रोगका कारण चार हजार कुखुरा मरे

रोगका कारण चार हजार कुखुरा मरे

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

नौमुले गाउँपालिकामा रानीखेत रोगका कारण चार हजारभन्दा बढी कुखुरा मरेका छन् । गाउँपाललिकाको वडा नं १, २, ३, ४, ५, ६ मा चार हजार कुखुरा मरेको अरु थप मर्न थालेपछि पशुपक्षी रोग अन्वेषण प्रयोगशाला सुर्खेतमा गरिएको नमूना परीक्षणबाट रानीखेत रोग प्रमाणित भएको हो । स्थानीयवासीले मिहिनेत गरेर पालेका कुखुरा धमाधम मर्न थालेपछि नौमुले गाउँपालिका पशु सेवा शाखामा कार्यरत शाखा प्रमख खगेन्द्र न्याउपानेले बताउनुभयो । उहाँले ज्वाला भेरी कर्णाली पञ्चकोशी एग्रोफरेस्टी प्रालि लिमिटेडले स्थानीयवासीलाई झुक्काएर गाउँपालिकासँग सम्र्पकै नगरी अवैधानिक ढङ्गले रोगी कुखुरा बेचिएकाले समस्या आएको बताउनुभयो । अहिले स्थानीय कुखुरालगायत अन्य पशुपक्षी मरेका छन् ।

पशु सेवा कार्यालय तथा पशु अस्पताल दैलेखका निमिक्त कार्यालय प्रमुख भीमबहादुर विष्टले रानीखेत विषाणु रोग भएकाले बाहिरबाट रोग लागेका कुखुरा ल्याएर स्थानीयलाई वितरण गरिएका कारण रोग फैलिएको बताउनभयो । उहाँले अब परीक्षणमा ढिलाई गर्नुहँुदैन, रोग फैलिएको क्षेत्रबाट कुनै पनि पशुपक्षी अन्यत्र ओसारपसार नगर्ने र बिरामी नभएका कुखुरालाई रोकथामको लागी खोप लगाएपछि मात्र रानीखेत नियन्त्रणमा आउने बताउनुभयो । नौमुले गाउँपालिकाका निमिक्त प्रमुख प्रशासकीय अधिकृत भूपेन्द्र शाहीले कुखुरा मरेका भन्ने खबर आएकाले वितरण गर्ने कम्पनी तथा व्यक्तिलाई छानविन गरी कारवाही गरिने बताउनुभयो ।

यो पनि -तनहुँमा १७८ घरपरिवार उच्च जोखिममा

तनहुँ, २४ असार । गत बुधबारदेखि परेको अविरल वर्षापछि तनहुँका विभिन्न क्षेत्रमा १७८ घरपरिवार उच्च जोखिममा रहेका छन् । घर जोखिममा रहेपछि आमा समूह, विद्यालय, छिमेकी र आफन्तजनकोमा शरण लिन बाध्य भएका छन् । बन्दिपुर गाउँपालिकामा मात्रै १३२ र ऋषिङ गाउँपालिकामा ४६ गरी उक्त सङ्ख्याका घरपरिवार विस्थापित भएका छन् । उक्त गाउँपालिकाको वडा नं २ स्थित खहरे खोलाले पाँच घर बगाएको छ । त्यसैगरी धारापानी, रामकोट र कल्चोकमा गरी उक्त सङ्ख्याका घरपरिवार विस्थापित भएका हुन् ।

घटना भएको जानकारी पाएसँगै उपाध्यक्ष करुणा गुरुङको नेतृत्वमा बाढी पहिराबाट प्रभावितलाई भेटघाट गरी सुरक्षित स्थानमा स्थानान्तरणको लागि पहल गरिएको छ । जोखिममा रहेका घरमा नबस्न र सुरक्षित स्थानमा गएर बस्न आग्रह गरिएको उपाध्यक्ष गुरुङले बताउनुभयो । त्यसैगरी बन्दिपुर गाउँपालिका–१ स्थित कौसिनी छाप ठाडो खहरे खोलाले आसपास क्षेत्रका ६० घर परिवार पहिराको कारण उच्च जोखिममा रहेको वडाध्यक्ष भानुभक्त पोखरेलले जानकारी दिनुभयो ।

सुरक्षित स्थानमा एकीकृत बस्ती विकास गरी स्थानान्तरणको लागि पहल गरिदिन स्थानीय नरबहादुर चेपाङले आग्रह गरेको उहाँले बताउनुभयो । त्यसैगरी ऋषिङ गाउँपालिका–५ मा १२ घर परिवार विस्थापित हुने अवस्थामा रहेका छन् । नेत्रबहादुर पाटा, धनबहादुर सोती, सुकबहादुर दरै लगायतका करिब ४६ घर परिवार उच्च जोखिममा रहेको गाउँपालिकाका प्रवक्ता विजय दरैले जानकारी दिनुभयो । उहाँका अनुसार ६ घरमा पूर्ण र ४० घरमा आंशिक क्षति भएको छ ।

ऋषिङ जाने सडक तथा मार्गहरु अवरुद्ध भएकाले उद्दार गर्न नसकिएको उहाँले बताउनुभयो । अवरुद्ध सडक खुलाउने प्रयास भैरहेको छ । पहिराका कारण भित्र्याउने समयको मकै खेती र धानबालीमा पूर्ण क्षति भएको छ । तनहुँमा बिहीबार र केही अघि अविरल वर्षापछि गएको पहिरामा परी तीन जनाको मृत्यु एक बेपत्ता भएका छन् । बन्दिपुर गाउँपालिका–३ तामुङमा एक महिला एक पुरुषको मृत्यु भएको थियो भने ऋषिङ गाउँपालिकामा एक महिलाको मृत्यु भएको छ । एक पुरुष अझै वेपत्ता भएका छन् ।

बुधबार साँझदेखि परेको अविरल वर्षाका कारण पहिराले पुरिएर तनहुँमा एक जना बेपत्ता भएका छन् । यसरी पुरिएर बेपत्ता हुनेमा ऋषिङ गाउँपालिका कार्यालयका सुरक्षा गार्ड रहेका छन् । ऋषिङ गाउँपालिका–८ निवासी वर्ष ३८ का खुमबहादुर थापा पहिरामा परी बेपत्ता भएका हुन् । घरमाथिबाट आएको पहिराले गोठ पुर्दा थापा बेपत्ता भएको गाउँपालिकाका प्रवक्ता विजय दरैले जानकारी दिनुभयो । डोजर लगाएर उहाँको खोजी कार्य भइरहेको उहाँले बताउनुभयो । रासस