सम्पर्क कार्यालय स्थापना

सम्पर्क कार्यालय स्थापना

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

प्रदेश–१ का मुख्यमन्त्री शेरधन राईले काठमाडौँमा रहेको मुख्यमन्त्री सम्पर्क कार्यालय प्रदेशको आर्थिक समृद्धिका लागि निजी क्षेत्र र वैदेशिक लगानीका व्यक्तिसँग भेटघाटका लागि रहेको बताउनुभयो । प्रदेश नं १ को प्रदेशसभाको आठौँ तथा बजेट अधिवेशनको आजको २१औँ बैठकमा प्रदेशसभा नियमावली, २०७४ को नियम ११८(७) बोजिम आव २०७८/७९ को विनियोजना विधेयक २०७८ मा निर्दिष्ट कार्यक्रममा उहाँले सङ्घीय सरकारले काठमाडौँमा मुख्यमन्त्रीको लागि निवासको व्यवस्था गरेको गरेकाले सम्पर्क कार्यालय निवास नभएको प्रष्ट पार्नुभयो ।

मुख्यमन्त्री राईले प्रदेश सरकारले कोरोना महामारीको दुवै लहरमा नागरिकको स्वास्थ्य उपचारमा सचेत रहँदै निःशुल्क सेवा उपलब्ध गराएको बताउनुभयो । आन्तरिक मामिला तथा कानूनमन्त्री हिक्मतकुमार कार्कीले रोजगारी र आर्थिक उत्पादकत्व वृद्धि गर्न सुरक्षाका लागि प्रहरीलाई बलियो बनाउनुपर्नेमा जोड दिँदै जनताले शान्ति सुरक्षाको अनुभूति नगरेसम्म विकासले फड्को नमार्ने जानकारी दिनुभयो । उहाँले एकद्वार प्रणालीअनुसार कानून एवं कार्यविधिको मापदण्डअनुसार विपद् राहत, पुनःस्र्थापना कार्य भैरहेको बताउँदै कहीकेही कमजोरी भए पनि पक्षपातपूर्ण व्यवहार नभएको उहाँले बताउनुभयो । विनियोजन विधेयक छलफलमा जयराम यादव, धीरेन्द्र शर्मा, मोहनकुमार खड्का, राजेन्द्रकुमार राई र लिला सुब्बाले मुख्यमन्त्री कार्यालय, आन्तरिक मन्त्रालय र आर्थिक मन्त्रालयका काम कारवाही, बजेट आदि विषयमा बोल्नुभएको थियो । प्रदेशसभाको अर्को बैठक अर्को सूचना जारी नभएसम्मका लागि स्थगन गरिएको सभामुख भण्डारीले बताउनुभयो ।

कोभिड अस्पतालले विश्वासिलो सेवाले जनताको मन जितेको छ : मन्त्री राई

प्रदेश–१ की सामाजिक विकासमन्त्री उषाकला राईले प्रदेश सरकारले सञ्चालन गरेको कोभिड अस्पतालले निःशुल्क र विश्वासिलो सेवाको कारण जनताको मन जित्न सफल भएको बताउनुभएको छ । उहाँले कोभिड अस्पतालको आज अनुगमन गर्दै निजी अस्पतालभन्दा उच्चस्तरको सेवा सुविधा सेवा दिइरहेकाले जनतामा अस्पतालप्रति उच्च विश्वास रहेको बताउनुभयो । अस्पतालमा ९६ वटा वेड रहेकोमा आज ४१ उपचारत रहेको अस्पतालका संयोजक वैजनाथ साहले जानकारी दिनुभयो । उहाँका अनुसार जनरल बेडमा आठ, एचडियुमा १५ र आइसीयुमा १८ जना उपचाररत छन् । उहाँले पछिल्लो समय अस्पतालमा भर्ना हुने दर घट्दै गएको छ ।

यो पनि – एमाले कार्यदल सहमतिउन्मुख

नेकपा (एमाले) मा विवाद समाधानका लागि गठित कार्यदलले विवादित विषयमा सहमतिको अन्तिम मस्यौदा तयार गरेको छ । कार्यदलले तयार गरेको सहमतिको खाकालाई भाषिक परिमार्जन गरेर शनिबार सार्वजनिक गरिने एमालेका प्रवक्ता प्रदीपकुमार ज्ञवालीले जानकारी दिनुभयो । कार्यदलका सदस्य ज्ञवालीले आजको छलफल निकै सौहार्द र सघनरुपमा भएको बताउँदै उक्त खाकाका विषयवस्तुबारे पनि थप खुलाउनुभएन ।

एमाले अध्यक्ष केपी शर्मा ओली र वरिष्ठ नेता माधवकुमार नेपालबीच गत जेठ २ गतेको सहमतिका आधारमा गठित १० सदस्यीय कार्यदलले कार्य गरिरहेका बेला जेठ ८ गते दोस्रो पटक प्रतिनिधिसभाको विघटनएपछि एमालेमा विवाद बल्झिएको थियो । प्रधानमन्त्री ओलीले नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्री बनाउने प्रस्तावमा हस्ताक्षर गर्ने एमालेका २३ निवर्तमान सांसदले हस्ताक्षर फिर्ता लिन आग्रह गर्नुभएको छ भने नेता नेपालले पार्टीलाई २०७५ जेठ २ गतेको स्थितिमा सञ्चालन गर्नुपर्ने माग गर्दै आउनुभएको छ ।