गैँडाकोटमा सर्पको टोकाइबाट बालिकाको मृत्यु

गैँडाकोटमा सर्पको टोकाइबाट बालिकाको मृत्यु

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

नवलपरासी (बर्दघाट–सुस्तापूर्व) को गैँडाकोटमा सर्पको टोकाइबाट एक बालिलकाको ज्यान गएको छ । सर्पको टोकाइबाट शुक्रबार राति गैँडाकोट नगरपालिका–३ भुजेल गाउँकी १२ वर्षीया सम्झना भुजेलको मृत्यु भएको हो । राति सर्पले डसेको भए पनि बिहान मात्रै परिवारले थाहा पाउँदा समयमै उपचार नपाएर भुजेलको ज्यान गएको इलाका प्रहरी कार्यालय गैँडाकोटले जनाएको छ । परिवारलाई उदृत गर्दै इलाका प्रहरी कार्यलयका प्रहरी निरीक्षक लक्ष्मी पाण्डे खनालले बिहान ५ बजेको समयमा अस्पताल पु¥याइएको भए पनि बालिकाको ज्यान बचाउन नसकिएको बताउनुभयो । भुजेल गाउँमा केही दिन अगाडि मात्रै सर्पको डसाइबाट चार वर्षीया बालक र ८३ वर्षीय पुरुषले ज्यान गुमाएका थिए ।

यो पनि – दुरलेकमा पदमार्ग र आश्रयस्थल निर्माण

मालिका गाउँपालिका–२ रुमको शीरमा रहेको दुरलेक डाँडा जोड्ने पदमार्ग र आश्रयस्थल निर्माण भएको छ । गण्डकी प्रदेश सरकारको रु. ३५ लाख अनुदानमा उपभोक्ता समितिले पदमार्ग र आश्रयस्थल निर्माण गरेका हुन् । पुर्वाधार विकास कार्यक्रमको रु. २५ लाख बजेटबाट पदमार्ग र पर्यटन पुर्वाधार कार्यक्रमको रु. दश लाख बजेटले आश्रयस्थल निर्माण भएको मालिका गाउँपालिका–२ का वडा अध्यक्ष नरबहादुर पुनले जानकारी दिनुभयो ।

“ओझेलमा परेको दुरलेकको पर्यटन विकासका लागि पुर्वाधार बनाएका हौ,” उहाँले भन्नुभयो “पुर्वाधार बनेपछि पर्यटकलाई सुविधा पुग्ने र चहलपहल बढ्ने अपेक्षा गरेका छौ ।” दुरलेकको झण्डी देखि मन्दिरसम्मको दुई किलोमिटर पदमार्ग निर्माण भएको छ ।उकालो र भिरालोमा ढुङ्गाको सिँढी चिनेर र बिछ्याएर पदमार्ग बनाएको उपभोक्ता समितिका अध्यक्ष लालु पुनले बताउनुभयो । पदमार्गको चौडाई १.५ मिटर छ । पदमार्ग बनेपछि चिप्लो बाटोमा लडेर दुर्घटना हुने र बाटो बिराउने समस्या हटेको स्थानीय भक्तबहादुर पुनले बताउनुभयो ।

बस्तीदेखि टाढा रहेको दुरलेकमा पदमार्ग बनाउन रुमका ६५ जना मजदुर करिब ४५ दिन जङ्गलमै बास बसेका थिए । जङ्गलमै अस्थाइ टहरा बनाएर खानेबस्ने ब्यवस्था मिलाएर मजदुरलाई राखिएको थियो । यसैगरी प्रदेश सरकारकै रु. दश लाख सहयोगमा दुरलेक नजिकै पाहुनाहरुको सुविधाका लागि आश्रयस्थल निर्माण भएको छ । दश मिटर लम्बाई र पाँच मिटर चौडाई भएको एक तले आश्रयस्थलको भवन बनाइएको छ । दुरलेक घुम्न जाने पर्यटकलाई रातको समयमा बास बस्न सहज होस भनेर आश्रयस्थल बनाइएको हो ।

समुद्री सतहदेखि तीन हजार छ मिटर उचाइमा रहेको दुरलेक डाँडो पर्यटकीय सम्भावना बोकेर पनि ओझेलमा परेको छ । दुरलेकले बागलुङको ताराखोला, बुङ्गादोभान र तमानको सीमा क्षेत्रलाई समेटेको छ । अग्लो डाँडो दुरलेकबाट धौलागिरि, अन्नपूर्ण, माछापुच्छ«े, चुरेनलगायतका हिमश्रृङ्खलासँगै म्याग्दी र बागलुङका विभिन्न गाउँबस्तीको अवलोकन गर्न सकिन्छ । सूर्योदय र सूर्यास्तको मनमोहक दृश्यावलोकन गर्न त्यहाँ आन्तरिक पर्यटक जाने गरेका छन् । दुरलेकमा पाँचऔले, सतुवालगायतका बहुमूल्य जडीबुटीसमेत पाइन्छ । अनौठा आकृतिका आकर्षक ढुङ्गाहरु छन् ।

हिउँदमा सडकमार्ग भएर रुम हुँदै घ्याङ्लेपानी तथा त्यहाँबाट झण्डै चारदेखि पाँच घण्टाको पैदल यात्रापछि दुरलेक पुग्न सकिन्छ । सो क्षेत्रमा स्थानीयवासीले वर्षामा गोठ राख्ने गरेका छन् । दुरलेकमा खानेपानीको ब्यवस्थापन र मन्दिर निर्माण गरेर हिउँमा खेलिने स्कि खेलको सम्भाव्यता अध्ययन गर्न पहल गरेको वडा अध्यक्ष पुनले बताउनुभयो ।