प्रदेशसभा बैठकः ह’त्या घटनाका दोषीमाथि कारवाही गर्न माग

प्रदेशसभा बैठकः ह’त्या घटनाका दोषीमाथि कारवाही गर्न माग

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

सुदूरपश्चिम प्रदेशसभाका सदस्यले हराएको भनिएका टीकापुरका तीन वर्षीय बालक विवेक विष्टको अवस्थाका बारेमा सत्यतथ्य पत्ता लगाउन ध्यानाकर्षण गराउनुभएको छ । प्रदेशसभाको आजको बैठकको विशेष समयमा बोल्दै प्रदेशसभा सदस्य वीरमान चौधरीले असार २१ गतेदेखि हराइरहेका टीकापुर नगरपालिका–१ का बालक विष्ट कसैको अ’पहरणमा परेको भन्ने आ’शङ्का गरिएको भन्दै बालकको अवस्थाबारे सत्य तथ्य कुरा जानकारी दिन माग गर्नुभयो । सदस्य लीलाधर भट्टले बैतडीमा निर्माणाधीन सडकमा काम गर्ने मजदूरले पाउनुपर्ने २१ महिनादेखिको पारिश्रमिक र खप्तड पर्यटन विकास समितिका कर्मचारीले पाउनुपर्ने पारिश्रमिकको भुक्तानी गर्ने व्यवस्था गर्न सरकारको ध्यानाकर्षण गराउनुभयो ।

अर्का सदस्य शान्ति नेपालीले बझाङको खप्तडछान्ना गाउँपालिकाकी २९ वर्षीया महिला सुशीला रोकाया माथि कु’टपिट गरी ह’त्या गरिएको पुष्टि भइसकेको भन्दै यो घटनाको छानबिन गरी दो’षीमाथि कारवाही र मृतकका परिवारलाई क्षतिपूर्ति उपलब्ध गराउन माग गर्नुभयो  बैठकले प्रदेशसभाको अर्थ विकास तथा प्राकृतिक स्रोत समितिमा दफावार छलफल भई तयार पारिएको प्रतिवेदनसहितको ‘सुदूरपश्चिम प्रदेश वातावरण संरक्षण अध्यादेश २०७७’ लाई प्रतिस्थापन गर्ने सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक पारित गरेको छ ।

उद्योग, पर्यटन, वन तथा वातावरणमन्त्री मानबहादुर धामीले उक्त विधेयक सभाबाट पारित गरियोस् भनी प्रस्ताव पेश गर्नुभएको थियो । यसअघि उक्त विधेयक माथि भएको छलफलमा सदस्य बलबहादुर सोडारी, वीरमान चौधरी, मालामति रानाथारु र गोविन्दराज बोहराले भाग लिनुभएको थियो । आन्तरिक मामिला तथा कानूनमन्त्री पूर्णा जोशीले ‘सुदूरपश्चिम प्रदेश निजामती सेवाको गठन, सञ्चालन र सेवाका सर्त सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक २०७८’लाई दफावार छलफलका लागि विधायन तथा प्रदेश मामिला समितिमा पठाइयोस् भनी पेश गर्नुभएको प्रस्तावलाई बैठकले सर्वसम्मतिले स्वीकृत गरेको छ । मन्त्री जोशीले प्रदेश प्रहरी सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयकसभा समक्ष टेबुल गर्नुभएको थियो ।

यो पनि – छ महिनाको कैद सजाय पाएर फरार चार जना अभियुक्त पक्राउ

लहान, २३ असार। कर्तव्य ज्यान मुद्दामा अदालतबाट छ महिनाको कैद सजाय पाएर फरार एकसहित चार जनालाई सिरहा प्रहरीले आज पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय बन्दीपुर सिरहाबाट खटिएको प्रहरी टोलीले कर्तव्य ज्यान मुद्दामा जिल्ला अदालतबाट छ महिना कैद र रु ५०० जरिवाना सजाय पाएर फरार सिरहाको कर्जन्हा नगरपालिका–३ बन्दीपुरका ४३ वर्षीय ताहिर राईनलाई पक्राउ गरेको हो ।

आफ्नै घरमा लुकीछिपी बसिरहेको अवस्थामा राईनलाई पक्राउ गरिएको र आवश्यक कारवाहीको लागि जिल्ला अदालत सिरहामा बुझाई कारागार चलान गरेको जिल्ला प्रहरी कार्यालय सिरहाले जनाएको छ । यस्तै ज्यान मार्ने उद्योग मुद्दामा फरार सिरहाको नरहा गाउँपालिका–३ चौहर्वा खरी टोलका ४५ वर्षीय खैरुन खातुन, २५ वर्षीय सलमान आलम र २१ वर्षीय मो आलमलाई आजै प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय मिर्चैयाबाट खटिएको प्रहरी टोलीले ज्यान मार्ने उद्योग मुद्दामा फरार तीनै जनालाई आफ्नै घरमा लुकीछिपी बसिरहेको अवस्थामा पक्राउ गरेको जनाएको छ । पक्राउ परेका तीनै जनालाई इलाका प्रहरी कार्यालय मिर्चैयमा राखेर थप अनुसन्धान भइरहेको प्रहरीको भनाइ छ ।

चाँदीको अवैध गरगहनासहित दुई पक्राउ

चाँदीको अवैध गहनासहित सिरहा प्रहरीले दुई जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा झापाको दमक नगरपालिका–३ का २८ वर्षीय मनप्रसाद गदाली र सिरहाको गोलबजार नगरपालिका–३ का २७ वर्षीय श्याम विक रहेको प्रहरीले जनाएको छ । सीमावर्ती भगवानपुर गाउँपालिका–१ स्थित सडकबाट दुवैजनालाई पक्राउ गरेको प्रहरीको भनाइ छ ।

पक्राउ परेका गदाली र विकको साथबाट करिब नौ किलो ७०० ग्राम चाँदीजस्तो देखिने धातुका गहना बरामद भएको जिल्ला प्रहरी कार्यालय सिरहाले जनाएको छ । अस्थायी प्रहरी पोष्ट भगवानपुरबाट खटिएको प्रहरीले जाँच गर्ने क्रममा उनीहरुले झोलामा लुकाई राखेको उक्त धातुका गहनासहित फेला पारी पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय सिरहाले जनाएको छ । रासस