सशस्त्र द्व’न्द्वमा ज्यान गुमाएका परिवारले जीवन निर्वाह भत्ता पाउने

सशस्त्र द्व’न्द्वमा ज्यान गुमाएका परिवारले जीवन निर्वाह भत्ता पाउने

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

सशस्त्र द्व’न्द्वमा ज्यान गुमाएका परिवारले जीवन निर्वाह भत्ता पाउने भएका छन् । माडी गाउँपालिका–५ ले आर्थिक वर्ष २०७८÷०७९ देखि द्व’न्द्वमा ज्यान गुमाएका परिवारलाई जीवन निर्वाह भत्तास्वरुप मासिक रु एक हजार पाँच सयका दरले उपलब्ध गराउने निर्णय गरेको हो । गाउँपालिकाको यही असार १० गते सम्पन्न गाउँसभाबाट सो निर्णय पारित भइसकेकाले आगामी आर्थिक वर्षदेखि लागू हुने गरी यो कार्यक्रम कार्यान्वयन गरिने वडा कार्यालयले जनाएको छ ।

“सशस्त्र युद्धमा ज्यान गुमाएका परिवारको अवस्था दयनीय रहेकाले जीविकोपाजर्नमा टेवा पुगोस् भनेर यस्तो कार्यक्रम अघि सारेका छौँ”, वडाध्यक्ष भरतबहादुर बुढा मगरले भन्नुभयो, “उनीहरुलाई मासिक रु एक हजार ५०० का दरले भत्ता दिने निर्णय भएको छ ।” सशस्त्र द्व’न्द्वताका सो वडामा २४ जनाले ज्यान गुमाएका थिए । सो शीर्षकमा वडाले गरेको प्रस्ताव गाउँसभाले पारित गरिसकेको छ । सशस्त्र द्व’न्द्वमा ९६४ ले ज्यान गुमाएको रोल्पामा कुनै पनि स्थानीय तहले उनीहरुको सम्मान र सम्झनामा कार्यक्रम ल्याएका थिएनन् ।

माडी गाउँपालिका–५ को सो कदमलाई धेरैले प्रशंसासमेत गरेको स्थानीयवासी गोपाल केसीको भनाइ छ । “द्व’न्द्वमा अभिभावक गुमाएकाको अवस्था दयनीय छ, कसैबाट पनि सहयोग नपाएका उनीहरुको दैनिकी कष्टकर बन्दै गइरहेको बेला वडा कार्यालयको यो कदमले मृतकका परिवारमा आशा जगाएको छ”, उहाँले भन्नुभयो ।विगतमा भौतिक पूर्वाधारका योजनालाई प्राथमिकता दिएको सो वडाले आगामी आर्थिक वर्षका लागि भने सामाजिक विकासलाई प्राथमिकता दिएको बताएको छ । वडाले भौतिक पूर्वाधारमा मनग्य खर्च गरी सामाजिक विकासलाई ध्यान नदिएकोे जनगुनासो खेप्दै आएको थियो । “भौतिक पूर्वाधारका नियमित कामलाई निरन्तरता दिने गरी सामाजिक विकासलाई प्राथमिकतामा राखेका छौँ”, वडाध्यक्ष बुढा मगरले भन्नुभयो । रासस

यो पनि -बागलुङमा दलित समुदायमा लैङ्गिक हिं’साका घटना बढी

बागलुङमा लैङ्गिक हिं’साका घटनामा पुरुषसमेत पीडित हुने गरेका छन् । पछिल्लो समय बागलुङमा लैङ्गिक हिं’साका घटना बढ्दै गएकामा क्रमशः पुरुष समेत हिं’सामा परेको तथ्याङ्क सार्वजनिक भएको छ । बागलुङमा लैङ्गिक हिं’सामा परेर प्रहरी चौकी, अस्पताल पुग्ने र पुनःस्थापना हुनेको तथ्याङ्क हेर्ने हो भने लैङ्गिक हिं’सा पीडितमध्ये केही पुरुषसमेत रहेका छन् । लैङ्गिक हिं’सामा पर्ने जातजाति समुदायमध्ये धेरै दलित समुदायबाट लैङ्गिक हिं’साका घटना भएको पाइएको छ । शैक्षिकस्तर कम हुनु, चेतनाको कमीलगायतका कारण दलित समुदायका महिला तथा पुरुषमा लैङ्गिक हिं’साका घटना बढी मात्रामा भएको देखिएको छ ।

लैङ्गिक हिं’सा पीडितको परामर्श, उपचार तथा पुनःस्थापना गर्दै आएको धौलागिरि अस्पताल बागलुङमा स्थापित एकद्वार सङ्कट व्यवस्थापन केन्द्रले वर्षेनी लैङ्गिक हिं’साका घटना बढ्दै गएको र यसमा पनि दलित समुदायका बढी पीडित हुने गरेको तथ्याङ्क सार्वजनिक गरेको छ । केन्द्रले सार्वजनिक गरेको तथ्याङ्कमा आर्थिक वर्ष २०७५÷७६ सम्म लगातार बढ्दै आएको लैङ्गिक हिं’सा पीडितका घटनामा २०७७÷७८ मा केही घटेको पाइएको थियो ।कोरोना भाइरसका कारण लैङ्गिक हिं’साका घटना अस्पताल र प्रहरीसम्म आउन नसकेको लैङ्गिक हिं’सा पीडितको परामर्श, उपचार तथा पुनःस्थापना गर्दै आएको धौलागिरि अस्पताल बागलुङमा स्थापित एकद्वार सङ्कट व्यवस्थापन केन्द्रका प्रमुख परामर्शदाता देवी भट्टराईले जानकारी दिनुभयो । “तथ्याङ्कका आधारमा आव २०७५÷७६ सालमा ११६ महिला तथा २० पुरुष गरी १३६ जनामा लैङ्गिक हिं’सा भएको थियो, त्यसपछि २०७६÷७७ मा घटेर ८७ पुगेको थियो”, भट्टराईले भन्नुभयो, “आव २०७७÷७८ को असार २१ गतेसम्म ८६ लैङ्गिक हिं’साका घटना भएका छन्, कोरोनाका कारण केही लैङ्गिक हिं’साका घटना घरमै सीमित रहेको अनुमान छ ।”

पछिल्लो समय लैङ्गिक हिं’साका घटना महिला पुरुषले सहेर बस्ने अवस्था नरहेका कारण दिनानुदिन यी घटना बाहिर आइरहेको भए पनि कोरोनाका कारण तथ्याङ्कमा भने केही कमी आएको उहाँको भनाइ छ । हिं’सा पीडितको तथ्याङ्कअनुसार अधिकांश १४ देखि ५९ वर्ष उमेर समूहका महिला र पुरुष हिं’सामा पर्दै आएका छन् । लैङ्गिक हिं’सामा परेकालाई उद्धार, परामर्श, औषधोपचारदेखि पुनःस्थापनासम्मको काम गर्दै आएको केन्द्रले निःशुल्क खान र बस्न र यातयातको सुविधासमेत प्रदान गर्दै आएको छ ।

विसं २०७७÷७८ मा बलात्कार १०, यौ’न हिं’सा १९, मानसिक दबाब ३१, घरेलु हिंसा २३, हातपातका जम्मा तीन वटा घटना भएका थिए । यसमा पुरुष भने मानसिक दबाब, घरेलु हिंसा तथा हातपातमा पीडित भएका छन् । चालु आवमा पीडित भएका ८६ घटनामध्ये ७७ बागलुङका, चार पर्वतका र पाँच म्याग्दी जिल्लाका छन् । जातजातिअन्तर्गत सबैभन्दा बढी दलित ४४ जना, जनजाति २२ जना, ब्राह्मण क्षति २० जना पीडित भएको तथ्याङ्कमा उल्लेख छ । रासस

यो पनि -स्वास्थ्य केन्द्रका लागि स्थानीयले दिए निःशुल्क जग्गा

वालिङ, २५ असार (रासस) : यहाँका स्थानीयवासीले स्वास्थ्य केन्द्रको भवन निर्माणका लागि निःशुल्क जग्गा प्रदान गरेका छन् । स्याङ्जाको पुतलीबजार नगरपालिका–४ नागडाँडाका सेतीदेवी पोख्रेल र चूडामणि पोख्रेलले आधारभूत स्वास्थ्य केन्द्रको भवन निर्माणका लागि बिहीबार पुतलीबजार नगरपालिकालाई जग्गाधनी प्रमाणपूर्जा हस्तान्तरण गर्नुभएको हो ।

सेतीदेवीको नाममा रहेको दुई आना तीन दाम र चूडामणिको नाममा १० आना तीन दाम क्षेत्रफल भएको जग्गाधनी प्रमाणपूर्जा पुतलीबजार नगर प्रमुख सीमाकुमारी क्षेत्रीलाई हस्तान्तरण गर्नुभएको हो । दुवै जनाले मालपोत कार्यालय स्याङ्जाबाट आधारभूत स्वास्थ्य केन्द्रका नाममा जग्गा पास गरिदिएर सहयोग गरेकामा पोख्रेल परिवारप्रति नगरप्रमुख क्षेत्रीले धन्यवाद व्यक्त गर्नुभयो ।

“दाताहरुले आधारभूत स्वास्थ्य केन्द्रको भवन निर्माण गर्ने उद्देश्यका साथ नगरपालिकालाई निःशुल्क जग्गा उपलब्ध गराउनुभएकामा आभार व्यक्त गर्दछु”, नगरप्रमुख क्षेत्रीले भन्नुभयो, “प्राप्त जग्गामा भवन निर्माण गरी स्थानीयवासीका लागि आधारभूत स्वास्थ्य सेवाको पहुँचलाई विस्तार गरिने छ ।”

सबैलाई पायक पर्ने स्थानमा आधारभूत स्वास्थ्य केन्द्र स्थापना गर्न सकेमा सानो उपचारका लागि टाढा जानुपर्ने बाध्यता हट्ने विश्वास वडाध्यक्ष ओमबहादुर खड्काको छ । दाताहरुबाट प्राप्त जग्गामा छिटोभन्दा छिटो भवन निर्माण गर्ने र आवश्यक स्वास्थ्यकर्मी तथा औषधिको व्यवस्थापन गरी सञ्चालन गरिने उहाँको भनाइ थियो ।

स्वास्थ्यजस्तो संवेदनशील संस्था गाउँ ठाउँकै नजिकै भए कोही कसैले पनि अकालमै ज्यान गुमाउनुपर्ने अवस्था नआओस् भन्ने पवित्र उद्देश्यका साथ जग्गा उपलब्ध गराइएको जग्गादाताद्वयले बताउनुभयो ।

यो पनि – खोटाङका ८६ प्रतिशत लाभग्राहीले बुझे तेस्रो किस्ता

खोटाङ, २५ असार (रासस) : भूकम्प गएको छ वर्ष बित्दा खोटाङका ८५.९५ प्रतिशत लाभग्राहीले तेस्रो किस्तावापतको अनुदान रकम बुझेका छन् । पुनःनिर्माणतर्फ नौ हजार ३१० र प्रबलीकरणतर्फ ९७१ गरी १० हजार २८१ घर लाभग्राही रहेको जिल्लामा आठ हजार ३३७ अर्थात् ८५.९५ प्रतिशत लाभग्राहीले मात्र हालसम्म निजी आवास अनुदानवापत तेस्रो किस्ता रकम बुझेका हुन् ।

राष्ट्रिय पुनःनिर्माण प्राधिकरण जिल्ला आयोजना कार्यान्वयन एकाइ (अनुदान व्यवस्थापन तथा स्थानीय पूर्वाधार)को कार्यालयले बिहीबार आयोजना गरेको पत्रकार भेटघाट तथा अन्तक्र्रिया कार्यक्रममा हालसम्ममा पुनःनिर्माणतर्फ नौ हजार ६८ र प्रबलीकरणतर्फ ७८५ गरी नौ हजार ८५३ लाभग्राहीसँग सम्झौता गरिएको जनाइएको छ । सम्झौता गरिएकामध्ये हालसम्म पुनःनिर्माणतर्फ नौ हजार ४७ (९१.८१ प्रतिशत) लाभग्राहीले दोस्रो किस्ता बुझेको जनाइएको छ ।

दश स्थानीय तह रहेको जिल्लामा पुनःनिर्माणतर्फ नौ हजार ६८ घर र प्रबलीकरणतर्फ ७८५ गरी नौ हजार ८५३ (९५.८३ प्रतिशत) लाभग्राहीले पहिलो किस्ता बुझेको राष्ट्रिय जिल्ला आयोजना कार्यान्वयन एकाइ अनुदान व्यवस्थापन तथा स्थानीय पूर्वाधार खोटाङका सूचना अधिकारी मणिराम ढकालले जानकारी दिनुभयो । विसं २०७२ वैशाख १२ गते गएको भूकम्पपछिको पुनःनिर्माणका क्रममा २४२ लाभग्राहीले पहिलो किस्ता, ६५२ लाभग्राहीले दोस्रो किस्ता र ७१० लाभग्राहीले तेस्रो किस्ता लिएका छैनन् ।

कूल लाभग्राहीमध्ये पुनःनिर्माणतर्फ २४२ र प्रबलीकरणतर्फ १८६ लाभग्राहीले हालसम्म सम्झौता नै नगरेको जनाइएको छ । निजी आवास पुनःनिर्माणका क्रममा खोटाङमा एक जना लाभग्राहीले पहिलो किस्तावापतको रु ५० हजार अनुदान फिर्ता गरेका छन् । यस्तै दोहोरो भुक्तानी लिएका तीन लाभग्राहीले रु एक लाख ५० हजार फिर्ता गरेको छन् । प्राधिकरणका अनुसार डमी खातामा आवास अनुदान जम्मा गरिदिए पनि लामो समयसम्म निकासा नलिएका १५३ लाभग्राहीमध्ये ११५ लाभग्राहीको रु ६० लाख अनुदान फिर्ता गरिएको जनाइएको छ ।

पुरानो प्रावधानअनुसार प्राधिकरणबाट १७ र हालको प्रावधानअनुसार ५१३ लाभग्राहीलाई प्रबलीकरणबाट पुनःनिर्माण लाभग्राहीमा परिवर्तन गरिएको छ । भूमिहीन लाभग्राही पाँचमध्ये चार जनालाई जग्गा खरिदका लागि रु दुई÷दुई लाख प्रदान गरिएको र जोखिम वर्गका ३९ लाभग्राहीमध्ये ३७ जनासँग सम्झौता गरिएको जनाइएको छ ।

कार्यक्रममा राष्ट्रिय पुनःनिर्माण प्राधिकरणको अनुदानमा कालोपत्रका काम भइरहेको दिक्तेल–खानीडाँडा–आहाले सडकको प्रगतिका विषयमा जानकारी दिइएको छ । थप भएको म्याद गत वैशाख २९ गते सकिएको सडकको हालसम्म ६० प्रतिशतमात्र प्रगति भएको जिल्ला आयोजना कार्यान्वयन एकाइ (अनुदान व्यवस्थापन तथा स्थानीय पूर्वाधार)को कार्यालय खोटाङका प्रमुख घनश्याम उपाध्ययले जानकारी दिनुभएको छ ।

पुनःनिर्माणअन्तर्गत हाल जिल्लामा तीनवटा गुम्बा पुनःनिर्माणको चरणमा रहेको प्राधिकरणले जनाएको छ । दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–२ सोल्माको मुढेस्थित थेकछोक मेन्ट्रोल साम्ताङ छोलिङ गुम्बा र ऐँसेलुखर्क गाउँपालिकास्थित बुद्ध छोलिङ गुम्बा निर्माणका लागि सम्झौता भइसकेको जनाइएको छ ।