अवरुद्ध जयपृथ्वी राजमार्ग पुनःसञ्चालनमा

अवरुद्ध जयपृथ्वी राजमार्ग पुनःसञ्चालनमा

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

बैतडी, २५ असार। पहिराका कारण गएरातिदेखि अवरुद्ध बनेको जयपृथ्वी राजमार्ग पुनःसञ्चालनमा आएको छ । वर्षाका कारण खोड्पे–बझाङ सडक खण्डअन्तर्गत ढोल्यामोडमा बिहीबार राति १० बजे खसेको पहिराले राजमार्ग अवरुद्ध भएको थियो ।

सडक माथिबाट खसेको पहिरो एस्काभेटरको सहयताले पन्छाएपछि आज दिउँसोदेखि राजमार्ग खुलेको प्रहरी निरीक्षक दर्शन खड्काले बताउनुभयो । अवरुद्ध राजमार्ग करीब १४ घण्टापछि पुनःसञ्चालनमा आएको हो ।

राजमार्ग अवरुद्ध हुँदा बझाङतर्फ जाने गाडी र बझाङबाट अन्यत्रका लागि छुटेका गाडी बीचबाटामै रोकिएका थिए । रोकिएका गाडी र यात्रु राजमार्ग पुनःसञ्चालनमा आएसँगै आ–आफ्नो गन्तव्यतर्फ लागेका प्रहरीले जनाएको छ । पहिराका कारणले उक्त राजमार्ग बेलाबेलामा अवरुद्ध हुने गरेको छ । रासस

यो पनि – एक वर्षमा १३ किमी कालोपत्र, २५ किमी ग्राभेल

चन्द्रौटा, २५ असार । कपिलवस्तुको शिवराज नगरपालिकाले आर्थिक वर्ष २०७७÷७८ मा नगरको १३ किलोमिटर सडकलाई कालोपत्रे गरेको छ । ग्रामीण क्षेत्रलाई प्राथमिकता दिँदै नगरपालिकाले अधिकांश सडक कालोपत्र गरेको छ । निर्वाचनपश्चात् शुरुको वर्षदेखि नै सडकलाई प्राथमिकता दिँदै हिलोमुक्त सडक बनाउन स्तरोन्नति गर्दै कालोपत्र गरिएको नगरप्रमुख नेत्रराज अधिकारीले बताउनुभयो ।

“प्रत्येक वर्ष १० किलोमिटरभन्दा बढी सडक कालोपत्र बनाएका छाँै, गाउँ–गाउँ पुग्ने सडक कालोपत्र हुँदा नागरिकको आवतजावतमा सहज भएको छ”, अधिकारीले भन्नुभयो, “आगामी वर्ष पनि विभिन्न सडकलाई कालोपत्र बनाउने योजना अघि सारेका छौँ ।”नगरपालिकाले एक वर्षमा २५ किलोमिटर सडकलाई स्तरोन्नति गर्दै ग्राभेल गरेको नगरपालिकाका सवइञ्जिनीयर नारायण बोहोराले बताउनुभयो । उहाँका अनुसार एक वर्षको अवधिमा तीन किलोमिटर सडक आरसिसी, सामुदायिक भवन, धर्मशाला, दुई किलोमिटर नाली र दुई वटा कल्भर्ट निर्माण सम्पन्न भएको छ ।

निर्माण सम्पन्न भएका सडक अनुगमन गरिएको उपप्रमुख शिवकुमारी थारुले बताउनुभयो । “निर्माण काम सम्पन्न भएका अधिकांश सडक अनुगमन गरेका छौं, गुणस्तरीय काम भएको छ”, थारुले भन्नुभयो, “सडकको गुणस्तरमा प्रश्न उठिरहेको बेला अनुगमनलाई प्रभावकारी बनाएका छौं ।”

शिवराज नगरपालिका–१ उमरीदेखि वनकट्टासम्मको सडक कालोपत्रको काम रु ५० लाखको लागतमा सम्पन्न भएको छ । त्यस्तै खरेन्द्रपुरदेखि धनगढवासम्मको सडक पनि यसै वर्ष कालोपत्र भएको छ । लामो समयदेखि वर्षात्को समयमा सडक हिलाम्मे हँुदा आवतजावतमा समस्या भएकाले यस वर्ष यस सडक कालोपत्र गरिएको वडा नं ३ का अध्यक्ष टेकलाल सापकोटाले बताउनुभयो ।

त्यस्तै सोनवर्षीदेखि कटुवा, शिवराज–५ राष्ट्रिय माविदेखि रहटकोल जाने सडक कालोपत्रे सम्पन्न भएको छ । एक वर्षभित्र सबै गाउँमा पुग्ने सडक कालोपत्रे गर्ने योजना नगरपालिकाको रहेको छ । रासस