सिर्दीबास पु¥याइयो चामल

सिर्दीबास पु¥याइयो चामल

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

बाढी र पहिराले सडक मार्ग अवरुद्ध भएपछि उत्तरी गोरखामा हेलिकोप्टरमार्फत चामल ढुवानी गरिएको छ । नेपाली सेनाको हेलिकोप्टर मार्फत् बुधबार करिब ८५ क्विन्टल चामल पु¥याइएको चुमनुब्री गाउँपालिका अध्यक्ष धनबहादुर गुरुङले जानकारी दिनुभयो । खाद्य तथा व्यापार कम्पनी लिमिटेडका सहुलियतका चामल सिर्दीबास पु¥याएको उहाँले बताउनुभयो । जेठको अन्तिम सातादेखि नै लगातार परेको अविरल वर्षाका कारण सो गाउँपालिकामा सडक तथा पैदलबाट समेत अवरुद्ध भएपछि चामल ढुवानी गर्न समस्या हुँदै आएको थियो ।

“चामल ढुवानीका लागि अहिले त्यस क्षेत्रमा खच्चडसमेत हिँड्ने बाटो छैन”, उहाँ भन्नुभयो, “कुनै विकल्प नभएपछि हारगुहार गर्दा गृहले सेनाको हेलिकोप्टर उपलब्ध गराइदिएपछि चामल ढुवानी गर्न सम्भव भएको हो ।” हेलिकोप्टरबाट दुवानी गरिएको चामल खाद्य तथा व्यापार कम्पनी लिमिटेड सिर्दिबास डिपोमा राखिएको उहाँले बताउनुभयो । लगातारको अविरल वर्षाका कारण आएको बाढीपहिराले सडक, पैदल बाटोसँगै सञ्चार सम्पर्कसमेत बिच्छेद बनेको अध्यक्ष गुरुङले बताउनुभयो । मौसम सफा भएलगत्तै हेलिकोप्टरबाट थप चामल ढुवानी गरिने उहाँले जानकारी दिनुभयो । लिमिटेडले सिर्दिबास डिपोमा १५० क्विन्टल पु¥याउने योजना रहेको कार्यालयका सूचना अधिकारी शिव सुनारले जानकारी दिनुभयो । कम्पनीले चालु आवमा तीन हजार ५०० क्विन्टल चामल ढुवानी गनुपर्नेमा अहिलेसम्म दुई हजार क्विन्टल मात्र सिर्दिबास पु¥याएको छ ।

यो पनि – मजदुरले ज्याला माग गदै टावर बन्द गर्दा तीन जिल्लाको फोन सेवा अवरुद्ध

नेपाल टेलिकमको टावर निर्माण गर्दा ज्याला नपाएको भन्दै मजदुरले नलगाड नगरपालिका–८ गराइलाको टावर बन्द गरेका छन् । डोल्पा, रुकुम पश्चिमको गोतामकोटको टावरलाई लिङक दिनका लागि यो टावर निर्माण गरिएको थियो । टावर निर्माण गरेको लामो समयसम्म मजदुरलाई ठेकेदारले उपलब्ध नगराएपछि टावर बन्द गर्नुपरेको मजदुर हीरालाल बटालाले बताउनुभयो ।

हप्ता दिनदेखि टावर बन्द गरिँदा जाजरकोटको नलगाड नगरपालिका, रुकुम पश्चिमको आठबीसकोट र डोल्पाको मुड्केचुलामा रहेका टावर बन्द भएका छन् । मजदुरले रकम नपाएसम्म टावर नखोल्ने अडान लिएका कारण समस्या भएको नेपाल टेलिकम जाजरकोटले बताएको छ । झण्डै रु दुई लाख ठेकेदारले मजदुरलाई दिन बाँकी रहेको पीडितले बताएका छन् ।

करिब दुई वर्ष लगाएर निर्माण गरिएको टावर सञ्चालनमा आएको तीन महिना नबित्दै मजदुर आन्दोलित भएका थिए । टावर नहुँदा आर्थिक वर्षको अन्तिममा समस्या भएको डोल्पा मुड्केचुला गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत जितबहादुर श्रेष्ठले बताउनुभयो । मजदुरलाई पटकपटक आग्रह गर्दा पनि टावर नखोल्दा समस्या भएको जाजरकोट नेपाल टेलिकमका प्रमुख गोविन्द्र अधिकारीले बताउनुभयो । ठेकेदारको बदमासीले गर्दा मजदुर मर्कामा परेको उहाँले बताउनुभयो ।