हिं.सा पीडित महिला धेरै

हिं.सा पीडित महिला धेरै

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

बलेवा, २४ असार (रासस) : पछिल्लो १० वर्षको अवधिमा साविकको धौलागिरिका तीन जिल्लाका ८१४ जनाले एकद्वार सङ्कट व्यवस्थापन केन्द्रबाट सेवा लिएका छन् । धौलागिरि अस्पतालमा रहेको अस्पतालमा आधारित लैंगिक हिं.सासम्बन्धी एकद्वार सङ्कट व्यवस्थापन केन्द्रले बागलुङ, पर्वत र म्याग्दीका हिं.सा पीडितका लागि सेवा उपलब्ध गराएको हो ।

प्रदेश सरकार स्वास्थ्य मन्त्रालयको कार्यक्रमअन्र्तगत धौलागिरि अस्पतालमा सञ्चालनमा रहेको कार्यक्रम प्रभावकारी बन्दै गएको अस्पतालले जनाएको छ । दश वर्षे अवधिमा हिंसा पीडित भएका कारण अस्पतालमा आधारित सेवा लिनेमा महिलाको सङ्ख्या बढी छ । यो अवधिमा ९८ पुरुष हिं.साको शिकार भएका छन् । बाँकी सबै महिला रहेको केन्द्र प्रमुख देवी भट्टराईले जानकारी दिनुभयो । हिं.साबाट पीडितका लागि स्वास्थ्योपचारदेखि न्यायिक उपचारसम्म केन्द्रले सुविधा उपलब्ध गराउने गरेको छ । “हामी सबै सेवा दिन्छौँ, मनोपरामर्श, उपचारदेखि न्यायिक उपचारसम्म तर हिं.सा पीडित अझै पनि लुकेर बस्नुभएको छ”, भट्टराईले भन्नुभयो, “पहिलेको तुलनामा अहिले केही सङ्ख्या बढेको छ, तर लकडाउनमा कम आउनुभयो ।”

पहिलो वर्ष २०६८ सालमा १७ जना हिं.सा पीडित सङ्कट व्यवस्थापन केन्द्रमा पुगेका थिए । तीमध्ये तीन जना पुरुष थिए । चालु वर्षमा ८७ जनाले सेवा पाउँदा १७ जना पुरुष छन् । सङ्कट व्यवस्थापन केन्द्रका अनुसार हिं.साका कारण आ.त्मह.त्या गर्नेको तथ्याङ्क धेरै छ । पीडितमध्ये १५ देखि २९ वर्ष समूहका महिला तथा पुरुषको सङ्ख्या धेरै छ भने जन्मेदेखि १४ वर्ष उमेर समूहका नौ जना बालिका हिं.साको शिकार भएर सेवा लिएका छन् । सेवा लिनेमा बागलुङका ७७ जना, पर्वतका सात जना र म्याग्दीमा पाँच जना पीडित रहेको भट्टराईले जानकारी दिनुभयो ।

यो पनि – भारततर्फ जान लागेका चार युवतीको उद्धार

कञ्चनपुर, २४ असार (राससस) : भारतीय सीमावर्ती बजार मेलाघाट भएर भारत जाँदै गरेका दोधारा चाँदनी नगरपालिका–१० का चार युवतीको बुधबार उद्धार गरिएको छ । शान्ति पुनःस्थापना गृह कञ्चनपुरले सीमा नाकाबाट युवतीको उद्धार गरेको हो । उद्धार गरिएका युवतीलाई प्रहरीको जिम्मा लगाइएको छ ।

पुनःस्थापना गृहको दोधारा चाँदनीकी परामर्शदाता रेखा भण्डारी पुजाराले भारतीय राजधानी दिल्लीमा काम गर्ने भन्दै जान लागेको अवस्थामा फेला पारी उद्धार गरिएको बताउनुभयो । अवैधरूपमा भारत जान लागेका युवती मानव बेचबिखनको उच्च जोखिममा पर्ने भएकाले उद्धार गरिएको उहाँको भनाइ छ । इलाका प्रहरी कार्यालय दोधारा चाँदनीलाई बुझाइएका युवतीलाई घर परिवारको जिम्मा लगाइएको छ ।

यो पनि – प्रदेश २ : आमसञ्चार प्राधिकरण र मिडिया काउन्सिलमा सदस्य नियुक्त

धनुषा, २४ असार (रासस) : प्रदेश २ को आमसञ्चार प्राधिकरण र मिडिया काउन्सिलमा रिक्त सदस्यको पदपूर्ति गरिएको छ । प्रदेश सरकारले आमसञ्चार प्राधिकरणमा दुई र मिडिया काउन्सिलमा चार जनालाई सदस्यमा नियुक्त गरेको छ ।

प्रदेश मिडिया काउन्सिलको सदस्यमा कैलाश दास (धनुषा), अर्जुन मण्डल (धनुषा), रिंकु मिश्र (धनुषा) र बन्दना झा (सर्लाही) लाई नियुक्त गरिएको छ भने प्राधिकरणको सदस्यमा अमरेन्द्र यादव (सप्तरी) र प्रतिमा चौधरी (बारा)लाई नियुक्त गरिएको छ । प्रदेश २ सरकारले सञ्चार क्षेत्रमा तीन पदाधिकारीलाई यसअघि नै नियुक्त गरिसकेको छ ।

सञ्चार प्राधिकरणको अध्यक्षमा श्यामसुन्दर यादव, मिडिया काउन्सिलको अध्यक्षमा शिवहरि भट्टराई र चलचित्र विकास बोर्डको अध्यक्षमा धर्मेन्द्र मोरबैतालाई गत माघ २३ गते नै प्रदेश सरकारले नियुक्त गरेको थियो । श्यामसुन्दर र शिवहरि सप्तरी जिल्लामा रहेर पत्रकारिता गर्दै आउनुभएको छ भने मोरबैता सिरहा निवासी हुनुहुन्छ ।

त्यसैगरी प्रदेश सरकारले चलचित्र तथा लोकसञ्चार प्रवद्र्धन बोर्डको सदस्यमा गत वैशाख १० गते अशोक दत्त, पुष्पा यादव र बिएम पटेललाई नियुक्त गरिसकेको छ ।