सेतीका माछा जोगाउन जलचर समूह गठन

सेतीका माछा जोगाउन जलचर समूह गठन

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

रैथाने माछा जोगाउन विभिन्न ठाउँमा जलचर समूह गठन गरिइएको छ । पानी परियोजनाले लकडाउनका समयमा स्थानीयवासीले जाल, पासा र करेन्ट छाडेर माछा मार्न थालेपछि यसलाई अन्त्य गर्न समूह गठन गरी जलचरलाई संरक्षण गर्ने थालिएको हो । तलकोट गाउँपालिका र जयपृथ्वी नगरपालिकाका आठवटा वडामा कार्यरत सो परियोजनाले पाँच समूह गठन गरी माछापालन व्यवसायका किसानलाई आकर्षण गरेको हो । परियोजनाका कार्यक्रम संयोजक शिवराज जोशीका अनुसार यसरी गठन भएका समूहमा जयपृथ्वी–३ को डुङ्ग्री र सिमलतोला, तलकोट गाउँपालिका र जयपृथ्वी –११ को बीचमा पर्ने सुनिगार्ड, जयपृथ्वी–७ कचाली खोलामा, जयपृथ्वी–५ को कोटेली र जयपृथ्वी–१० को चैनपुर र दमधुर रहेका छन् ।

उहाँले भन्नुभयो, “कोभिडका कारणले माछा मा’र्नेको सङ्ख्यामा वृद्धि भएको छ । यसले गर्दा रैथाने माछा लोप हुन थालेका छन् । यसलाई बचाइराख्न तथा कोभिड प्रभावित विपन्न परिवारका लागि राहत हुने भएकाले परियोजनाले माछापालनमा कृषकलाई आर्थिक सहयोग गरेको छ । एक पोखरीमा एक हजार २०० माछाका भुरा, प्रतिपोखरी २० केजीका दरले माछाको चारो, ८६ हजार बराबरको पोखरी, कुखुराको खोर निर्माणका लागि रु २६ हजार बराबरको सामान, रु ५०० का दरले ५० वटा कुखुराका चल्ला, रु दुई हजार बराबरको चारो ख्वाउने भाँडालगायत सामान जलचर संरक्षण समूहलाई सहयोग गरेको छ ।”

बाह्र वर्षदेखि भारतमा रोजगारी गर्दै आउनभएका जयपृथ्वी–७ कचालीखोला घर भएका तथा कचालीखोला जलचर संरक्षण समूहका अध्यक्ष दीपक चदाराले भन्नुभयो, “उपलब्धि केही भएको छैन । भारतमा कोरोनाले रोजगारी गुमेर घर आएको थिएँ । परियोजनाले जलचर संरक्षणको अभियान तथा परियोजनाले गरेका थुपै कार्यक्रममा बस्ने तथा सहभागी हुने मौका पाएको थिए । त्यसपछि परियोजनाले जलचर संरक्षणका लागि माछापालनका लागि परियोजनाले समूह गठन गरिदिएपछि हामीले परियोजनाको आर्थिक सहयोगमा पोखरी बनाएर माछापालन गरेका छाँै ।” उहाँले भन्नुभयो, “पहिलोपटक माछापालन गर्न लागेका छौँ । खै के हुने हो रु संस्थाले माछापालन गर्नका लागि समूह नबनाउनुभन्दा पहिला भारतबाट आएर तरकारी खेती गर्थे, उपलब्धि त केही भएको छैन । त्यही पनि संस्थाले माछापालन गर्नका लागि हाम्रो समूहलाई दिएको छ । घरआँगनमै काम गर्न पाउँदा खुशी लागेको छ । परियोजनाले एक हजार २०० माछाका भुराहरु राखेको पोखरीमा १०० भुरा जति मरिसकेका छन् ।”

परियोजनाले माछाका चारोको म्याद दुई महिना मात्र हुने भएकाले आगामी असोज महिनासम्मको चारोको पैसा बुझाइसकेकाले हाल समूहले आफँै गएर ल्याउने गरेको छ । माछापालन गर्नेहरुको प्रशंसा गर्दै जयपृथ्वी नगरपालिका उपप्रमुख जुना जाग्रीले कचाली जलचर संरक्षण समूहलाई नगरपालिकाले पनि सहयोग गर्ने बताउनुभयो । अघिल्ला वर्षमा पनि केही ठाउँमा परीक्षणका लागि माछापालन गर्न नगरपालिकाले सहयोग गरेको भए पनि परीक्षण सफल नभएको उहाँले जानकारी दिनुभयो । रासस

यो पनि – नारायणगढ–मुग्लिन सडकखण्ड पुनः अवरुद्ध

नारायणगढ–मुग्लिन सडकखण्ड पुनः अवरुद्ध भएको छ । गए राति ८ बजे भरतपुर महानगरपालिका–२९ सेतीदोभानमा चट्टानसहितको पहिरो खसेपछि सडक अवरुद्ध भएको हो । जिल्ला प्रहरी कार्यालय चितवनका प्रमुख ओमप्रसाद अधिकारीका अनुसार बिहानैदेखि दुईवटा जेसिभी प्रयोग गरेर पहिरो पन्छाउने काम भइरहेको छ । जेसिभीले ढुङ्गा पन्छाउन नसके ग्रेडरले फुटाउनुपर्ने भएमा सडक सञ्चालन हुन समय लाग्ने उहाँले बताउनुभयो ।

बुधबार बिहान ९ बजेदेखि एकतर्फीरूपमा सञ्चालनमा आएको सडक साँझ ६ बजेदेखि दुईतर्फी सञ्चालनमा आएको थियो । सडकखण्डको सो क्षेत्रमा पहिरो र ढुङ्गा खस्ने क्रम भने रोकिएको छैन । सडकखण्डमा एक सातादेखि निरन्तर पहिरो खसिरहेको छ । पहिरोका कारण सडक पटकपटक अवरुद्ध हुँदै आएको छ । पहिराले सयौँ सवारी साधन रोकिएका छन् ।

पहिरोले भीमदत्त राजमार्ग अवरुद्ध

पहिरा खस्दा सुदूरपश्चिम प्रदेशको सात पहाडी जिल्ला जोड्ने मुख्य राजमार्ग भीमदत्त राजमार्ग अवरुद्ध भएको छ । आज बिहान ३ बजेदेखि राजमार्ग अवरुद्ध भएको हो । राजमार्गअन्तर्गत डडेल्धुराको गन्यापधुरा गाउँपालिका–१ शाहुखर्कमा पहिरो खस्दा राजमार्ग अवरुद्ध भएको स्थानीयवासीले जनाएका छन् । राजमार्गमा माथिबाट पहिरो खसेको छ । राजमार्ग सञ्चालन गर्न बिहानैदेखि डोजर प्रयोग गरिएका छन । ठूला ठूला ढुङ्गासहित राजमार्गमा पहिरो खसेकाले सञ्चालन हुन अझै समय लाग्ने जिल्ला प्रहरी कार्यालय डडेल्धुराले जनाएको छ । राजमार्ग अवरुद्ध हँुदा हजाराँै यात्रुसँगै मालबाहक ट्रक शाहुखर्क वरपर रोकिएको प्रहरीले जनाएको छ ।

तनहुँमा पृथ्व राजमार्ग अवरुद्ध

तनहुँको म्याग्दे गाउँपालिका–४ स्थित पृथ्वीराजमार्ग अवरुद्ध भएको छ । अविरल वर्षाका कारण आएको बाढीको कारण राजमार्ग अवरुद्ध भएको प्रहरीले जनाएको छ ।पानीको बहाव बढेपछि राजमार्ग अवरुद्ध भएको जिल्ला प्रहरी कार्यालय तनहुँका प्रहरी नायब उपरीक्षक युवराज तिमिल्सेनाले जानकारी दिनुभयो । पानीको बहाव घटाउन प्रहरी र स्थानीयवासी खटिइरहेको उहाँले बताउनुभयो ।

यसैबीच बुधबार रातिदेखि परेको अविरल वर्षाका कारण तनहुँको ऋषिङ गाउँपालिकामा पहिरोले दुई घर पुरेको र १० घरमा क्षति भएको छ । पहिरोले घर पुरे पनि मानवीय क्षति भने नभएको गाउँपालिका कार्यालयले जनाएको छ ।ऋषिङ–५ को पिपलटाका १० घरमा पहिरोले क्षति पु¥याएको छ । स्थानीयवासी नेत्रबहादुर पाटा, धनबहादुर सोती, सुकबहादुर दरै, दिलबहादुर दरै, कृष्णबहादुर दरै, बुद्धिबहादुर दरै, रजनी दरै, रीता दरै, मनबहादुर दरै र जसबहादुर पाटाको घरमा क्षति भएको छ ।

त्यसैगरी सीता केसीको घर पहिरोले पुरेर क्षति पुगेको गाउँपालिकाका प्रवक्ता विजय दरैले जानकारी दिनुभयो । बाढीले करिब १० रोपनी क्षेत्रफलमा लगाइएको पाक्न लागेको मकै बाली क्षति भएको उहाँले बताउनुभयो । उनीहरुको परिवारलाई सुरक्षित स्थानमा स्थानान्तरण गरिएको छ ।त्यसैगरी ऋषिङ–४ का वडासदस्य टोलनाथ थापाको घर पहिरोले पुरेको छ । घरमाथिबाट रुखसँगै पहिरो आएर घर पुरेको वडाध्यक्ष भोजराज रानाभाटले जानकारी दिनुभयो । रासस