मेसिनबाट धान रोप्ने कार्यक्रम सम्पन्न

मेसिनबाट धान रोप्ने कार्यक्रम सम्पन्न

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

प्रधानमन्त्री कृषि आधुनिकिकरण परियोजना एकाइ कार्यालय वीरगञ्जले चक्लाबन्दी पकेट ब्लक जोन अन्तर्गत पश्चिमी पर्साको झुिलटारमा मेसिनद्वारा धान रोप्ने कार्यक्रम सम्पन्न भएको छ । पर्सागढी नगरपालिका वडा नं ३ झुलिटार गाउँमा मेसिनबाट धान कसरी रोप्ने बारेमा सो प्रदर्शनी गरिएको थियो । स्थानीय सुनखरी कृषि सहकारी संस्थाको आयोजना, परियोजना एकाइ कार्यालय वीरगञ्जको सहयोग र कृषि औजार कारखानाको प्राविधिक सहयोगमा मेसिनबाट कसरी धान रोप्नेबारे प्रदर्शनी गरिएको हो । राईस ट्रान्स प्लान्टर भन्ने मेसिनबाट करीब १० कठ्ठा क्षेत्रफलमा धान रापिएको थियो ।

यस प्रविधिबाट बढी काम, समयको बचत र उत्पादनमा वृद्धि हुने परियोजना प्रमुख रोशन अधिकारीले राससलाई बताउनुभयो । पर्साको ग्रामीण क्षेत्रका किसानले परम्परागत रुपमा धानखेती गर्दा बढी समय र लागत बढी लाग्ने तथा उत्पादन कम हुने भएकोले यस वर्षदेखि किसानलाई मेसिनबाट धान रोप्ने कार्यलाई निरन्तरता दिने योजना रहेको बताइएको छ ।

परम्परागत रुपमा खेती गर्नुभन्दा मेसिनले धान रोप्दा समय, श्रमिक र आर्थिक बचतसमेत हुने भएको बताउँदै कृषि औजार कारखानाका प्राविधिक अधिकृत द्वारिका चौधरीले– मेसिनबाट धान रोप्दा एक जना अपरेटर र एक सहयोगीले मात्र मेसिन चलाउने र कम खर्चमा बढी उत्पादन लिन सकिने भएकोले सबै किसानलाई मेसिनबाट धान रोप्न आग्रह गर्नुभयो ।मेसिनबाट धान रोप्दा २५ सेन्टिमिटरको दूरीमा लाइन लगाएर धान रोपिने र एक घण्टामा आधा लिटर डिजल मात्र खर्च हुने भएकोले ६० प्रतिशत समयको बचत हुने देखिन्छ । करीब ८ लाख मूल्य पर्ने सो मेसिनको प्रयोगले धान रोप्दा कम लागतमा बढी उत्पादन लिन सकिने कृषि इञ्निीजयर छिरिङ्ग शेर्पाको भनाइ छ ।

सुनखरी कृषि सहकारी संस्था झुलिटारका अध्यक्ष सरस्वती भट्टराईको अध्यक्षतामा भएको सो मेसिनले धान रोप्ने प्रविधिको प्रदर्शनीमा त्यस क्षेत्रका किसानले आफू पनि धान रोप्दा उक्त मेसिन प्रयोग गर्ने प्रतिबद्धता व्यक्त गरे । यस आवमा सञ्चालित बाली चक्लाबन्दी कार्यक्रम अन्तर्गत प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना एकाई कार्यालय पर्साले सो कार्याक्रम लागू गरेको छ । रासस

यो पनि – नासों गाउँपालिका–५ का वडाध्यक्षको निधन –

नासों गाउँपालिका–५ थोंचेका वडाध्यक्ष छिरिङ ग्याल्पो पुनेलको सोमबार निधन भएको छ । पचास वर्षीय पुनेलको हृदयाघातका कारण निधन भएको हो । नेपाली कांग्रेसबाट निर्वाचित भई गाउँपालिकाका प्रवक्ता रहनुभएका उहाँको उपचारका क्रममा जिल्ला अस्पताल लमजुङमा अपराह्न निधन भएको अस्पतालले जनाएको छ ।

आर्थिक वर्षको अन्त्य, योजना छनोट, नीति तथा कार्यक्रम निर्माण, बजेट निर्माणका लागि असार पहिलो साता उहाँ काठमाडौँ गएर आइतबार मात्रै बेँसीशहर फर्किनुभएको थियो । गाउँपालिकाका अध्यक्ष चन्द्र घलेका अनुसार सोमबार बिहान खाना पनि नखाई बेँसीशहरको होटेलमा बस्नुभएका उहाँ हृदयघातका कारण ढलेपछि उपचारका लागि जिल्ला अस्पताल पु¥याइएको थियो । उपचारका लागि १० बजेर ५० मिनेटमा जिल्ला अस्पताल पु¥याइएकामा उपचारका क्रममा मध्याह्न १२ बजेतिर उहाँको निधन भएको अस्पतालका प्रशासक हेमन्त श्रेष्ठले बताउनुभयो ।