चीनको सीमावर्ती क्षेत्रका समुदाय नेपाली बजारमा निर्भर हुँदै

चीनको सीमावर्ती क्षेत्रका समुदाय नेपाली बजारमा निर्भर हुँदै

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

तीन वर्ष अगाडि चीनको सीमावर्ती क्षेत्रमा नेपाली सामग्री पाउन मुस्किल हुन्थ्यो । चीनका सामग्री मात्र पाइने गदथ्र्यो तर आजभोलि ती क्षेत्रमा चिनीयाँ सामग्री पाउन छोडेको छ ।  ताप्लेजुङको उत्तरी क्षेत्र फक्ताङलुङ–७ गाउँपालिकाको ओलाङचुङ्गोला, याङमा, घुन्सा क्षेत्रहरुमा विगतदेखि नै चीनको बजारमा निर्भर हँुदै आएको छ । कोभिड—१९ का कारणले यी सीमा क्षेत्रका समुदाय यतिबेला नेपाली बजारमा निर्भर हुँदै गएको छ ।

चीन र नेपालको व्यापारिक केन्द्र ओलाङचुङ्गोला हो । दुई वर्ष अगाडि प्रत्येक पसलमा पाइने चीनका खाद्य तथा लत्ताकपडालगायतका आवश्यक सामग्री अहिले पाइँदैन । कोभिडको कारण दुई वर्षदेखि ओलाङचुङ्गोला क्षेत्रका टिप्ताला नाका बन्द हँुदा चीनबाट सामग्री निर्यातमा रोक्का भएपछि नेपाली बजामा निर्भर हुन बाध्य भएको स्थानीय व्यापारी बङ्ग्या शेर्पाले बताउनुभयो । ओलाङचुङ्गोलामा भोटे समुदायको ५३ घर परिवार बसोवास गर्दै आएको छ भने १० घर याङमा गाउँमा बसोवास गरेको छ । यी प्रत्येक घरमा चीनका खाद्य सामग्रीदेखि अन्य आवश्यक सामग्री पाइने गरेकामा अहिले नभएको स्थानीयवासी नुपु शेर्पाले बताउनुभयो । चीनको व्यापारिक केन्द्र भएकाले ओलाचुङगोलामा चीनका सामग्रीको बजार विगतमा राम्रो खपत हुने गर्थो ।

गोला हुँदै ताप्लेजुङ जिल्लाका विभिन्न क्षेत्रमा चीनको सामग्री पुग्थ्यो । व्यापारीहरु गोला पुगेर चिनीयाँ सामान लिएर जाने गरेको शेर्पाले बताउनुयो । कोभिडका कारणले नाका बन्द भएपछि चीनको सामग्री आयात हुन नसक्दा चिनीयाँ सामग्री अभाव भएको स्थानीय बासिन्दाको भनाइ छ ।  नाका बन्द भएपछि चीनबाट आवश्यक सामग्री आयात नहुँदा सीमा क्षेत्रका बासिन्दालाई समस्या भएको याङ्मा गाउँका ठावा शेर्पाले बताउनुभयो । नेपाली खाद्य सामग्री हिमाली क्षेत्रमा पु¥याउन निकै खर्च लाग्ने उहाँले बताउनुभो । चीनबाट टिप्ताला नाका हँुदै आलाङचुङगोलामा सामग्री ल्याउँदा सस्तो पर्ने उहाँको भनाइ छ । रासस

यो पनि – स्तरोन्नति सकेर सेनाले बुझायो करिडोर

दश मिटर चौडाइको काम सकेर कालीगण्डकी करिडोर मालढुङ्गा–रिडीखण्ड सडक विभाग कालीगण्डकी करिडोर आयोजनालाई हस्तान्तरण गरिएको छ । नेपाली सेनाको निर्माण कार्यदलले स्तरोन्नति गरेको मालढुङ्गा–रिडी खण्ड सडक विभाग करिडोर आयोजना पाल्पालाई हस्तान्तरण गरेको हो । यसअघि स्तरोन्नति गरेर हस्तान्तरण गर्न बाँकी रहेको ३४।५ किलोमिटर सडक हस्तान्तरण भएको नेपाली सेनाका प्रमुख इञ्जिनीयर रेश्मीराज भट्टराईले बताउनुभयो ।

बागलुङको बलेवा विमानस्थलदेखि गुल्मीको हर्मिचौरसम्मको सडक कालीगण्डकी करिडोर आयोजनालाई हस्तान्तरण गरिएको हो । नेपाली सेनाले ट्रयाक खुलाएको सडक १० मिटर चौडा गर्ने जिम्मेवारी पाएको थियो । यो खण्ड हस्तान्तरण भएसँगै सेनाले स्तरोन्नतिको काम सकेको जनाएको छ । यस खण्डको एक समारोहबीच नेपाली सेनाका प्राविधिक सह–सेनानी शालिग्राम नेपालले सडक विभाग, कालीगण्डकी करिडोर आयोजनाका इञ्जिनीयर नवराज बाँस्तोलालाई हस्तान्तरण गर्नुभयो । रिडी­मालढुङ्गा ७८ किलोमिटर सडक खण्डको स्तरोन्नतिको काम गरेको सेनाको निर्माण कार्यदलले यसअघि मालढुङ्गा–बलेवा विमानस्थल खण्ड हस्तान्तरण गरिसकेको थियो भने गुल्मी खण्डको २७ किलोमिटर सडकसमेत हस्तान्तरण भैसकेको थियो ।

एक अर्ब ८६ करोड रुपैयाँ खर्चेर सेनाले करिडोर स्तरोन्नति गरेको हो । बागलुङ–गुल्मी खण्डको २०७० सालमा सेनाले जिम्मेवारी लिएर काम गरेको थियो । आव २०७४÷७५ मा ट्रयाक खोल्ने काम सकिएपछि यो आयोजनाले स्तरोन्नतिको लागि २०७५ सालमा जिम्मा लिएको थियो । सरकारले दिएको जिम्मेवारी तोकिएकै समयमा सम्पन्न गरेर हस्तान्तरण गरेको सेनाका प्रमुख इञ्जिनीयर रेश्मीराज भट्टराईले बताउनुभयो ।

यस खण्डमा पाँच वटा बेलिब्रिजसहितका संरचना बनेका छन् । सडक विभाग, कालीगण्डकी करिडोर आयोजनाको जिम्मामा आएको सडकलाई तत्काल वातावरणीय परीक्षण गरेर विस्तृत परियोजना प्रस्ताव ९डिपीआर० तयार गरिने आयोजना प्रमुख सुवोधकुमार देवकोटाले बताउनुभयो । ‘‘तीन महिनामा डिपीआर हुन्छ, बाँकी तीन महिनामा आइई गरेर सक्छौं’’, देवकोटाले भन्नुभयो, ‘‘कलोपत्रेको लागि योजना माग गरेर फाइल स्वीकृत हुने बेलासम्म सबै काम सकिन्छ ।’’ एक करोड रुपैयाँ बजेट आगामी आर्थिक वर्षमा डिपीआर र आइईको लागि विनियोजन भएको देवकोटाले जानकारी दिनुभयो ।

प्रमुख देवकोटाले ३० महिनामा यो सडक कालोपत्रे गरेर सकिने दाबी गर्नुभयो । ‘‘काम गर्न क्रियाशीलता, निरन्तरता र सक्रियता चाहिन्छ, त्यो हामीमा छ’’, देवकोटाले भन्नुभयो, ‘‘हामी समयमा काम गर्न निरन्तर लाग्छौं ।’’ सडक हस्तान्तरण भएसँगै अब कालोपत्रको काम शुरु हुनेमा स्थानीयवासी आशावादी छन् । स्तरोन्नतिपछि हस्तान्तरण गरेको सेनाको निर्माण कार्यदलले हर्मिचौरमा रहेको क्याम्पले आउँदो असोजसम्म सडकमा हुने क्षतिको मर्मत गर्ने जिम्मेबारी समेत लिएको छ । रासस