लगातारको वर्षाका कारण एक हप्तादेखि खानेपानीको हाहाकार

लगातारको वर्षाका कारण एक हप्तादेखि खानेपानीको हाहाकार

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

लगातारको वर्षाका कारण खानेपानी मुहानका पाइप बगाउँदा पुरानो क्षेत्रीय सदरमुकाम दिपायल, राजपुर तथा पिपल्लामा एक हप्ता यतादेखि खानेपानीको हाहाकार भएको छ । यहाँका बजारमा आपूर्ति हुँदै आएको खानेपानीको पाइप बाढी र पहिराले विभिन्न स्थानमा बगाएपछि खानेपानीकोे समस्या उत्पन्न भएको छ । अविरल वर्षाका कारण आएको पहिराले सलेना खोला मुहानमा रहेको खानेपानीका पाइप बगाएका कारण खानेपानी आउन बन्द भएको राजपुर खानेपानी तथा उपभोक्ता समितिले जनाएको छ । बजारमा खानेपानी नभएका कारण यहाँका नागरिकलाई हातमुख धुन तथा शौचालय जानसमेत समस्या भएको डोटी उद्योग वाणिज्य सङ्घका पूर्वअध्यक्ष तथा दिपायल नरेन्द्रबहादुर खड्काले बताउनुभयो । बाढी र पहिराका कारण बगाएको खानेपानीको पाइप मर्मतका लागि कर्मचारी खटिए पनि बिभिन्न समस्याका कारण मर्मत गर्न समस्या भइरहेको राजपुर खानेपानी तथा उपभोक्ता समितिका अध्यक्ष भूपेन्द्र शाहको भनाइ छ ।

यो पनि – धानको ब्याडमा पानी लगाउने विषयमा झगडा हुदा वृद्धको ह’त्या

धानको ब्याडमा पानी लगाउने विषयमा भएको झगडामा पाँचथरको फिदिम नगरपालिका–४ कुमालेटोलका वृद्धको ह’त्या भएको खुलेको छ । अनुसन्धानका क्रममा फिदिम नगरपालिका–२ पल्लोटारमा ५९ वर्षीय जीवनारायण श्रेष्ठलाई उक्त घटनामा संलग्न देखिएको आ’रोपमा प्रहरीले आज पक्राउ गरेपछि घटनाको कारण पत्ता लागेको हो । जिल्ला प्रहरी कार्यालय पाँचथरका सूचना अधिकारी डम्बर विश्वकर्माका अनुसार फिदिम–४ कुमालेटोलका ७९ वर्षीय टेकबहादुर इङ्वा लिम्बू र श्रेष्ठवीच जग्गाको साँधका विषयमा विवाद चल्दै आएको थियो । इङ्वाको ह’त्या भएको दिन गत जेठ २९ गते दिउँसोसमेत इङ्वा र श्रेष्ठबीच धानको ब्याड राख्न पानी लगाउने विषयमा झ’गडा भएको थियो । आवेशमा आई श्रेष्ठले इङ्वाको घरमै गई धारिलो ह’तियारले अनुहार तथा फलामको पाइपले टाउकोमा प्रहार गरेर छोडेर हिँडेको पाइएको प्रहरीले जनाएको छ ।

इङ्वाको घरमा उनी र उनकी ८४ वर्षीय पक्षघात पीडित श्रीमती मात्रै बस्दै आएका थिए । अनुसन्धानकै क्रममा ह’त्याको घटनामा श्रेष्ठले लगाएका कपडा, ह’त्यामा प्रयोग भएको बामफोक र पाइप फेला परेपछि श्रेष्ठले उक्त घटना घटाएको निष्कर्षमा पुगेर प्रहरीले श्रेष्ठलाई पक्राउ गरेको हो । ह’त्यामा संलग्न श्रेष्ठ सडक विभागअन्तर्गतको यान्त्रिक कार्यालय फिदिममा सुरक्षा गार्डका रुपमा समेत काम गर्दै आएको प्रहरीले जनाएको छ । जिल्ला अदालतबाट म्याद लिई थप अनुसन्धान तथा कानूनी प्रक्रिया अगाडि बढाइने जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

यो पनि – प्रवासीको सहयोगपछि गुमाको उपचार

उपचार नपाएर दुई वर्षदेखि बिस्तारामा थलिनुभएकी गलकोट नगरपालिका–७ मल्मकी ३० वर्षीया गुमा परियारका लागि प्रवासी नेपाली सहारा बनेका छन् । अर्थाभावमा उपचारबाट बञ्चित उहाँका लागि विदेशबाट सहयोग जुटेको हो । तत्कालीन माओवादी सशत्र द्धन्दताका जनमुक्ति सेनामासमेत काम गर्नुभएकी परियार नशासम्बन्धी रोगबाट ग्रसित हुनुहुन्छ । तीन साताअघि राससले ‘उपचार नपाएर तड्पिँदै पूर्वलडाकु’ शीर्षकमा समाचार दिएको थियो । सञ्चारमाध्यम र सामाजिक सञ्जालमा परियारको स्वास्थ्य स्थितिबारे विवरण सार्वजनिक भएपछि उपचारका लागि स्वतःस्फूर्तरुपमा आर्थिक सहयोग जुटेको हो ।

वडा कार्यालय, स्थानीय घुम्टे युवा परिवारलगायतका सङ्घसंस्था र व्यक्तिले आर्थिक जोहोसँगै परियारलाई उपचारका लागि अस्पताल पु¥याउन पहल लिएका थिए । जापानमा रहेको घुम्टे युवा परिवारको शाखा कार्यालयमार्फत सङ्कलित रु तीन लाख १५ हजार परियारको उपचारका लागि पठाइएको शाखा अध्यक्ष दिलबहादुर थापा ‘रामु’ले जानकारी दिनुभयो । साउदी अरबमा रहनुभएका सन्तोष थापा र स्पेनमा कार्यरत कमल थापाको पहलमासमेत परियारको उपचारका लागि आर्थिक सहयोग अभियान चलाइएको छ । परियार काडमाडौँको वीर अस्पताल र न्युरो अस्पतालमा उपचार गराएर केही दिनअघि घर फर्कनुभएको छ ।

परियारका श्रीमान् जुने मल्लले एक महिनापछि पुनःपरीक्षणका लागि चिकित्सकले बोलाएको बताउनुभयो । यसअघि सिटीस्क्यान र एमआरइ गर्दा टाउकाको नशा सुकेको पाइएको उहाँको भनाइ छ । मल्लका अनुसार दुई वर्षअघि बुटवलको क्रिमसन अस्पतालमा परीक्षण गराउँदा त्यहाँका चिकित्सकले परियारलाई ‘ब्रेन ट्युमर’ भएको बताएका थिए । अहिले परीक्षण गर्दा भने ट्युमर नदेखिएको बरु मस्तिष्कको नशा सुकेको जनाइएको छ ।

नशासम्बन्धी रोगका कारण परियारमा पक्षघातको जटिल समस्या छ । शरीरको दाँहिने भाग चल्दैन । खाना खान र शौचालय जान पनि अरुकै सहारा चाहिन्छ । दिनदिनै रोगले गाल्दै लगेको छ । बोली मधुरो र अस्पष्ट हुँदै गएको छ । बिरामी परेर हल न चल भएपछि परिवार र श्रीमानको बेवास्तामा पर्नुभएकी परियार वर्ष दिनदेखि माइतीमा बस्दै आउनुभएको थियो । दुई छोरीकी आमा उहाँकाबारेमा खबर बाहिर आएपछि गाउँका भद्रभलाद्मी बसेर श्रीमान् जुनेसँग छलफल गरेका थिए । उपचारका लागि आर्थिक सहयोग जुट्न थालेपछि मल्ल पनि श्रीमतीलाई उपचारका लागि काठमाडौँ लिएर जान तयार हुनुभएको थियो ।

घुम्टे युवा परिवारको केन्द्रीय कार्यालयले परियारको उपचारका लागि सञ्चालित आर्थिक अभियानमा समन्वयको काम गरिरहेको अध्यक्ष थम्मन थापाले बताउनुभयो । लामो समयदेखि रोगले थलिनुभएकी परियारको बेलैमा उपचार र पुनःस्थापना हुन नसक्दा धेरैले चिन्ता व्यक्त गरेका थिए । कुनैबेला मुलुकको परिवर्तनका खातिर सङ्घर्षमा होमिनुभएकी परियारको बिग्रँदो स्वास्थ्यस्थितिप्रति बेखबर बनेकामा सत्ताको नेतृत्व र सम्बन्धित दलप्रति पनि गुनासो बढेको थियो । गत जेठ अन्तिमतिर परियारले आफ्नै फेसबुकमार्फत बिरामी शरीरको फोटो र सहयोगको याचनासहित पोष्टसमेत सार्वजनिक गर्नुभएको थियो । रासस