गिरिजाबाबुका कारण शान्ति प्रक्रिया र संविधान निर्माण सफल भएको हो: निधि

गिरिजाबाबुका कारण शान्ति प्रक्रिया र संविधान निर्माण सफल भएको हो: निधि

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

नेपाली काँग्रेसका उपसभापति विमलेन्द्र निधीले पार्टीका पूर्व सभापति एवं पूर्व प्रधानमन्त्री गिरिजाप्रसाद कोइरालाका कारण मुलुकमा शान्ति प्रक्रिया र संविधान निर्माण भएको बताउनुभएको छ । कोइरालाको ९८ औँ जन्मजयन्तीका अवसरमा सुशील कोइराला मेमोरियल फाउण्डेशनले आज यहाँ आयोजित ‘गिरिजाप्रसाद कोइरालाः प्रजातन्त्रका लागि सङ्घर्ष’ विषयक भर्चुअल अन्तक्र्रियामा उहाँले गिरिजाबाबुको कुशल नेतृत्वको कारण मुलुकमा शान्ति प्रक्रिया सम्पन्न भई संविधान निर्माण भएको बताउनुभयो । उपसभापति निधीले सङ्गठन विस्तारका लागि उहाँले खेलेको भूमिका अतुलनीय रहेको उल्लेख गर्नुभयो ।

सो अवसरमा काँग्रेस केन्द्रीय सदस्य सुजाता कोइरालाले गिरिजाबाबुले गरेको सङ्गठनबाट अहिलेसम्म पार्टी सञ्चालन भएको बताउनुभयो । प्रतिनिधिबाट संविधान निर्माण गर्ने गिरिजाबाबुको सपना सुशील कोइरालाले पूरा गर्नुभएको उल्लेख गर्नुभयो । फाउण्डेशनका सदस्य–सचिव अतुल कोइरालाले सरकार र पार्टीमा गिरिजाबाबुजस्तो नेताको अभाव खड्किएको बताउनुभयो ।

यो पनि –  स्पष्ट दृष्टिकोणका साथ विकास निर्माणमा लागेका छौँ : मुख्यमन्त्री पौडेल

वाग्मती प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेलले सरकार स्पष्ट दृष्टिकोणका साथ विकास निर्माणका काममा लागेको बताउनुभएको छ । मकवानपुरको बकैया गाउँपालिकामा वाग्मती प्रदेश र गाउँपालिकाको संयुक्त लगानीमा निर्मित पुल उद्घाटनका अवसरमा उहाँले प्रदेश सरकार स्थापनापछि ४६ वटा पुल उद्घाटन गरिएको र थप १२ वटा पुल केही दिनमा उद्घाटन हुने जानकारी दिनुभयो । मुख्यमन्त्री पौडेलले विरोधीले जतिनै विरोध गरे पनि सरकार विकास यात्रामा अविराम अगाडि बढ्ने बताउनुभयो ।

मुख्यमन्त्री पौडेलले प्रदेशको हरेक क्षेत्रको विकास गरेको दाबी गर्दै मकवानपुरमा स्वास्थ्य विज्ञान प्रतिष्ठान स्थापना गरेर स्वास्थ्यको क्षेत्रमा ऐतिहासिक काम गरिएको उल्लेख गर्नुभयो । जिल्लामा अन्तर्राष्ट्रिय रङ्गशाला, बहुप्रविधिक विद्यालय, विशाल कृषि थोक बजार, पाउडर दूध उद्योग, पशु आहारा उद्योगजस्ता दूरगामी प्रभाव पार्ने योजना सञ्चालनमा ल्याएको उहाँले बताउनुभयो । यस अवधिमा हेटौँडा अस्पताल सुविधा सम्पन्न हुँदै ५० बाट ३०० श्ययामा परिणत भएको र केही समयभित्रै ५०० श्ययाको अस्पतालको रुपमा सञ्चालन हुने जानकारी दिनुभयो ।

चिकित्सा क्षेत्रमा भविष्य बनाउन चाहने जिल्लाका विद्यार्थीले जिल्लाभित्रै अध्ययन गर्ने व्यवस्था गरिएको पौडेलले बताउनुभयो । मुख्यमन्त्री पौडेलले खेलकूद, स्वास्थ्य र शिक्षाको क्षेत्रमा परिवर्तनकारी योजना कार्यान्वयनका क्रममा रहेको जानकारी दिनुभयो । बागमती प्रदेशलाई सडक सञ्जालले जोड्ने र सडक पक्की र स्थायी बनाउनेतर्फ सरकार लागेको उहाँको भनाइ थियो ।