तीनधारामा निर्माण भइरहेको एकीकृत नमूना तामाङबस्ती रकम अभावमा निर्माण रोक

तीनधारामा निर्माण भइरहेको एकीकृत नमूना तामाङबस्ती रकम अभावमा निर्माण रोक

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

–पेमा लामा, हेर्दा चिटिक्कको देखिन्छ, तर निर्माणले पूर्णता पाएको छैन । कुनै बन्दै गरेको त कुनै जग खन्ने तयारीमा नै छ, यहाँका सुन्दरबस्ती । राष्ट्रिय पुनःनिर्माण प्राधिकरणबाट समयमा नै रकम उपलब्ध नभएपछि यहाँका तीन धारास्थित निर्माणाधीन अवस्थामा रहेको एकीकृत नमूना तामाङबस्तीको दृश्य हो यो । काभ्रेपलाञ्चोकको मण्डनदेउपुर नगरपालिका–१० चण्डेनीमण्डनको तीनधारामा निर्माण भइरहेको एकीकृत नमूना तामाङबस्ती यसअघि ‘कारितास नेपाल’ नामक गैरसरकारी संस्थाले निर्माण गर्ने भनिएकोमा उक्त संस्थाको परियोजना अवधि सम्पन्न भएका कारण बीचैमा छाडेपछि राष्ट्रिय पुनःनिर्माण प्राधिकरणलाई नै जिम्मा दिएको काम रकम अभावको कारण रोकिएको हो । डिपिआर निर्माणको लागि ह्याबिट्याट फर ह्युमानिटी संस्थाले परिदिएपछि एकीकृतबस्ती निर्माणको काम अगाडि बढेको हो ।

शुरुमा निर्माण कार्यका लागि प्रक्रिया मिलाउने क्रममा ढिला गरी शुरु गरेको सो एकीकृत नमूनाबस्ती निर्माणको काम अहिले रकम अभावमा रोकिएको बस्ती पुनःनिर्माण उपभोक्ता समितिका अध्यक्ष आइतमान तामाङले बताउनुभयो । विसं २०७४ देखि सो नमूना बस्ती निर्माण हुँदै आएको भएपनि अझैसम्म पूर्णता नपाएको उहाँले बताउनुभयो । करीब एकडेढ वर्ष डिपिआरमा नै समय खर्चिको र त्यपछि स्वीकृति पाएर बस्ती निर्माणमा लागेको भएपनि अहिलेसम्म १८ घरको डिपिसी भएको तथा १३ घर पूर्णरुपमा निर्माण भइसेकको बताइएको छ । अझै नौ वटा घरको डिपिसी नै गर्न बाँकी रहेको छ ।

शुरुमा पहिलो किस्ताबापत रु ५० हजार र घर निर्माणहुँदै गर्दा दश वटा घरको दोस्रो किस्ताबापत रु दश लाखबाहेक अरु रकम प्राप्त नभएपछि अहिले सो बस्तीको निर्माण कार्य सहकारी संस्थामार्फत ऋण लिएर भइरहेको उपभोक्ता समितिले जनाएको छ । अझै १७ वटा घरको रकम प्राप्त हुन बाँकी रहेको समितिको भनाइ छ ।ऋण लिएको रकमले पनि निर्माण कार्य पूरा नहुने तथा पूर्ण रुपमा सम्पन्न भएको घरको दोस्रो र अन्तिम किस्ता प्राप्त नभएकाले अहिले बस्ती निर्माणको काम रोकिएको उपभोक्ता समितिका अध्यक्ष तामाङले बताउनुभयो । १३ वटा घर बनाएर सकेको करीब नौ महिना वितिसक्दा पनि अहिलेसम्म रकम प्राप्त नभएपछि अरु बाँकी घर निर्माणको लागि आफूहरुसँग पैसा नभएकाले निर्माणको काम रोकेको उहाँको भनाइ छ ।

“पुनःनिर्माण प्राधिकरणबाट रकम प्राप्त भएपछि तिर्ने आशामा व्यक्तिगत र सहकारी संस्थाबाट ऋण लिएर बनाएको घरमा न त अहिले बस्न पाएको छ, न त बाँकी घर नै बनाउन सकिएको छ”, अध्यक्ष तामाङले भन्नुभयो, “एकातर्फ बनेको घरमा को बस्ने भन्ने निर्णय गर्न सकेको छैन् भने अर्कोतर्फ रकमको अभावमा नमूनाबस्ती निर्माणको काम अन्योलमा परेको छ ।” भूकम्प गएको ६ वर्ष वितिसक्दासमेत निर्माण सम्पन्न नभएपछि एकैपटक सो बस्तीमा सर्ने योजना अहिलेसम्म टुङ्गो लाग्न नसकेको स्थानीय भूकम्पपीडित गुनासो छ । राज्यले दिनुपर्ने रकम आजभोलि भन्दाभन्दै धेरै समय रोकेको छ । एकातिर पुनःनिर्माणको समयसीमा सकिन लाग्यो भनेर दबाब पनि दिने, अर्कोतिर रकम नपाएका कारण भूकम्प प्रतिरोधी घरमा पनि बस्न नपाउने अवस्था सिर्जना हुने त होइन भन्ने चिन्ताले सताउन थालेको स्थानीयवासी बताउँछन् ।

एक घर बराबर रु दश लाख २० हजार लागत लाग्ने अनुमान गरिएको छ । अहिलेसम्म निर्माण भएको कामका लागि रु एक करोड दश लाख ऋण लिइसकेको समितिका अध्यक्ष तामाङको भनाइ छ । २७ वटा घरका लागि पुग्ने सामग्री जस्तापत्ता, छडलगायत आवश्यक सामग्री खरीद गरेर लगिसकेको भए पनि अब बाँकी सामग्री जुटाउन र कामदारलाई दिन रकम नभएपछि निर्माणको काम रोकिएको छ ।तेह्र जना जग्गादाताबाट आवश्यक जग्गा व्यवस्थापन गरी करीब ३५ रोपनी जग्गामा निर्माण अगाडि बढेको सो एकीकृत नमूना बस्तीसँगै तामाङ संस्कृति झल्कने सांस्कृतिक सङ्ग्रहालय भवन निर्माणाधीन अवस्थामा छ । तामाङ संस्कृति संरक्षण तथा प्रवद्र्धन गर्ने उद्देश्यले सांस्कृतिक सङ्ग्रहालय ९सामुदायिक० भवन निर्माण भइरहेको छ ।

बस्ती पुनःनिर्माणका सल्लाहकार रामबहादुर तामाङले शुरुमा एकीकृत नमूनाबस्ती निर्माणको स्वीकृतिका लागि तीन वर्ष समय लागेको र कारितास नेपालको पनि तीन वर्षे परियोजना अवधिसकेका कारण पुनःनिर्माणमा ढिलाइ भएको बताउनुभयो । गैरसरकारी संस्थाले बनाउने कामको रिपोर्ट नबुझाएका कारण ढिला भएको र अब छिट्टै नै प्राधिकरणबाट रकम प्राप्त हुने विश्वास हामीले लिएका छौं उहाँले भन्नुभयो । मण्डनदेउपुर नगरपालिका प्रमुख टोकबहादुर वाइबाले पुनःनिर्माण प्राधिकरण र नगरपालिकाको साझेदारीमा भएको काममा अहिलेसम्ममा पनि पुनःनिर्माण प्राधिकरणले रकम उपलब्ध नगराएको कारण काम अगाडि बढ्न नसकेको बताउनुभयो । नगरपालिकाको तर्फबाट गर्नुपर्ने काममा सबै काम गरिसकेको भए पनि प्राधिकरणले रकम उपलब्ध गराउन ढिलाइ गर्दा बस्ती निर्माणको काममा समस्या आएको उहाँले बताउनुभयो ।

अहिलेसम्ममा नगरपालिकाले पटकपटक गरी रु १८ लाख विनियोजन गरिसकेको भए पनि पुनःनिर्माण प्राधिकरणले दिनुपर्ने रकम रोकिँदा अहिले रकम अभावमा काम नै रोकिएको छ । रकम निकासाका लागि आवश्यक प्रक्रिया अगाडि बढाए पनि अझैसम्म किस्ता उपलब्ध नहुँदा पुनःनिर्माणको काम प्रभावित भएको हो । समयमा घर नबन्दा यहाँका भूकम्पपीडितले आफ्नो क्षतिग्रस्त घर नजिकै जस्ताको टहरामा बस्दै आएका छन् । करीब ५५ घरधुरी रहेको सो बस्तीमा भूकम्पपछि केही परिवार तल बेँशी हल्देटारमा झरिसकेको छ । भूकम्प गएदेखि नै यहाँका बासिन्दा समस्या नै समस्याले पीडित हुँदै आएको छ । यहाँका ३० घरपरिवार निर्माणाधीन नमूना एकीकृत बस्तीमा बस्ने भनिएपनि तीन घरपरिवारले विभिन्न कारण देखाउँदै पहिलो किस्ताबापतको रकम बुझाउन नसकेपछि अहिले २७ घरपरिवारका लागि पक्की घर निर्माणको चरणमा रहेको उपभोक्ता समूहले जनाएको छ ।

घरबास ९होमस्ट० को परिकल्पनासहित घर निर्माण भइरहेको छ । यहाँका तामाङ समुदायको मौलिक धर्म संस्कृति, संस्कार र रीतिरिवाज झल्किने गरी बस्ती निर्माण भइरहेको बताइएको छ । बस्तीसँगै एउटा सामुदायिक भवन र अर्को सांस्कृतिक भवनसमेत निर्माण हुनेछ । सोका लागि राष्ट्रिय पुनःनिर्माण प्राधिकरण जिल्ला आयोजना कार्यान्वयन इकाई ९भवन०को आर्थिक तथा प्राविधिक सहयोगमा र अर्को सांस्कृतिक भवन वाग्मती प्रदेश सरकारको लगानीमा निर्माण हुनेछ ।

राष्ट्रिय पुनःनिर्माण प्राधिकरण जिल्ला आयोजना कार्यान्वयन इकाई९अनुदान व्यवस्थापन समिति० काभ्रेपलाञ्चोकका प्रमुख रामप्रसाद ख्याजुले नेपाल सरकारमार्फत प्राप्त हुने रकममा १५ जनाको दोस्रो किस्ता पठाउने काम भइरहेको र बाँकी किस्ताको लागि फाइल मगाउने काम भएको बताउनुभयो ।