आठ करोड लगानीमा खानेपानी आयोजना सञ्चालन

आठ करोड लगानीमा खानेपानी आयोजना सञ्चालन

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

भीमदत्त नगरपालिका १८ सालघारीमा भगतपुर निम्बुखेडा खानेपानी तथा सरसफाई आयोजना सञ्चालनमा आएको छ । रु सात करोड ८९ लाखको लागतमा निर्माण भएको खानेपानी आयोजना सञ्चालनमा ल्याइएको हो जसमा स्थानीय उपभोक्ताले रु एक करोड ४३ लाख रकम व्यहोरेका छन । खानेपानी आयोजनाबाट पाँच सय बढी बासिन्दा लाभान्वीत भएका छन । आयोजनाका लागि चार सय ५० घनमिटर क्षमताको ओभर हेड टयाङ्की निर्माण गरिएको छ । खानेपानी वितरणका लागि झण्डै ४० हजार मिटर पाइपलाइन बिछ्याउने लक्ष्य लिइएको छ । वडा अध्यक्ष राजेन्द्र पाण्डेयले तत्कालका लागि पाँच सय घरधुरीमा खानेपानीका धारा जडान गरिएको बताउनुभयो ।
“ उपभोक्ताको आवश्यकता हेरी खानेपानीको पाइपलाइन विस्तारको कार्यलाई निरन्तरता दिन्छौ”,ं उहाँले भन्नु भयो, “उपभोक्ता समेत थपिदै जान्छन ।”

यो पनि – घरघरबाट फोहोर किन्दै घोराही उपमहानगर

घोराही उपमहानगरपालिकाले घर घरबाट फोहोर खरिद गर्न थालेको छ । बोटल र गुटखाका खोलमा पैसा आउन थालेपछि स्थानीय दङ्ग परेका छन् । गल्ने फोहोरबाट ग्यास र मल उत्पादनको तयारी अन्तिम चरणमा पु¥याइएको छ भने नगल्ने फोहोरलाई खरिद गरेर पुनः प्रयोगमा ल्याउन थालिएको छ । केही महिना पहिले सरसफाइ स्वयंसेवक परिचालन गरेर फोहोर किन्ने बारेमा जानकारी गराएको उपमहानगरपालिकाले गत शुक्रबारदेखि नागरिकहरुको घरमै पुगेर फोहोर खरिद गर्न थालेको हो । घोराही –१४ नयाँ बसपार्कमा जलजला होटलकी सञ्चालक सीता रोकालाई फोहर ब्यवस्थापनले निकै पीडा दिँदै आएको थियो । हरेक दिन बिहान फोहर जम्मा गरेर उपमहानगरको गाडीमा पठाउनपर्ने झञ्झट हुने गथ्र्यो । पहिलो पटक फोहर बेचेकी रोकाले बीस केजी फोहरको रु दुइसय पाँच रुपैयाँ प्राप्त गर्नुभयो । होटलबाट उत्पादन भएको फोहरले आम्दानी हुने भएपछि उहाँ खुशी हुनुहुन्छ ।

यो वर्षदेखि उपमहानगरभित्रको फोहर खरिद गर्ने नीति लिएपछि फोहर बिक्री गर्ने प्रतिस्पर्धा नै चलेको छ । चालु आर्थिक वर्षको बजेटमै राखेर उपमहानगरपलिकाले गत वैशाखदेखि फोहर खरिद गर्न शुरु गरेको थियो । अहिलेसम्म झण्डै रु बीस हजारको फोहर खरिद गरिएको उपमहानगरपालिका वातावरण तथा सरसफाइ महाशाखा प्रमुख लक्ष्मण अधिकारीले जानकारी दिनुभयो । उपमहानगरपालिकालाई प्लाष्टिकमुक्त बनाउने अभियानअन्तर्गत यो कार्यक्रम अघि सारिएको हो ।

उपमहानगरपालिकाले प्लाष्टिकको बोतलसहित नरम पोलिथिन एक किलोलाई रु दश, कपडा प्रति किलो रु पाँच, सुर्र्तीजन्य प्लाष्टिकको फोहोर प्रति किलो रु दुइ, गत्ता, कापीसहित वर्गिकरण अनुसारका फोहोरलाई रु दश देखि बीससम्ममा किलोमा खरिद गर्ने दर कायम गरिएको छ ।  यसरी खरिद गरिएको गल्ने फोहोरलाई बायो ग्यासमा प्रयोग गरिने र नगल्ने फोहोरलाई उद्योगहरुसँग समन्वय गरेर विक्री गरिने नगर प्रमुख चौधरीले जानकारी दिनुभयो ।

यो पनि -कोभिडका कारण मृत्यु भएका परिवारलाई ५० हजार

कोभिडका कारण मृत्यु भएका परिवारलाई इलामको देउमाइ नगरपालिकाले राहतस्वरुप ५० हजार रुपैयाँ उपलब्ध गराउने भएको छ । नगर कार्यपालिकाको बैठकले आर्थिक वर्ष ०७८÷०७९ को नीति तथा कार्यक्रममा नगरबासीको मृत्यु भए सो रकम दिने निर्णय गरेको हो ।नगरपालिकाका प्रमुख सूर्यप्रसाद पोख्रेलले यो यस वर्षको नयाँ कार्यक्रम भएको बताउनुभयो । नगरपालिकाले नयाँ कार्यक्रमका रुपमा देउमाइलाई अपाङ्ता मैत्री घोषणा गरेर अपाङ्ता भएका पहेलो कार्ड भएका व्यक्तिलाई मासिक रु ५०० दिने निर्णय गरेको छ । सो नगरपालिकाले एकल पुरुषलाई समेत भत्ता दिँदै आएको छ । साथै ४५ वर्ष उमेर नाघेका अविवाहित महिलालाई मासिक एक हजार रुपैयाँ भत्ता उपलब्ध गराउने भएको छ । यौनिक अल्पसङ्ख्यकलाई पनि मासिक एक हजार रुपैयाँ भत्ता उपलब्ध गराउने नगरपालिकाको नीति तथा कार्यक्रममा उल्लेख छ ।

अन्य स्थानीय तहभन्दा फरक कार्यक्रमका रुपमा शुरुबाट नै यस नगरपालिकाले नगरपालिका भित्र बसोबास गर्ने नगरवासीले बच्चा जन्माउँदा पोषण सुविधा उपलब्ध गराउँदै आएको छ । त्यस्तै मृत्यु हुँदा दाहाससस्कार खर्च भनेर पनि नगद उपलब्ध गराउँदै आएको छ । जन्म र मृत्युमा नगरबासीलाई नगद ५ हजार उपलब्ध गराउँदै आएको छ । सो कार्यक्रमलाई समेत निरन्तरता दिइएको नगरपालिकाका प्रमुख कार्यकारी अधिकृत प्रेमप्रसाद दाहालले बताउनुभयो । शिक्षा, सडक मर्मत तथा निर्माण, विजुलीवत्ती, खानेपानी, कृषि तथा पशु लगायतका पुराना कार्यक्रमलाई निरन्तरता दिइएको नगरपालिकाका सूचना अधिकारी गोविन्द प्रसाद बास्तोला (गोपाल) ले बताउनुभयो । रासस