युवाको रोजाइमा पर्दै साहसिक जलयात्रा

युवाको रोजाइमा पर्दै साहसिक जलयात्रा

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

कञ्चनपुर, २६ असार । महाकालीमा गत वर्षदेखि सञ्चालनमा आएको साहसिक जलयात्रा (¥याफ्टिङ्ग ) युवाको रोजाइमा पर्न थालेको छ । भीमदत्त नगरपालिका—९ को मुसेट्टीदेखि खल्लासम्म युवाले ¥याफिटङ्ग गर्दै आएका छन् ।  तराईको गर्मीबाट मुक्ति पाउन र रमाइलो गर्नका लागि ¥याफ्टिङ्ग गर्न जाने युवाको सङ्ख्या बढ्दै जान थालेको छ । भारतीय पक्षले एकलौटी रुपमा महाकाली नदीमा ¥याफ्टिङ्ग गर्दै आएको थियो । गत वर्षको फागुनमा पानी दिवसको अवसर पारी भीमदत्त नगरपालिकाले ¥याफ्टिङ्गको परीक्षण गरेको हो ।

त्यसपछि हप्तामा दुईदेखि तीन दिनसम्म युवाको टोली ¥याफ्टिङ्गका लागि पुग्ने गरेको मुसेट्टीवासीको भनाइ छ । “पहिले भारतीय पक्षले नदीमा जान समेत दिंदैनथ्यो” स्थानीय बासिन्दा भन्छन्, “अहिले नदीमा ¥याफ्टिङ्ग सञ्चालनको कार्य सहज रुपमा हुन थालेको छ । भारतीयले अवरोध गर्न छाडेका छन् ।” परीक्षणपछि अहिले दुईदेशीय सीमा नदीमा कानूनी प्रक्रिया पूरा गरी व्यावसायिक रुपमा सञ्चालन गर्ने तयारी अघि बढेको छ । “खल्ला, टुँडिखेल र मुसेट्टीका केही युवालाई ¥याफिट्ङ्गका लागि तालीम दिएका छौँ” भीमदत्त नगरपालिकाका प्रमुख सुरेन्द्र बिष्टले भन्नुभयो,“तालीम लिएर आएका युवालाई व्यावसायिक बनाउने योजनामा छौँ ।”

महाकाली नदीको बहुउपयोग नीतिअनुसार साहसिक जलयात्रा शुरु गर्ने योजना अघि सारिएको हो । त्यसका लागि भारत सरकारसित पनि समन्वय गरी छलफल अघि बढाइएको छ । खल्ला, टुँडिखेल र मुसेट्टीका वासिन्दाको आर्थिक अवस्थामा सुधार ल्याउन साहसिक जलयात्रा सञ्चालनको प्रक्रिया अघि बढेको छ । साहसिक जलयात्रासँगै तीनै वस्तीमा होमस्टे(घरवास पर्यटन) सञ्चालन गर्ने लक्ष्य लिइएको छ । तीन वस्तीमा ५२ ढोके, साइलेन्ट रिभर र पुरानो सिद्धनाथ मन्दिरलगायतका धार्मिक पर्यटकीयस्थल रहेका छन् । ¥याफ्टिङ्गले पर्यटकीय स्थलको प्रवद्र्धनमा समेत टेवा पुग्ने अपेक्षा गरिएको छ । रासस

यो पनि – मध्यविन्दुको रु एक अर्ब बजेट पारित

नवलपुर, २६ असार । मध्यविन्दु नगरपालिकाको नवौँ नगरसभाले आगामी आर्थिक वर्ष २०७८÷७९ का लागि रु एक अर्बभन्दा बढीको बजेट पारित गरेको छ । नवौँ नगरसभामा नगरप्रमुख चन्द्रबहादुर रानाले प्रस्तुत गर्नुभएको रु एक अर्ब दुई करोड ३५ लाख चार हजार ९६५ बराबरको बजेट सर्वसम्मत रुपमा पारित भएको हो ।

नवलपरासी (बर्दघाट–सुस्तापूर्व) को मध्यविन्दु नगरपालिकाको नवौँ नगरसभाले चालु खर्चतर्फ रु ५९ करोड ३७ लाख २१ हजार तथा पुँजीगततर्फ रु ४२ करोड ९७ लाख ८३ हजार ९६५ बराबरको अनुमानित बजेट पारित गरेको हो । नगरसभाबाट पारित गरिएको बजेटमा आन्तरिक राजश्व सङ्कलन रु १८ करोड ४५ लाख, राजश्व बाँडफाँटतर्फ सङ्घबाट रु ११ करोड ४४ लाख ४५ हजार तथा प्रदेशबाट रु एक करोड ६ लाख ७८ हजार गरी जम्मा रु ३० करोड ९६ लाख २८ हजार बराबरको लक्ष्य राखिएको छ । नगरपालिकाले शिक्षा, स्वास्थ्य र रोजगारलाई प्राथमिकतामा राखेर बजेट निर्माण गरेको रानाले बताउनुभयो । रासस