दुई हप्ता नबित्दै फेरी बढ्यो पेट्रोल, डिजेल र खाना पकाउने ग्यासको मुल्य (नया मूल्यसहित)

दुई हप्ता नबित्दै फेरी बढ्यो पेट्रोल, डिजेल र खाना पकाउने ग्यासको मुल्य (नया मूल्यसहित)

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, २२ असार। पछिल्लो पटक बढेको पेट्रोलको मूल्य दुई हप्ता नबित्दै पुन: बढेको छ । मंगलबार नेपाल आयल निगमले एक विज्ञप्ति जारी गर्दै पेट्रोल र खाना पकाउने ग्यासको मूल्य बढाएको हो । मंगलबार राती १२ बजे देखि लागु हुने गरी पेट्रोलको मूल्य प्रतिलिटर १२९ रुपैया पुगेको छ । यस अघि असार १० गते राति १२ बजेदेखि लागू हुनेगरी निगमले पेट्रोलको मूल्य प्रतिलिटर १२७ रुपैयाँ बनाएको थियो ।

त्यस्तै डिजेल र मट्टीतेल पनि प्रतिलिटर २ रुपैयाले बढ्दै ११२ रुपैया पुगेको छ । हवाई इन्धन आन्तरिकतर्फ प्रतिलिटर २ रुपैयाँले बढाएर ८४ रुपैयाँ, हवाई इन्धन (अन्तर्राष्ट्रिय) को प्रतिकिलोलिटर १९ अमेरिकी डलर बढाएर ७४५ डलर पुर्‍याएको छ । विज्ञप्तिमा निगमले भविस्यमा अझै मूल्य बढ्न सक्ने समेत जनाएको छ ।  त्यस्तै खाना पकाउने ग्यासको मूल्य पनि प्रतिसिलिन्डर २५ रुपैयाले बढाउदै १४ सय २५ रुपैया पुर्याएको छ ।

नेपाल आयल निगमद्वारा जारी प्रेस विज्ञप्ति हेर्नुहोस :

मिति २०७४।०३।२२ पछिल्ला दिनहरुमा अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको मूल्य निरन्तर बढिरहेको अवस्थामा ईण्डियन आयल कर्पोरेशनबाट प्राप्त मुल्य सूचि अनुसार निगमले पेट्रोलियम पदार्थको स्वचालित मूल्य कार्यान्वयन कार्यविधि,२०७१ अनुसार विक्री मूल्य समायोजन गर्दै आएको व्यहोरा सबैमा अवगत भएकै विषय हो । निगमलाई पछिल्लो पटक १६ जुन २०२१ मा प्राप्त खरिद मूल्यको आधारमा मिति २०७८/०३/०९ मा काठमाण्डौ उपत्यकाको लागि पेट्रोल, डिजेल/मट्टितेल तथा हवाई इन्धन (आन्तरिक को साविकको बिकि मूल्यमा रू २१०० ले वृद्धि गरी कमशः रू. १२७।०० रू. ११०।०० तथा रू. ८२।०० प्रति लिटर कायम गरेको थियो भने हवाई इन्धन (अन्तर्राष्ट्रिय) तर्फ प्रति किलो लिटर अमेरिकी डलर ७३५ कायम गरिएको थियो ।

उक्त मूल्य समायोजन पश्चात् कोभिड १९ को बिक्रिको अवस्थामा निगमलाई १५ दिनमा मात्रै करिव रू. ६४.९७ करोड घाटा हुने अवस्था थियो । असार १७. २०७८ (१ जुलाई २०२१) मा पेट्रोलियम पदार्थको अन्तराष्ट्रिय बजार मूल्य अनुसार निगमलाई ईण्डियन आयल कर्पोरेशनबाट प्राप्त नयाँ मूल्य अनुसार कोभिड निषेधाज्ञाको समयमा भएको विक्री परिमाणलाई आधार मान्दा १५ दिनमा मात्रै निगमलाई करीब रू. ११०।५० करोड घाटा हुने अवस्था देखिन्छ । पछिल्लो तीन वर्षको अवधिको तुलना गर्दा हाल कच्चा तेलको मूल्य उच्च रहेको छ ।

साथै अमेरिकी डलरको तुलनामा नेपाली रूपैंयाको अवमूल्यन हुने क्रम नरोकिने र अर्न्तराष्ट्रिय बजारमा तेलको मूल्य वृद्धि भइरहने हो भने निगमले आगामी दिनमा समेत पेट्रोलियम पदार्थको मूल्य समायोजन गरिरहनु पर्ने वाध्यता आउन सक्ने देखिन्छ। तसर्थ, स्वचालित मूल्य प्रणाली कार्यान्वयन कार्यविधिले निर्दिष्ठ गरे अनुसार मिति २०७४।०३।२२ को राति १२:०० बजे देखि लागू हुने गरी पेट्रोल तथा डिजेल/मट्टितेलको साबिकको बिक्रि मूल्यमा रू. २।०० ले वृद्धि गरी काठमाण्डौं (निगमको डिपो क्षेत्रको १५ कि.मि. परिसर भित्र) को लागि नयाँ खुद्रा विक्रि मूल्य क्रमशः रू. १२९।००. रू. ११२।०० प्रति लिटर कायम गर्नका साथै हवाई इन्धन (आन्तरिक उडान) मा प्रति लिटर रु. २१०० ले वृद्धि गरि नयाँ विक्री मूल्य रू.८४ प्रति र हवाई इन्धन (अन्तर्राष्ट्रिय उडान)मा प्रति किलो लिटर अमेरिकी डलर १९ ले वृद्धि गरि नयाँ विक्री मूल्य अमेरिकी डलर ने किलो लिटर तथा एल.पी. ग्यासमा प्रति सिलिण्डर रु. २५।०० वृद्धि गरी नयाँ विक्री मूल्य रु. १.४२५ १०० प्रति सिलिण्डर कायम गर्ने निर्णय गरिएको छ ।

यस मल्य समायोजन पश्चात पनि निगमलाई पेट्रोलमा प्रति लिटर रू. ७।४५, डिजेलमा प्रति लिटर रू.४।३५ तथा एल.पि.ग्याँसमा प्रति सिलिण्डर रू. ३१९।३२ घाटा नै रही हाल निषेधाज्ञा समयको बिकि परिमाण अनुसार हिसाब गर्दा १५ दिनमा करिब रू. ९१।३५ करोड घाटा हने देखिन्छ, जस मध्ये एल.पि.ग्याँस तथा डिजेलको कारोबारबाट मात्र क्रमशः करिब रू ४७।२२ करोड तथा करिब रू. ३१। ४० करोड घाटा हुने अवस्था छ ।

अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलमा भईरहेको दैनिक मूल्य वृद्धिको चाप नेपाली बजारमा पनि स्वत पर्ने हुँदा आउँदा दिनहरु अझ विसम हुने तथा पेट्रोलियम पदार्थको मूल्य वृद्धि अवश्यमभावी हुने देखिन्छ। हालको मूल्य समायोजन पश्चात् पनि भारतिय सिमाको रक्सौलसँग जोडिएको नेपालको विरगंज क्षेत्रमा पेट्रोल प्रति लिटर रू. ३६ । ६९ र डिजेल प्रति लिटर रू. ४३ । ४४ ले नेपाल तर्फ सस्तो रहेको सम्बन्धित सबैमा यसै विज्ञप्ति मार्फत् जानकारी गराईन्छ । पेट्रोलियम पदार्थको मूल्य वृद्धिको कारण आम सर्वसाधारणमा पुग्न जाने असुविधा प्रति निगम क्षमायाचना गर्दै यहाँहरूको आवश्यक सहयोगको अपेक्षा गर्दछ ।