एक महिनामै उप्कियो कालोपत्र

एक महिनामै उप्कियो कालोपत्र

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

भानु नगरपालिका–१ स्थित डुम्रे भन्सार साना शहर विकास आयोजनाले बन्दीपुर–१ स्थित पिप्ले क्षेत्रमा गरेको कालोपत्र एक महिना नबित्दै उप्किएको छ । आयोजनाले बन्दीपुर गाउँपालिका–१ पिप्लेदेखि खेलमैदान हुँदै गुरुङटार जाने सडक मार्गमा गरेको कालोपत्र उप्किएको हो । सङ्घीय सरकारको रु दुई करोड बजेटमा ठेकेदार कम्पनीले रु एक करोड २९ लाखमा सम्झौता गरी कालोपत्र तथा ढलान कार्य गरेको हो । कालोपत्र गर्ने समयमा राम्रोसँग गर्न भनी स्थानीयवासीले पटकपटक घच्घचाए पनि खासै चासो नदिँदा यो समस्या आएको गाउँपालिका–१ का वडाध्यक्ष भानुभक्त पोख्रेलले बताउनुभयो ।

आयोजनाले ५०० मिटर ढलानपछि ९०० मिटर कालोपत्र गरिएको जनाएको छ । ढलान र कालोपत्रेको जडान राम्रोसँग सुक्न नपाउँदै पानी पसेर चर्किन जाँदा करीब एक मिटर कालोपत्र उप्किएको आयोजनाका प्रमुख सफल श्रेष्ठले जानकारी दिनुभयो । सुलभ इन्फा काठमाडौँले ठेक्काको उक्त कार्यको जिम्मा पाएको थियो । कालोपत्र उप्किएको जनगुनासा आएपछि तत्कालै प्राविधिक टोली पठाएर अनुगमन गरिएको छ । उहाँले भन्नुभयो, ‘’योजनाको कार्य सम्पन्न भैनसकेकाले ठेकेदारलाई पुनः कालोपत्रको लागि आग्रह गरिएको छ ।’‘

यो पनि – बलेफी -नौबिसे सडक खण्डको काम छ प्रतिशत मात्र सम्पन्न

जिल्लाको बलेफी जलबिरे तेम्बाथान सडक अन्तर्गत हाल स्तरोन्नति भैरहेको बलेफी नौबिसे खण्डको सरोकारवालाले आज संयुक्त अवलोकन गरेका छन ।निर्माण व्यवासायीको कामप्रति स्थानीयवासीको गुनासो आएपछि राजनीतिक दलका नेता, सडक डिभिजन कार्यालयका प्रमुख, गाउँपालिकाका र सम्बन्धित सरोकारवालाले निर्माणाधीन सडकमा प्रयोगमा ल्याइएको निर्माण सामग्री तथा सडक फराकिलो बनाउन गरिएको कटान लगायतको निरीक्षण गरेका थिए । साथै बलेफी गाउँपालिकाको कार्यालयमा वर्षायाममा सवारी आवतजावत सञ्चालन गर्ने, निर्माणकार्यका गुणस्तरीयतामा कमि हुन नदिने र जिम्मेवारी अनुसार सबैले काम गर्ने विषयमा छलफल भएको छ ।

नेकपा (माओवादी केन्द्र)का केन्द्रीय सदस्य माधब सापकोटा , सो गाउँपालिकाका अध्यक्ष केदार क्षेत्री, सडक डिभिजन कार्यालयका प्रमुख विजयकुमार महतो, सभामुखका स्वकीय सचिव गोबिन्द पाठक, निर्माण यवसायिका प्रतिनिधि,वडाध्यक्ष एवं सञ्चारकर्मीको उपस्थिति रहेको थियो । छलफलले जारी सडक स्तरोन्नतिको काम सन्तोषजनक नदेखिएकाले दुई साता भित्र सम्बन्धित निर्माण वयवसायिलाई उपस्थित गराइ छ्लफल गर्ने निर्णय गरेको छ ।

छलफलका क्रममा नेता सापकोटाले समयमै काम सम्पन्न गर्न र गुणस्तरमा सम्झौता नगर्न सुझाव दिनु भयो । गाउँपालिका अध्यक्ष क्षेत्रीले पालिकाले आफ्नो तर्फबाट सहयोग रहने प्रतिवद्धता व्यक्त गर्नु भयो । सडक डिभिजन प्रमुख महतोले सम्झौता अनुसार हालसम्म २५ प्रतिशत काम सम्पन्न हुनुपर्नेमा ६ प्रतिशमात्र काम भएको पाइएको जानकारी दिनु भयो । उहाँले कटानमा स्लोप नमिलेको, निर्माण सामग्रीमा सुधार आवश्यक रहेको एवम डिजाइन अनुसार ग्याबिन वायरको प्रयोग नदेखिएको बताउनुभयो । निर्माण पक्षले अवलोकन र छलफलका क्रममा आएका सुझावलाई कार्यान्वयन गर्ने प्रतिवद्धता जनाएको छ । रासस