लहानको प्रहरी हिरासतबाट थुनुवा फरार

लहानको प्रहरी हिरासतबाट थुनुवा फरार

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

इलाका प्रहरी कार्यालय लहानको हिरासतमा रहेका एक थुनुवा आज फरार भएका छन् । लागुऔषध मुद्दामा गत जेठ २० गते पक्राउ परेका सिरहाको नवराजपुर गाउँपालिका–१ निवासी ३५ वर्षीय पशुपति यादव बिहान २ः०० बजेतिर हिरासतको ग्रिल काटेर फरार भएका हुन् । प्रहरीको आँखा छलेर हिरासतको ग्रिल काटेर फरार भएका यादवको खोजी भइरहेको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक सुवास बुढाथोकीले जानकारी दिनुभयो । घटनाबारे अनुसन्धान भइरहेको उहाँले बताउनुभयो ।

यसैबीच सिराहा प्रहरीले विगत दुई साताको अवधिमा कर्तव्य ज्यानसहित विभिन्न मुद्दाका नौ फरार अभियुक्तलाई पक्राउ गरी अदालतमा बुझाएको छ । कैद र जरिवानाको फैसला सुनाएका फरार अभियुक्तलाई पक्राउ गरी अदालतमा बुझाइएको प्रहरी नायब उपरीक्षक बुढाथोकीले बताउनुभयो ।

यो पनि  – मेघगर्जन÷चट्याङसहित भारी वर्षाको सम्भावना

देशभर मनसुनी वायुको प्रभाव रहेकाले हल्कादेखि मध्यम वर्षाको सम्भावना रहनाका साथै केही स्थानमा मेघ गर्जन÷चट्याङसहित भारी वर्षाको सम्भावना रहेको जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । महाशाखाले आगामी २४ घण्टाका लागि चेतावनी तथा परामर्श जारी गर्दै भारी वर्षाका कारण पहाडी भू–भागमा भूक्षय, पहिरो तथा गेग्रान बहावको जोखिम रहनाका साथै नदीनाला तथा खहरे खोलामा पानीको सतह बढ्न सक्ने र दैनिक जीवन÷यातायात क्षेत्र प्रभावित हुनसक्ने भएकाले आवश्यक सतर्कता अपनाउन सबैमा अनुरोध गरेको छ ।

हाल देशभार सामान्यदेखि पूर्ण बदली रहनाका साथै प्रदेश नं १, वाग्मती प्रदेश, गण्डकी र सुदूरपश्चिम प्रदेशका केही स्थानमा हल्का वर्षा भइरहेको छ । काठमाडौँ उपत्यकामा बिहान घाम लागे पनि अहिले आंशिक बदली छ । उपत्यका आसपासका पहाडमा अहिले हल्का वर्षा भइरहेको छ । महाशाखाको आगामी तीन दिनको मौसम पूर्वानुमान बुलेटिनअनुसार आज दिउँसो देशभर सामान्यदेखि पूर्ण बदली रही धेरै स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ । प्रदेश नं १, वागमती प्रदेश, गण्डकी प्रदेश र लुम्बिनी प्रदेशका एक वा दुई स्थानमा मेघ गर्जन÷चट्याङसहित भारी वर्षाको सम्भावना रहेको छ । प्रदेश नं १, वाग्मती प्रदेश र सुदूरपश्चिम प्रदेशका एक वा दुई स्थानमा धेरै भारी वर्षाको पनि सम्भावना रहेको छ ।

रातिको समयमा बदली रही धेरै स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना छ । प्रदेश नं १, वाग्मती प्रदेश, गण्डकी प्रदेश, लुम्बिनी प्रदेश र सुदूरपश्चिम प्रदेशका एक वा दुई स्थानमा मेघ गर्जन÷चट्याङसहित भारी वर्षाको सम्भावना रहेको छ । आइतबार देशभर सामान्यदेखि पूर्ण बदली रही धेरै स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ । प्रदेश नं १, वाग्मती प्रदेश, गण्डकी प्रदेश, कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेशका केही स्थानमा मेघ गर्जन÷चट्याङसहित भारी वर्षाको सम्भावना रहेको छ । महाशाखाको पछिल्लो विवरणमा आज काठमाडौँको अधिकतम २८ दशमलव आठ र न्यूनतम २० दशमलव सात डिग्री सेल्सियस रहेको छ ।