सात लाख नगदसहित ११ जुवाडे पक्राउ

सात लाख नगदसहित ११ जुवाडे पक्राउ

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

तास खेलिरहेको अवस्थामा प्रहरीले दमकबाट रु सात लाखभन्दा बढी नगदसहित ११ जनालाई पक्राउ गरेको छ । दमक–८ स्थित थिरराज खतिवडाको घरमा तास खेलिरहेको अवस्थामा मङ्गलबार ११ बजेतिर इलाका प्रहरी कार्यालय दमकका प्रहरी नायब उपरीक्षक नवराज कार्कीसहितको टोलीले छापा मारेर ११ जनालाई नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता राकेश थापाले बताउनुभयो ।

प्रहरीले पक्राउ परेका साथबाट छ बुक ताससहित रु सात लाख ४५ हजार ५०० समेत बरामद गरेको उहाँले जानकारी दिनुभयो । यसरी पक्राउ पर्नेमा २९ वर्षीय घरधनी खतिवडासहित दमक–१ का ५४ वर्षीय नरेन्द्र थापा, सोही वडाका २३ वर्षीय नरेन्द्र लिम्बू, दमक–२ का ४३ वर्षीय हर्क धिमाल, दमक–६ का ३१ वर्षीय चन्द्र लिम्बू, दमक–७ का ४० वर्षीय कृष्ण खतिवडा, दमक–९ का ३७ वर्षीय सुरेन्द्र श्रेष्ठ, दमक–८ का ४४ वर्षीय पूर्णप्रकाश रिजाल, सोही वडाका २८ वर्षीय सुशन रिजाल, दमक–७ कै ३८ वर्षीय कुलराज खड्का र इलाम चुलाचुली–६ का ३७ वर्षीय हर्क लिम्बू रहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । पक्राउ परेकालाई इलाका प्रहरी कार्यालयमा राखेर थप अनुसन्धान भइरहेको प्रहरी प्रवक्ता प्रहरी नायब उपरीक्षक थापाले बताउनुभयो ।

यो पनि – किसानलाई हाते ट्र्याक्टर वितरण

कृषि क्षेत्रमा काम गर्ने किसानलाई काम गर्न सहज होस् भन्ने उद्देश्यले एक गैरसरकारी संस्थाले यहाँको पूर्वीचौकी गाउँपालिकामा हाते ट्र्याक्टर वितरण गरेको छ । मानवीय सेवामा अनेकौँ प्रयास नामक गैरसरकारी संस्था साइन नेपालले यहाँका तीनवटा कृषक समूहलाई निःशुल्करूपमा हाते ट्र्याक्टर वितरण गरेको हो ।

कोषाध्यक्ष मेखराज भट्टका अनुसार पूर्वीचौकी–३ गैरागाउँमा रहेको इन्द्रेणी कृषक समूह, मालीका कृषक समूह र वडा नं ४ काडामाडौँमा रहेको भगवती कृषक समूहलाई तीनवटा हाते ट्र्याक्टर वितरण गरिएको हो । हाते ट्र्याक्टर पाएपछि खेती किसानीको काम गर्न अब गोरु र मान्छेको दुःख अन्त्य भएको इन्द्रेणी कृषक समूहका किसान भरत कठायतले बताउनुभयो ।

जिल्लामा पछिल्लो सयम किसान कृषि कार्य गर्नका लागि आधुनिक औजारप्रति आकर्षित बन्दै गएका छन् । भिरालो तथा साँघुरो जमीनमा पनि काम गर्न सकिने भएकाले किसान अहिले हाते ट्र्याक्टरसहितका कृषि औजारप्रति आकर्षित बन्दै गएको बताइएको छ ।रासस