वाग्मती प्रदेशसभा बैठक स्थगित

वाग्मती प्रदेशसभा बैठक स्थगित

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

वाग्मती प्रदेशसभाको बैठक स्थगन भएको छ । प्रदेश सरकारले प्रस्तुत गरेको बजेटमाथि छलफल गर्न आह्वान गरिएको बैठक अवरुद्ध हुँदै आएको छ । प्रदेशसभा सचिवालयले दुई दिनअघि सूचना जारी गरेर बैठक आज बस्ने जनाएको थियो । सचिवालयका अनुसार आज स्थगन बैठक आइतबारसाढे ११ बजे बस्ने छ । आव २०७८÷८९ का लागि प्रदेश सरकारले प्रस्तुत गरेको बजेटमा विद्युतीय बस सरकारले खरीद गरेर सञ्चालन गर्ने, सरकारले नै सञ्चारमाध्यमको सञ्चालन गर्ने लगायतका विषयमा असहमति जनाउँदै विपक्षीहरुले प्रदेशसभा बैठक अवरुद्ध गराउँदै आएका छन् । आजको बैठक पनि अवरुद्ध हुने देखेर स्थगन गरिएको हुनसक्ने सत्तापक्षका एक प्रदेशसभा सदस्यले बताउनुभयो ।

यो पनि – प्रधानमन्त्री ओली बाढी–पहिरो प्रभावित क्षेत्रमा

प्रधानमन्त्री केपी शर्मा ओली आज सिन्धुपाल्चोकको बाढी–पहिरो प्रभावित क्षेत्र हेलम्बु र मेलम्चीको अवलोकनका लागि आउनुभएको छ । प्रधानमन्त्री ओली अहिले हेलिकप्टरबाट ओर्लिएर हेलम्बु क्षेत्रमा हुनुहुन्छ भने यसपछि मेलम्ची क्षेत्रमा पुग्नुहुनेछ । प्रधानमन्त्री ओली मेलम्ची घ्याङमा स्थानीय तहका जनप्रतिनिधि र स्थानीयवासीसँग छलफलपछि गणेशबगर जाँदै हुनुहुन्छ । उहाँले मेलम्ची आयोजनाको मुख्य सुरुङको हवाइ निरीक्षण पनि गर्ने कार्यक्रम छ ।

प्रधानमन्त्रीका साथमा भौतिक पूर्वाधार तथा यातायातमन्त्री वसन्तकुमार नेम्वाङलगायत हुनुहुन्छ । मनसुन शुरु भएसँगै यही असार १ गतेको अविरल वर्षाका कारण सो क्षेत्रमा बाढी पहिराबाट जनधनको क्षति भएको थियो ।

यो पनि – उच्च गतिको इन्टरनेट एफटिटिएच सेवा वितरण

पछिल्लो समय जिल्लामा इन्टरनेटको माग बढेसँगै जोरायल गाउँपालिका–२ बुडर बजार तथा यहाँ रहेका सरकारी कार्यालयमा नेपाल टेलिकमले उच्च गतिको ताररहित इन्टरनेट सेवा एफटिटिएच सेवा वितरण गर्न थालेको छ । नेपाल टेलिकमले एउटै केबलबाट उच्च गुणस्तरको टेलिफोन र द्रुत गतिको इन्टरनेट प्रयोगमा ल्याउन सकिने फाइबर टु द होम ९एफटीटीएच० सेवा विस्तार गर्न थालेको छ । उक्त टेलिफोन सेवाबाट फोन, इन्टरनेट तथा ल्यान्डलाइन फोन सेवा सञ्चालन गर्न सकिने टेलिकमले जनाएको छ । बुडर बजारलगायत अन्य अन्य निजी घर तथा कार्यालयमा उक्त सेवा वितरणका लागि सेवा विस्तार गरिएको नेपाल टेलिकम राजपुरले जनाएको छ । जिल्लाका प्रमुख व्यापारी केन्द्र पिपल्ला, राजपुर, दिपायल तथा सिलगढीमा उक्त सेवा वितरण गरिएपछि अहिले यहाँका अन्य बजारमा सेवा वितरण गर्ने कार्य शुरु गरिएको हो ।

यसअघि यो सेवा काठमाडौँमा मात्रै शुरु गएिको थियो । नेपाल टेलिकमका सुदूरपश्चिम प्रदेशका क्षेत्रीय निर्देशक नामाकर न्यौपानेले केही महीना पहिले पुरानो क्षेत्रीय सदरमुकाम दिपायलमा पहिलो पटक उक्त एफटीटीएच सेवाको औपचारिक शुभारम्भ गर्नु भएसँगै अहिले आएर उक्त सेवा जोरायल–२ बुडर क्षेत्रमा विस्तार गर्न थालिएको नेपाल टेलिकम राजपुरका सूचना अधिकारी प्रकाशबहादुर चौधरीले बताउनुभयो । नेपाल टेलिकमले एफटीटीएचअन्तर्गत व्यक्तिगत र कर्पोरेट युजर प्याकेज समेत उपलब्ध गराइरहेको सूचना अधिकारी चौधरीले जानकारी दिनुभयो ।

त्यसअन्तर्गत न्यूनतम एक वर्षका लागि आठ एमबीपीएसको प्याक जम्मा रु आठ हजार शुल्क लाग्ने छ । हाल एफटीटीएच प्याकेजअन्तर्गत नयाँ लाइन जडान गर्ने ग्राहकले एक थान वाइफाई राउटर ९सीपीई० र १०० मिटर फाइबर तार निःशुल्क प्राप्त प्रदान गरिने टेलिकम कार्यालयले जनाएको छ । जिल्लामा यसअघि एडिएसएल र फोरजी सेवा विस्तार गरिँदै आए पनि अबदेखि नौवटै स्थानीय तहमा एफटिटिएच सेवा सञ्चालन गरिने भएको छ । जिल्लाका नौवटै स्थानीय तहमा यो सेवा विस्तार गरिएसँगै यहाँका अन्य छिमेकी जिल्ला डडेल्धुरा, बैतडी, अछाम, बझाङ र बाजुराका सबै स्थानीय तहमा पनि सेवा विस्तार गरिने टेलिकमको योजना छ । रासस