वन्यजन्तुको अवैध शिकार गरेको आरोपमा प्रहरीले कचनकवल गाउँपालिका—३ बाट हरिणको छालासहित दुई जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा स्थानीयवासी ४० वर्षीय लुखिराम हास्दा र २४ वर्षीय समन टुडु रहेका छन् । पक्राउ परेका दुबैसहित आठ जनाले सोमबार अभिमुक्तेश्वर सामुदायिक वनमा रहेको हरिण मारेर खाएको प्रहरीले जनाएको छ ।
हरिण मा’रेर घरमा छाला सुकाइरहेको खबर पाएपछि पथरिया प्रहरी चौकीबाट खटिएको प्रहरी टोलीले घटनास्थलमा पुगेर हास्दा र टुडुलाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय झापाका सूचना अधिकारी राकेश थापाले जानकारी दिनुभयो । सो घटनामा संलग्न अन्य व्यक्ति फरार रहेको र उनीहरुको खोजतलास भइरहेकोे उहाँले बताउनुभयो । पक्राउ परेका दुबै जनालाई डिभिजन वन कार्यालय झापामा बुझाइने प्रहरीले जनाएको छ । झापाको जलथल र निचाझोडा जङ्गलमा हरिण, बँदेललगायत वन्यजन्तुको अवैध शिकार हुने गरेको स्थानीयवासी बताउँछन् । वन्यजन्तुको मासु शहरका होटल र उच्च घरानाका व्यक्तिले महँगो मूल्यमा खरिद गर्ने भएकाले चोरी शिकारीमा लागेकाहरु सक्रिय हुने गरेका छन् । रासस
यो पनि – दुर्लभ वन्यजन्तुको कस्तुरीको बिना, बाघको छालासहित चार चिनियाँ पक्राउ
दुर्लभ वन्यजन्तुको अखेटोपहारको अवैध कारोवार तथा जुवातास सट्टेबाजीमा संलग्न रहेको अभियोगमा चार चिनियाँलाई प्रहरीले पक्राउ गरेको छ ।काठमाडौँ महानगरपालिका–१७ ज्याठास्थित जियाङ्यु खाजन होटलबाट गए राति पक्राउ परेका उनीहरूलाई आज प्रहरीले सार्वजनिक गरेको हो । पक्राउ पर्नेमा काठमाडौँ बालुवाटार बस्ने चीन युनान प्रान्तका जिउ पियुचिङ, काठमाडौँ ठैटी बस्ने चीन हुबे प्रान्तका जिङविङ, हेनान प्रान्ताका निउ युङ र जुआङगदोञ्ज प्रान्तका पियुङ हुई रहेका छन् ।
काठमाडौँ महानगरपालिका–१७ ज्याठामा चिनियाँ नागरिक जम्मा भई सम्पत्ति हारजित हुने गरी जुवातास सट्टाबाजी खेलिरहेको भन्ने विशेष सूचनाका आधारमा महानगरीय प्रहरी परिसर टेकु र महानगरीय प्रहरी वृत्त लैनचौरबाट खटिएको प्रहरीले उनीहरूलाई पक्राउ गरेको आज पत्रकार सम्मेलन गरी जनाइएको छ । सोही क्रममा दुर्भल वन्यजन्तुको अखेटोपहारको अवैध कारोवार र सम्पत्ति हारजित हुने गरी जुवातास सट्टाबाजी खेली खेलाइरहेको फेला परेको प्रहरीले जानकारी दिएको छ । उनीहरूको साथबाट नगद रु आठ लाख ८९ हजार, जुवातास खेल्न प्रयोग गरेको दुई थान विद्युतीय टेबल, जुवातास खेल्न प्रयोग हुने ४१० थान प्लाष्टिकको गोटी, सात थान मोबाइल, एक थान बाघको छालाजस्तो देखिने वस्तु, २० थान गाईको छालाजस्तो देखिने वस्तु र २० थान कस्तुरीको बिनाजस्तो देखिने वस्तु फेला परेको छ ।
यस्तै ९०० थान बुद्धचित्त, करिब २० किलो रुद्राक्ष, विभिन्न चिनियाँ बैंकको ३५ थान एटिएम कार्ड, २५० थान भौचर (लेखिएको), ६८ थान भौचर (नलेखिएको), दुई थान बाघको दाँतजस्तो देखिने वस्तु, दुई थान खुकुरी र एक थान तरबार पनि बरामद गरिएको छ । उक्त घटनाका विषयमा अनुसन्धान भइरहेको महानगरीय प्रहरी परिसर काठमाडौँले जनाएको छ । रासस
यो पनि – बैंकिङ कसुरमा फरार लाक्पा पक्राउ
उच्च अदालत पाटनले रु १५ लाख जरिवाना ठहर गरेपछि फरार रहेका एक व्यक्तिलाई प्रहरीले पक्राउ गरेको छ । प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सिआइबी)ले बैंकिङ कसुर मुद्दामा उच्च अदालत पाटनले रु १५ लाख जरिवाना गरेपछि फरार रहेका काठमाडौँ बूढानीलकण्ठ नगरपालिका–७ का ५९ वर्षीय लाक्पा लामालाई आज पक्राउ गरेको हो ।
ब्यूरोका प्रवक्ता एवं प्रहरी उपरीक्षक श्यामकुमार महतोले उच्च अदालत पाटनको विसं २०७७ माघ ९ को फैसलापछि सात दिन कैद र बिगोबमोजिम रु १५ लाख जरिवानापछि फरार रहेका लामालाई आज काठमाडौँको चक्रपथबाट पक्राउ गरिएको जानकारी दिनुभयो । पक्राउ लामाले आफ्नो जनता बैंक लिमिटेडको खातामा पर्याप्त मौज्दात नहुँदानहुँदै विभिन्न व्यक्तिलाई झुक्यानमा पारी चेक दिएर बैंकिङ कसुरजन्य अ’पराध गरेका थिए । उच्च अदालतले लामालाई बैंकिङ कसुर तथा सजाया ऐन २०६४ को दफा ३ (ग) बमोजिमको कसुरमा दफा १५ (१) बमोजिम उल्लेखित सजाय हुने गरी फैसला सुनाएको थियो । पक्राउ परेका लामालाई फैसला कार्यान्वयनको लागि आज ललितपुर जिल्ला अदालतमा पेश गरिएको प्रवक्ता महतोले बताउनुभयो ।
यो पनि -तनहुँको एक्लेफाँटमा ट्रक र मोटरसाइकल ठोक्किदा मोटरसाइकल चालकको मृत्यु
पृथ्वीराजमार्गअन्तर्गत तनहुँको आँबुखैरेनी गाउँपालिका–२ एक्लेफाँटमा आज भएको दुर्घटनामा मोटरसाइकल चालकको मृत्यु भएको छ । आँबुखैरेनीबाट डुम्रेतर्फ आउँदै गरेको ना६ख ६११८ नम्बरको ट्रक र विपरीत दिशाबाट जाँदै गरेको लु८प ८३५३ नम्बरको मोटरसाइकल ठोक्किदा मोटरसाइकल चालकको मृत्यु भएको हो ।
मृत्यु हुनेमा मार्कीचोक बस्ने ३१ वर्षीय दुर्गा भुजेल रहेको प्रहरी नायब उपरीक्षक युवराज तिमिल्सिनाले जानकारी दिनुभयो । दुर्घटनामा मोटरसाइकलमा सवार १७ वर्षीय साजन भुजेल घाइते भएका छन् । घाइतेको आँबुखैरेनीस्थित हाडजोर्नी अस्पतालमा उपचार भइरहेको छ । ट्रक चालक प्रहरी नियन्त्रणमा छन् । मृतक भुजेलको शव परीक्षणका लागि दमौली अस्पताल ल्याइएको छ ।
यो पनि – टिपरको ठक्करले एक साइकलयात्रीको मृत्यु –
यो पनि – ‘बजेट पारित भएपछि सरकारले पूर्णता पाउने’
गण्डकी,२२ असार । गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र नेपालीले प्रदेशवासीको समृद्धिका लागि सरकारले यात्रा प्रारम्भ गरेको बताउनुभएको छ । मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा आज आयोजित पत्रकार सम्मेलनमा उहाँले अप्ठ्यारो अवस्थामा गठित वर्तमान सरकारले सबैको साथ र सहयोग लिएर समृद्धिको जनचाहना पूरा गर्ने प्रतिवद्धता व्यक्त गर्नुभयो । उहाँले बजेट प्रदेश सभाबाट पारित भएपछि सरकारले पूर्णता प्राप्त गर्ने र कार्यविभाजन गरिने जानकारी दिनुभयो ।
सरकारका प्रवक्ता एवम् शिक्षा संस्कृति विज्ञान प्रविधि तथा सामाजिक विकासमन्त्री कुमार खड्काले सरकार गठनको छोटो समयमा नीति कार्यक्रम र बजेट ल्याइएको बताउँदै प्रदेश सभा सञ्चालन गरेर बजेट माथि छलफल शुरु गरिने जानकारी दिनुभयो । उहाँले भन्नुभयो, “हामीले सबै डकुमेन्ट तयार गरिसकेका छौँ, अब सदन बोलाएर बजेटमाथिको छलफल शुरु गरी असार ३० गते निर्णयार्थ पेश गर्ने तयारीमा छौँ ।”सरकारले लोककल्याणकारी कामका लागि बजेट रकमान्तर गरेपनि बजेट दुरुपयोग नहोस् भन्नेमा सचेत रहेको भन्दै सम्बन्धित मन्त्रालय एवम् कार्यालयका प्रमुखलाई नियमभन्दा बाहिर नजान निर्देशन दिइएको उहाँले स्पष्ट पार्नुभयो ।
मन्त्रिपरिषद्ले हालै गरेका निर्णयका बारेमा जानकारी दिँदै प्रवक्ता खड्काले मन्त्रिपरिषद्का सदस्य र सचिवहरूको आवास व्यवस्थापनका लागि मापदण्ड तय गर्न भौतिक पूर्वाधार मन्त्रालयको शहरी विकास शाखालाई दिने निर्णय गरेको जानकारी दिनुभयो ।
यसैगरी प्रदेश सरकारले खरीद गर्ने सवारी साधनमा एकरुपता कायम गर्दै मितव्ययीतता अपनाउने र मूल्य एवम् क्षमतामा एकरुपता ल्याउने निर्णय गरिएको उहाँले जानकारी दिनुभयो ।
मन्त्रिपरिषद् बैठकले विपद् व्यवस्थापन र द्रुतप्रतिकार्यका लागि स्वास्थ्यमन्त्री मधुमाया अधिकारीको संयोजकत्वमा ‘टास्क फोर्स’ गठन गर्ने निर्णय गरेको छ । सो समितिमा विनाविभागीय मन्त्रीद्वय हरिशरण आचार्य र दीपक मनाङे, कानून सचिव सदस्य तथा मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका उपसचिव रामेश्वर अर्याल सदस्य सचिव रहनुभएको छ ।
मुख्यमन्त्रीको राजनीतिक सल्लाहकारमा नवलपरासी पुलिङटार गाउँपालिका–३ निवासी खड्गबहादुर कुमाललाई नियुक्त गरिएको प्रवक्ता खड्काले जानकारी दिनुभयो । यसैगरी मुख्यमन्त्रीको प्रेस संयोजकमा पुतलीबजार नगरपालिका–१३ स्याङ्जा निवासी भरत कोइरालालाई नियुक्त गरिएको छ । मन्त्रिपरिषद्ले स्वास्थ्य निर्देशनालयको निर्देशकमा डा खिमबहादुर खड्कालाई नियुक्त गर्ने निर्णय गरेको सरकारका प्रवक्ता खड्काले जानकारी दिनुभयो । रासस
प्रतिक्रिया