बुद्धनगर क्षेत्रको वाग्मती सफाइ, थापाथली किनारमा वृक्षरोपण

बुद्धनगर क्षेत्रको वाग्मती सफाइ, थापाथली किनारमा वृक्षरोपण

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौँ, २६ असार । काठमाडौँ महानगरपालिका–११ स्थित बुद्धनगर क्षेत्रको नदी किनारमा वाग्मती सफाइ महाअभियानको ४२६औँ हप्ताको सफाइ गरिएको छ । सफाइसँगै अभियानकर्मी नारायणकुमार श्रेष्ठको जन्मोत्सवका अवसरमा सोही वडाको थापाथली क्षेत्रमा वृक्षरोपण पनि गरिएको थियो । आँप, कपुर, एभोकाडो, समी र गुर्जोका करीब १५० बिरुवा रोपिएको अभियानकर्मी प्रिया लामिछानेले राससलाई जानकारी दिनुभयो ।

सफाइमा पूर्व मुख्यसचिव एवं मुख्य अभियानकर्मी लीलामणि पौडेल, अधिकार सम्पन्न वाग्मती सभ्यता एकीकृत विकास समितिका अध्यक्ष उद्धवप्रसाद तिमल्सिना, सदस्य डा माला खरेल, गुर्जो अभियानकर्मी कमलबहादुर राजलवट, पूर्वसहसचिव एवं योग शिक्षक किशोरकुमार जोशी, वडा नं ११ का अध्यक्ष हीरालाल तण्डुकार, अभियानकर्मी डा लक्ष्मी पौडेल, वडा नं ९ का सदस्य टेकराज अधिकारीलगायत जनप्रतिनिधिको सक्रियता थियो । सफाइका क्रममा रोपिएका बिरुवाको संरक्षण वडा नं ११ कार्यालयले गर्ने सहमति भएको जनाइएको छ । यसैगरी गुह्येश्वरीमाथिको वाग्मती, रुद्रमती, विष्णुमती, मनोहरा, ललितपुरको गोदावरी खोला, चक्रपथको उत्तर र पश्चिमी खण्डलगायत स्थानमा पनि आज भौतिक दूरी कायम गरी स्वास्थ्य सुरक्षाका मापदण्ड पूरा गरेर सफाइ गरिएको छ ।

विसं २०७० जेठ ५ गते वाग्मती सफाइ महाअभियान शुरु भएपछि यसका सहायक नदी पनि सफाइ अभियान शुरु भएको हो । हाल उपत्यकाका २० स्थानमा सफाइ भइरहेको छ । यसैगरी उपत्यकाबाहिर पनि मुख्य शहर, नदी, सांस्कृतिक सम्पदास्थलमा सफाइ भइरहेको छ । उपत्यका बाहिरसमेत गरी १०७ भन्दा बढी स्थानमा सफाइ भइरहेको महाअभियानले जनाएको छ । वाग्मती सफाइ महाअभियान शुरु भएपछि प्रत्येक हप्ता शनिबार बिहान दुई घण्टा ‘राष्ट्रका लागि स्वयंसेवा’ भन्ने नाराका साथ जागरणमूलक अभियान जारी छ । जाडो, गर्मी, वर्षा, घाम, भूकम्प, नाकाबन्दी, कोरोना भाइरसको सङ्क्रमणजस्ता समयमा पनि वाग्मती सफाइ महाअभियान रोकिएको छैन ।

यो पनि – प्रदेशसभाको गतिरोध अन्त्य गर्न मुख्यमन्त्री पौडेलको प्रतिपक्षसँग वार्ता

वाग्मती प्रदेश सरकारले बजेट पास गर्नका लागि दलीय सहमति जुटाउन प्रयास थालेको छ । सहमतिका लागि मुख्यमन्त्री डोरमणि पौडेलले आज प्रतिपक्षी दलका नेतासँग वार्ता गर्नुभएको हो । उहाँले प्रमुख प्रतिपक्षी दलका नेता शालिकराम जम्कट्टेल तथा प्रतिपक्षी दलका नेता ईन्द्रबहादुर बानियाँसँग आज छलफल एवं वार्ता गर्नुभएको मुख्यमन्त्रीको सचिवालयले जनाएको छ ।

सभामुख सानुकुमार श्रेष्ठ र नेकपा (एमाले)का संसदीय दलका मुख्यसचेतक दीपक निरौलाको समेत सहभागिता रहेको छलफल सकारात्मक रहेको जनाइएको छ । छलफलले प्रदेशसभाको गतिरोध अन्य गरेको र आइतबार हुने प्रदेशसभाको बैठक विना अवरोध सञ्चालन हुने मुख्यसचेतक निरौलाले जिकिर गर्नुभयो । बजेटमाथिको छलफल आइतबार नै सकेर अबेरसम्म भए पनि बजेट पास गरेर अगाडि बढ्ने सहमति भएको उहाँले जानकारी दिनुभयो ।