सुजिता भण्डारी मृत्यु प्रकरण: ह’त्यामा संलग्नलाई कारवाही गर्नुपर्ने माग गर्दै ज्ञापनपत्र

सुजिता भण्डारी मृत्यु प्रकरण: ह’त्यामा संलग्नलाई कारवाही गर्नुपर्ने माग गर्दै ज्ञापनपत्र

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

चिल्ड्रेन भिजन नेपालले सुजिता भण्डारीको ह’त्यारामा संलग्नलाई का’रवाही गर्नुपर्ने माग गर्र्दै आज उपप्रधानमन्त्री तथा गृहमन्त्री विष्णुप्रसाद पौडेल समक्ष ज्ञापन पत्र बुझाएको छ । भिजन नेपालले चितवनको राप्ती नगरपालिका–३ प्रगतिनगरकी सुजिताका ह’त्यारालाई तत्काल पक्राउ गरी सार्वजनिक गर्दै हदैसम्मको कारवाही गरी आम महिलाको स्वतन्त्रतापूर्वक बाँच्न पाउने संविधान प्रदत्त अधिकारको प्रत्याभूति दिलाउन तथा शान्ति, सुरक्षाको सुव्यवस्था कायम गर्न र गराउन जोरदार मागसमेत गरेको छ ।

यही असार ११ गते बिहान साथीको घर जान हिँडेकी सुजिता सोही दिनदेखि बेपत्ता हुनुभएको थियो । आइतबार साँझ राप्तीकै सामुदायिक वनमा सुजिताको श’व भेटिएको थियो । उपप्रधान तथा गृहमन्त्री पौडेलले जतिसक्दो चाँडो सत्यतथ्य पत्ता लगाएर दोषी उपर कारवाही गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो । भिजन नेपालका अध्यक्ष रमेश सिलवालले घटनामा संलग्न दो’षीलाई तत्काल पक्राउ गरी हदैसम्मको सजाय गर्न माग गर्नुभयो ।

यो पनि – सुजिता भण्डारी मृत्यु प्रकरण : पूर्वपश्चिम राजमार्ग खुला –

राप्ती नगरपालिकामा स्थानीयवासीले गरेको पूर्वपश्चिम राजमार्गको अवरोध खुला भएको छ । जिल्लाको राप्ती नगरपालिका– ३ निवासी २३ वर्षीया सुजिता भण्डारीको श’व फेला परेपछि स्थानीयले निष्पक्ष छानविनको माग गर्र्दै राजमार्ग अवरुद्ध गरेका थिए । बिहान १०ः१५ बजेदेखि अवरुद्ध सडक साँझ ६ः०० बजे खुलेको हो । स्थानीयवासीले श’व ल्याउँदै गरेको एम्बुलेन्ससहित रोकेर राखेका थिए । नगरपालिकाका प्रमुख प्रभा बरालका अनुसार जनप्रतिनिधि, दलका प्रतिनिधि, प्रमुख जिल्ला अधिकारी, सुरक्षा निकायका प्रमुखको उपस्थितिमा पीडित पक्षसँग सहमति गरी बाटो खुलाइएको छ । शव परीक्षण गरी सत्यतथ्य पत्ता लगाइ अपराधीलाई कडाभन्दा कडा कारवाही गर्ने, पोष्टमार्टम गर्दा परिवारका दुई जना, एक जना परिवारले भनेका विज्ञसहित गर्ने र नेपाल सरकारसँग राहतका लागि अनुरोध गर्ने सहमति भएको बरालले जानकारी दिनुभयो ।

आइतबार साँझ स्थानीय ब्रम्हस्थानी सामुदायिक वनमा भण्डारीको शव फेला परेको थियो । उनी यही असार ११ गतेदेखि हराइरहेकी थिइन् । बिहान ६ः०० बजे घरबाट हिँडेकी भण्डारी सोही दिनदेखि वेपत्ता भएकी थिइन् । उनले सोही दिन १२ः०० बजे दिदीलाई फोन गरेर अ’पहरणमा परेको बताएको परिवारका सदस्यले बताउँदै आएका छन् । जङ्गलमा च्याउ टिप्न गएका स्थानीयवासीले श’व देखेपछि प्रहरीलाई खबर गरेका थिए । शव गलेको अवस्थामा फेला परेकोे छ । वनको बीचमा एउटा झाङमा अड्किएको अवस्थामा शव फेला परेको प्रहरीले जनाएको छ ।

यो पनि – सुजिताको रहस्यमय मृत्युबारे चितवनका एसपी यसो भन्छन (भिडियो)

चितवन, २१ असार । ९ दिन अगाडी देखि बेपत्ता भएकी सुजिता भण्डारीको श.व फेला परेपछी स्थानीयले महेन्द्र राजमार्ग अवरुद्ध गरेका छन् । तत्काल दोषी पत्ता लगाई का.रबाही गर्न माग गर्दै उनीहरुले राजमार्ग अबरुद्द गरेका हुन्। चितवन राप्ति नगरपालिका वडा नम्बर ३ निवासी भण्डारीको श.व चितवनको जंगलमा फेला परेको हो । उनि बेपत्ता भएपछि बहिनि अ.पहरणमा परेको भन्दै उनको दिदि मिडियामा आएकी थिइन । उनि तरकारी किन्न भनेर घरबाट निस्केपछी नफर्कीएपछी उनलाई दिदिले फोन गर्दा आफु अ.पहरणमा परेको बताएकी थिइन ।

सुजिताको खोजी कार्यमा प्रहरी प्रसाशन केहि दिन अगाडी देखि लागी पर्दै आएको थियो । यसै बीच चितवनको पुर्व पश्चिम राजमार्गबाट करिब साढे ३ किलोमिटर टाढा चितवन राप्ति नगरपालिका वडा नम्बर ३ स्थित जयश्री ब्रम्हास्थान सामुदायिक बनमा सुजिताको श.व फेला परेको स्थानीय रामेश्वर सिम्खडाले जानकारी दिएका छन । सुरुमा जंगलमा च्याउ खोज्न आउने चेपाङहरुले सुजिताको श’व’ फेला पारेपछि इलाका प्रहरी कार्यालयमा जानकारी गराएका थिए । शवनजिकै झोलामा भेटिएको समानको आधारमा उनकी दिदिले सुजिताको पहिचान गरेको प्रहरीले जनाएको छ । सुजिताको परिवारले शवको पहिचान गरिसकेको उनले बताएका छन । सुजिताको श.व जंगलको बीचमा रहेको खोल्साको लहरामा अल्झिएको अवस्थामा फेला परेको थियो । शवको अवस्था हेर्दा उनको मृत्यु दुई दिन अगाडी नै भएको हुन सक्ने उनले बताए । यस घटनाको अ.नुसन्धान बारे चितवनका एसपी ओ.पी. अधिकारीले स्थानीयलाई जानकारी दिदै चाडै अ.पराधी पत्ता लगाउने प्रतिबद्दता समेत दिएका छन ।