । उहाँका अनुसार प्रतिकित्ता १०० अङ्कित दरका तीन लाख ८९ हजार ४९२ कित्ता साधारण शेयर बिक्री खुला भएको छ । तीमध्ये जारी पुँजीको ०.५ प्रतिशत अर्थात् १९ हजार ४५० कित्ता शेयर सामूहिक लगानीका लागि र ६ हजार ५८ कित्ता कम्पनीका कर्मचारीका लागि छुट्याइएको छ । बाँकी रहेका तीन लाख ६३ हजार ४९२ कित्ताको लागि सर्वसाधारणका लागि बिक्री खुला गरिएको कम्पनीले जनाएको छ । उक्त सेयर इच्छुक लगानीकर्ताले न्यूनतम १० कित्तादेखि अधिकतम एक हजार कित्तासम्मका लागि आवेदन दिन सक्नेछन् ।

यो पनि – मनकामना स्मार्ट लघुवित्तको आइपीओ खुला –

मनकामना स्मार्ट लघुवित्त वित्तीय संस्थाको प्राथमिक सार्वजनिक निष्काशन (आइपीओ) आजबाट बिक्री खुला गरिएको छ । आजबाट बिक्री खुला भएको आइपीओ यही असार २१ गतेसम्म खुला हुने कम्पनीले जनाएको छ । रु तीन करोड ८९ लाख बराबरको आइपीओ निष्काशन तथा बिक्री खुला गरिएको संस्थाको प्रमुख कार्यकारी अधिकृत (सिइओ) देवसिंह विष्टले जानकारी दिनुभयो । उहाँका अनुसार प्रतिकित्ता रु १०० अङ्कित दरका तीन लाख ८९ हजार ४९२ कित्ता साधारण शेयर बिक्री खुला भएको छ । त्यसमध्ये जारी पूँजीको ०.५ प्रतिशत अर्थात् १९ हजार ४५० कित्ता शेयर सामूहिक लगानीका लागि र छ हजार ५८ कित्ता कम्पनीका कर्मचारीका लागि छुट्याइएको छ । बाँकी रहेको तीन लाख ६३ हजार ४९२ कित्ता सर्वसाधारणका लागि बिक्री खुला गरिएको कम्पनीले जनाएको छ ।

उक्त शेयर इच्छुक लगानीकर्ताले न्यूनतम १० कित्तादेखि अधिकतम एक हजार कित्तासम्मका लागि आवेदन दिन सक्नेछन् । कम्पनीको शेयर निष्काशन तथा बिक्री प्रबन्धक एनएमबि क्यापिटल लिमिटेड रहेको छ । नेपाल धितोपत्र बोर्डले संस्थालाई असार ६ गते मात्रै सो मात्राको शेयर जारी गर्न स्वीकृति दिएको थियो । संस्थाले बोर्डले स्वीकृति दिएको ११ दिनको अवधिमै शेयर निष्काशन तथा बिक्री खुलाउने भएको हो ।

शेयर निष्काशन गर्नका लागि इक्रा नेपालले लघुवित्तलाई ‘इक्राएनपी इस्यूअर रेटिङ त्रिपल बि माइनस’ रेटिङ प्रदान गरेको छ । जसले संस्थामा मध्यम क्रेडिट जोखिमका साथै समयमा वित्तीय दायित्व पूरा गर्ने सम्बन्धमा मध्यम मात्रामा सुरक्षित रहेको जनाउँछ । उक्त रेटिङको अवधि जारी मितिबाट एक वर्षसम्म हुनेछ । सर्वसाधारणले नेपाल धितोपत्र बोर्डबाट सिआस्बा अनुमतिप्राप्त बैंक तथा वित्तीय संस्था तथा तिनका शाखा कार्यालय र मेरोशेयर एप (सफ्टवेयर)मार्फत आइपीओमा आवेदन दिन सक्नछन् । रासस