महालक्ष्मीले किसानलाई दियो २४ लाख

महालक्ष्मीले किसानलाई दियो २४ लाख

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

ललितपुर, २२ असार । महालक्ष्मी नगरपालिकाले ‘प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना’ अन्तर्गत यहाँका किसानलाई रु २२ लाख सहयोग गरेको छ । नगरपालिकालाई कृषिको माध्यमबाट अघि बढाउने योजनाबमोजिम आज महालक्ष्मीले सो मूल्य बराबरको रकम किसानलाई सहयोग गरेको हो । महालक्ष्मीलाई तरकारीका साथै पशुपालन व्यवसायमा आत्मनिर्भर बनाउँदै अघि बढ्न २१ कृषकलाई रु २२ लाख मूल्य बराबरको चेक हस्तान्तरण गरिएको नगरपालिकाका प्रमुख रामेश्वर श्रेष्ठले बताउनुभयो । उहाँले भन्नुभयो, “यहाँ कृषि फर्म दर्ता गरी तरकारीलगायत पशुपालन गरी बसेका वडा नं ८ लुभु र नं ९ लामाटारका किसानको व्यवसाय अभिवृद्धि गर्न सहयोग गरेका हाँै ।”

आगामी दिनमा पनि कृषि बीमा तथा प्रविधि हस्तान्तरण अनि बजारीकरण र व्यवसाय स्तरोन्नतिमा थप सहयोग गर्ने योजना बनाइरहेको श्रेष्ठले जानकारी गराउनुभयो ।नगरपालिकामा विगत लामो समयदेखि सञ्चालनमा रहेको ‘प्रतीक एग्रो फरेष्ट प्रडक्सन’ नामक बोटबिरुवा उत्पादन गर्ने नर्सरीलाई अर्काे रु दुई लाख सहयोग गरेको कृषि शाखा अधिकृत टङ्क अधिकारीले बताउनुभयो । उहाँले भन्नुभयो, “यस नर्सरीले तरकारी फलफूललगायत वनजङ्गलमा लगाइने बिरुवासमेत उत्पादन र कारोवार गर्दै आएकाले आउँदा दिनमा अझ धेरै बिरुवा निकालोस् भन्ने मनसायका साथ सहयोग गरेका हाँै ।” महालक्ष्मीको लुभु र लामाटार दुई वडामा प्रर्याप्त खेतीयोग्य जमिन रहँदा त्यहाँका मेहनती किसानलाई आर्थिक सहयोग गरी हराभरा बनाउन लागि परेको अधिकारीको भनाइ छ ।

यसैगरी महालक्ष्मीले चालु आर्थिक वर्ष २०७७/०७८ मा नगरपालिकाको तर्फबाट यस अघि रु ६० लाख १० हजार बराबरको प्लास्टिक टनेल, हाते ट्र्याक्टर, बीउबिजनलगायत थुप्रै बस्तु वितरण गर्नाका साथै प्रदेश सरकारबाट आएको अर्काे थप रु पाँच लाखको सोही तवरको सामग्री पटकपटक गरी हस्तान्तरण गरिसकेको अधिकारीले जानकारी गराउनुभयो ।

त्यसैगरी महालक्ष्मीले यही असार ११ गते ‘नगरप्रमुख युवा उद्यमशीलता विकास कार्यक्रम’ अन्तर्गत नगरपालिकामा कृषि, पशुपालन, पर्यटन, सिलाइ–कटाइ, हस्तकला, शिक्षा, सूचना प्रविधि र खेलकूदजस्ता क्षेत्रमा उद्यम गर्दै आएका २५ व्यक्तिलाई उनीहरूको कामका मूल्याङ्कनका आधारमा रु ३५ लाख सहयोग गरेको थियो । महालक्ष्मीले केही दिनअघि आउँदो आव २०७८/०७९ का नीति तथा कार्यक्रममा नगरपालिकामा लक्षित वर्गको क्षमता विकास, रोजगारी र आयआर्जन अभिवृद्धि गर्न व्यावसायिक कृषि प्रवद्र्धन, व्यवसायीकरण, विविधिकरण, वैज्ञानिकरणका साथै बजारीकरण गर्न रु ७३ लाख विनियोजन गर्नाका साथै पशु विकास कार्यक्रम तर्फ रु ३२ लाख ५५ हजार र सार्वजनिक जग्गा संरक्षणमा रु ३० लाख विनियोजन गरेको कुरा सार्वजनिक गरिएको थियो । रासस

यो पनि – ४५१ छात्रछात्रालाई शैक्षिक सामग्री

भक्तपुर, २२ असार । नेकपा (एमाले)का युवा नेता महेश बस्नेतले मध्यपुरथिमि नगरपालिका क्षेत्रभित्र रहेका छ सामुदायिक विद्यालयका एक हजार ४५१ छात्रछात्रालाई स्कूल ब्याग, शैक्षिक सामग्री तथा स्वास्थ्य सामग्री हस्तान्तरण गर्नुभएको छ । राष्ट्रिय अपाङ्ता पुनःस्थापना समाजका तर्फबाट आज मध्यपुरथिमि नगरपालिका बोडेस्थित बोडे माध्यामिक विद्यालय, नगदेशस्थित गणेश माध्यामिक विद्यालयमा पुगेर शैक्षिक सामग्रीसहित झोला छात्रछात्रालाई हस्तान्तरण गरिएको हो ।

निवर्तमान सांसद बस्नेतले बोडे माविका २६४, निलबाराही प्राविका ९३, हिमालय प्राविका ५४, गणेश माविका ६९५, आदर्श मावि सानोठिमीका ३२४ र आधारभूत प्राविका २१ जना विद्यार्थीलाई रु एक हजार ८३७ बराबरको झोलासहित शैक्षिक र स्वास्थ्य सामग्री हस्तान्तरण गर्नुभएको हो । चाइना फाउण्डेन फर पोभिट्रि एलिभेसनको आर्थिक सहयोगमा समाजको संयोजनमा विद्यार्थीलाई शैक्षिक एवं स्वास्थ्य सामग्रीको व्यवस्थापन गरेको हो । पूर्वमन्त्री बस्नेतले सुगमताभित्र पछाडि परेको मध्यपुरथिमिको बोडे र नगदेशलाई भक्तपुर क्षेत्र नं २ भित्र पारेपछि अहिले विकासको मूल प्रवाह भएको बताउनुभयो ।

शहरी क्षेत्रका विद्यार्थीलाई केही चाहिँदैन भन्ने मानसिकता गलत हो भन्दै पूर्वमन्त्री बस्नेतले सरकारी र सामुदायिक विद्यालयमा आधारभूत वर्ग र मजदूरका बालबच्चा अध्ययन गर्ने भएकाले सहयोग आवश्यक रहने आँैल्याउनुभयो । कार्यक्रममा बोडे माविका प्रधानाध्यापक जीवना शर्माले ल्यापटपको अभावले शिक्षकले अनलाइन कक्षा सञ्चालन गर्न नसकेको र कोभिडका कारण विद्यालयमा धरैै समस्या र चुनौती थुप्रिएको बताउनुभयो । कार्यक्रममा एमाले भक्तपुर अध्यक्ष वचन देउजा, समाजका कानूनी सल्लाहकार देवीराम उपाध्यायलगायतले कार्यक्रममा विद्यार्थीको शैक्षिक सुधारमा यस्ता कार्यक्रमले टेवा पुग्ने बताउनुभयो । रासस