बेलायतमा मनाइयो भानुजयन्ती

बेलायतमा मनाइयो भानुजयन्ती

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

लन्डन, २६ असार । बेलायतस्थित साहित्यिक संस्था नेपाली साहित्य विकास परिषद् युकेका आयोजनामा शुक्रबार आदिकवि भानुभक्त आचार्यको जन्मजयन्ती मनाइएको छ । नेपाल, भारत र बेलायतका सर्जकको सहभागिता रहेको भर्चुअल समारोहमा परिषद्का पदेन संरक्षक एवं बेलायतस्थित नेपाली राजदूत लोकदर्शन रेग्मीले नेपाली साहित्यको समृद्धिका लागि परिषद्लाई सहयोग गरिने जानकारी दिनुभयो ।

परिषद् नेपाल शाखाका सल्लाहकार प्रा डा देवीप्रसाद सुवेदीले आदिकवि भानुभक्तले रामायणमार्फत भाषिक एकता गर्नुभएको बताउनुभयो । परिषद्का संस्थापक अध्यक्ष सुरेशजङ्ग शाहले बेलायतमा नेपाली भाषा साहित्यको संरक्षण तथा सर्जकलाई प्रोत्साहन गर्न परिषद्ले काम गरिरहेको बताउनुभयो । परिषद्का अध्यक्ष कोमलप्रसाद श्रेष्ठ मल्लले भानुभक्तले तत्कालीन समाजमा साहित्यिक जागरण अभियान शुरु गर्नुभएको बताउनुभयो रासस

यो पनि –नमूना युवा प्रदेशसभा जारी

सातवटै प्रदेशमा आज पनि ‘नमूना युवा प्रदेशसभा’ को अभ्यास भइरहेको छ । नमूना युवा संसद्बाट छनोट गरिएका मुख्यमन्त्री, मन्त्री, प्रदेश सभामुख, उपसभामुख, सचेतक, संसदीय दलका नेता, प्रदेश सांसदले आज भर्चुअल विधिबाट युवा प्रदेशसभाको अभ्यास गरिरहेका छन् । राष्ट्रिय युवा परिषद्को आयोजनामा युवा संसद् कार्यक्रमबाट छनोट १६ देखि २४ वर्ष उमेर समूहका युवाले प्रदेशसभा सञ्चालनको अभ्यास गरिहेका हुन् । परिषद्का कार्यकारी उपाध्यक्ष माधवप्रसाद ढुङ्गेलले संसदीय अभ्यास सिकाइएका युवाले प्रदेशसभा सञ्चालन गरिरहेको बताउनुभयो । उहाँका अनुसार आजको युवा प्रदेशसभामा वार्षिक नीति तथा कार्यक्रम प्रस्तुत गरिने छ ।

उहाँले युवालाई अहिलेदेखि नै संसदीय व्यवस्थाबारे जानकारी दिनका लागि नमूना प्रदेशसभा कार्यक्रम गरिएको बताउनुभयो । नमूना युवा संसद्बाट छनोट गरिएका प्रदेश सभामुखको भूमिकामा रहेका युवाले प्रदेशसभा सञ्चालन गरिरहेका छन् । प्रदेश नंं १ मा चेतन भट्टराई, प्रदेश नं २ मा गङ्गा श्रेष्ठ, वाग्मती प्रदेशमा बबिता परियार, गण्डकी प्रदेशमा मोनिका कोइराला, लुम्बिनी प्रदेशमा श्रद्धा कुँवर, कर्णाली प्रदेशमा पूर्णिमा आचार्य र सुदूरपश्चिम प्रदेशमा अर्जुन लुहारले प्रदेश सभामुखको भूमिका निभाई रहनुभएको छ । युवा रोजगारी, कोरोना भाइरसविरुद्धको खोप उपलब्ध गराउन नमूना युवा प्रदेशसभाका विषयमा छलफल भएको बताइएको छ ।

परिषद्ले युवालाई संविधान, लोकतान्त्रिक व्यवस्था, संसदीय व्यवस्थाबारे जानकारी दिनका लागि हरेक वर्ष नमूना युवा संसद् कार्यक्रम गर्दै आइरहेको छ । मुख्यमन्त्रीको भूमिकामा प्रदेश नं १ बाट नवीन पहाडी, प्रदेश नं २ बाट पूजाकुमारी साह, वाग्मती प्रदेशबाट अस्मि सापकोटा, गण्डकी प्रदेशबाट सन्दीप गिरी, लुम्बिनी प्रदेशबाट सुरज भट्टराई, कर्णाली प्रदेशबाट प्रशान्त लामिछाने र सुदूरपश्चिम प्रदेशबाट सुरेन्द्र गिरी चयन हुनुभएको छ । नमूना प्रदेशसभा आजै सकेर यही असार २८ देखि ३० गतेसम्म सङ्घीय युवा संसद्को अभ्यास हुँदैछ । ती युवालाई मुलुकको शासकीय प्रणाली, संसदीय क्रियाकलापदेखि राज्य सञ्चालनका सबै कुराको अभ्यास गराइन्छ । नमूना युवा संसद्मार्फत युवालाई प्रतिनिधिसभा, राष्ट्रियसभा, प्रदेशसभा र नगरसभा सञ्चालनको अभ्यास गराइन्छ । रासस

यो पनि – महामारी नियन्त्रण सहयोगी बन्दै नेपाल रेडक्रस

नेपाल रेडक्रस सोसाटीले कोभिड–१९ विरुद्धको खोप ल्याउन पहल गरेको छ । यसका लागि सोसाइटीले नेपालका मानवीय सेवामा निरन्तर सहयोग गरिराखेका साझेदार रेडक्रस तथा रेडक्रिसेन्ट सोसाइटीहरुको अन्तर्राष्ट्रिय महासङ्घ (आइएफआरसी) मार्फत ‘लबिङ’ (पैरबी) लाई तीव्र बनाएको हो । अहिले आइएफआरसीले पनि ‘कोभ्याक्स’ अन्तर्गत विकासोन्मुख तथा गरीब देशहरुलाई खोप सहयोग गर्न खोप उत्पादक तथा धनी देशलाई निरन्तर पैरबी गर्दै आएको छ । साथै खोप उत्पादक देशसँग आवश्यकताका आधारमा समानुपातिक खोप वितरण गर्न उसले आग्रहसमेत गरिराखेको छ ।

विश्व स्वास्थ्य सङ्गठनका अनुसार विश्वका सबैभन्दा गरीब ५० देशले दुई प्रतिशतमात्र खोप पाएका छन् । यी देशमा विश्वका १७ प्रतिशत जनसङ्ख्या बसोबास गर्दछन् । रोग प्रतिरोधात्मक क्षमताका लागि देशभित्र र अन्तर्राष्ट्रियस्तरमा ६० देखि ७० प्रतिशत मानिसलाई खोप लगाइनुपर्छ ।

सोसाइटीका महामन्त्री पिताम्बर अर्यालले कोभिड विरुद्धको थप खोप ल्याउन नेपाल रेडक्रसले प्रयास जारी राखेको जानकारी दिनुभयो । उहाँले भन्नुभयो, “महामारी रोमथामको एकमात्र उपाय खोप हो । सङ्कटासन्न समुदायलाई खोपको पहुँचमा पु¥याउनु विश्वव्यापी चुनौती बनेको छ । हामीले नेपाल रेडक्रसलाई सहयोग गरिराखेका साझेदार रेडक्रस तथा रेडक्रिसेन्ट सोसाइटी तथा आइएफआरसीमार्फत नेपालमा खोपका मात्रा बढाउन ‘लबिङ’ गरिराखेका छौँ । पत्राचार तथा उच्चस्तरीय कुराकानी भइरहेको छ । छिट्टै सकारात्मक नतिजा आउनेमा विश्वस्त छौँ ।” उहाँका अनुसार नेपाल रेडक्रसले विशेषगरी खोप उत्पादक देशहरु चीन, बेलायत र अमेरिकासँग ती देशका रेडक्रस सोसाइटीमार्फत नेपालको अवस्थाका बारेमा संवाद बढाएको छ । यसमा चीनसँग पत्राचार गरिसकिएको र बेलायत र अमेरिकासँग पत्राचार गरिँदैछ । नेपाल रेडक्रस, आइएफआरसीको मुख्यालय जेनेभा तथा र विभिन्न देशमा रेडक्रसको देशीय निर्देशक भई मानवीय सेवामा लामो अनुभव सम्हाल्नुभएको महामन्त्री अर्यालले भन्नुभयो, “कोभिड–१९ विरुद्धका रोकथाममा शुरुआती चरणदेखि हामी उच्च प्राथमिकताका साथ यसको रोकथाममा समुदायमा पुगिरहेका छौँ ।” महामारीको पहिलो लहरमा मास्क, स्यानिटाइजर, पिपिई, शव व्यवस्थापनका लागि शव व्यवस्थापन झोला, अग्रपङ्क्तिमा खटिने स्वास्थ्यकर्मीलाई तालीम तथा कोभिड उपचारका लागि अस्पतालमा आवश्यक पर्ने सामग्री सोसाइटीले सरकारलाई सहयोग गरेको थियो ।

साथै कोभिडबाट जोगिने उपायबारे जनचेतना, क्वारेन्टिन तथा होल्डिङ सेन्टर, मनोसामाजिक परामर्श, अनाथ बालबालिका तथा ज्येष्ठ नागरिकलाई आर्थिक सहयोग तथा आवश्यक ब्ल्याङ्केट, तारपोलियनसमेत उपलब्ध गराएको थियो । कोरोनाका बिरामी अस्पतालसम्म पु¥याउन सहज होस् भनेर आफ्ना एम्बुलेन्सलाई स्तरोन्नति गरिएको छ र चालकलाई व्यक्तिगत स्वास्थ्य सुरक्षा कवज र सङ्क्रमण न्यूनीकरण र नियन्त्रणसम्बन्धी तालीम प्रदान गरिनाका साथै रगतको अभाव हुन नदिन आफ्ना संयन्त्रलाई चुस्त बनाएको थियो ।

अन्तर्राष्ट्रिय क्षेत्रबाट कोभिड–१९ को दोस्रो लहरमा मानवीय सहायता भारतमा बढी केन्द्रित भएपछि महामारीसँग जुधिरहेका नेपालमा थप मानवीय सहयोग जुटाउन विशेष भूमिका निर्वाह गरेको थियो । कोरोनाबाट हुने मृत्यु र सङ्क्रमण दर दुवैका दृष्टिकोणले नेपाल बढी प्रभावित भएको कुरालाई नेपाल रेडक्रसले अन्तर्राष्ट्रिय क्षेत्रमा पु¥याई थप सहायता जुटाउन सरकारलाई सहयोग गरेको थियो । महामन्त्री अर्यालले भन्नुभयो, “भेन्टिलेटर र अक्सिजनका अभावमा मृत्युवरण गर्न नपरोस् भन्ने कुरालाई उच्च ध्यान दियौँ, सरकारसँग निकटतम् रही महामारी रोकथाममा सहयोग गरिरहेका छौँ । निरन्तर अन्तर्राष्ट्रियजगत्मा हामीले गरेका पैरबीका कारण कोभिड रोकथामका लागि करीब रु ७५ करोडभन्दा बढीका मानवीय सहायता सामग्री जुटेको छ ।” विशेषगरी ती सामग्रीमा कोरोना सङ्क्रमितलाई उपचारका लागि आवश्यक हुने अक्सिजन सिलिण्डर, अक्सिजन कन्सन्ट्रेटर, भेन्टिलेटर, अक्सिजन उत्पादन प्लान्ट, पल्स अक्सिमिटर, थर्मल गन पिपिई लगायतका छन् ।

आइएफआरसीमार्फत ३०० अक्सिजन कन्सन्टे«टर तथा विभिन्न रेडक्रसमार्फत ५०० थान १० लिटर क्षमताका र १०० थान १० लिटरभन्दा माथिका क्षमताका अक्सिजन सिलिण्डर सोसाइटीले प्राप्त गरेको छ । यी उपकरण स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयको समन्वयमा वितरण जारी रहेको उहाँले जानकारी दिनुभयो । उहाँका अनुसार सोसाइटीले स्वास्थ्य मन्त्रालयले आवश्यकता पहिचान गरेका भक्तपुर, दाङ र भैरहवाका स्वास्थ्य संस्थामा अक्सिजन प्लान्ट निर्माण सहयोग गर्ने जनाएको छ । क्यानेडियन र टर्किस रेडक्रसका सहयोगमा जडान हुने ती प्लान्टबाट प्रतिमिनेट ६०० लिटर अक्सिजन उत्पादन हुने जनाइको छ । सोसाइटीले दुई हजार ५०० अक्सिमिटर, एकहजार ५०० थर्मामिटर, आठ लाख ४९ हजार ४८४ पिपिई, माक्स, ग्लोब्स सरकारलाई सहयोग गरिसकेको छ । साथै ७७२ शव व्यवस्थापन झोला अस्पताल तथा स्थानीय तहमा वितरण गरिसकेको छ ।