टिमुर तथा लौठसल्लाको बिरुवा रोपण

टिमुर तथा लौठसल्लाको बिरुवा रोपण

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

रसुवा, २७ असार । वनस्पतिलाई खेतीको रूपमा विस्तार गरी आयस्तर बढाउने उद्देश्यले टिमुर तथा लौठ सल्लाको बिरुवा रोपण गरिएको छ । बाँझो बसिरहेको जमीनलाई सदुपयोग गर्दै डिभिजन वन कार्यालयले चालू आर्थिक वर्षमा उत्तरगया गाउँपालिका –१, २ र ३ मा उक्त जातका वृक्ष रोपण गरेको हो । कार्यालय प्रमुख रामकृष्ण केसीका अनुसार यस वर्षको कार्यनीतिअनुरूप ६३ हजार ८९० लौठसल्ला एवं ५१ हजार ४१८ टिमुरको बिरुवा रोपण गरिएको छ ।

कार्यालयको वार्षिक समीक्षा बैठकमा उहाँले २२ हजार ५०० सतुवा र एक हजार ५०० कागतीका बिरुवासमेत रोपण गरिएको बताउनुभयो । टिमुर तथा लौठसल्लाको खेतीले स्थानीयबासीको आयस्रोतमा वृद्धि हुने जनाइएको छ । जिल्ला समन्वय प्रमुख कुलप्रसाद भट्टले फलफूल एवं अन्य नगदेबाली वृक्षरोपण गर्न आवश्यक रहेको बताउनुभयो । टिमुरको बिरुवाबाट तीन वर्षदेखि र लौठसल्लाको बिरुवाबाट सात वर्षदेखि लाभ लिन सकिने वन अधिकृत केसीले जानकारी दिनुभयो । हुर्किएपछि प्रतिवर्ष लौठसल्लाको एक बोटले १० केजी बराबरको पात दिने जनाइएको छ । यसको वर्तमान बजार मूल्य भने रू २५० देखि दुई सय ७५ सम्म रहेको बताइएको छ । रोपणको समयमै प्रत्येक बिरूवालाई छेकबार गर्नुपर्ने कार्यालयका सूचना अधिकारी बद्री ढुङ्गानाले बताउनुभयो । तीन वर्षमै फल दिने टिमुर भने प्रतिमाना रू १०० का दरले स्थानीयस्तरमै खपत भइरहेको वन प्राविधिक बताउँछन् ।

डढेलाका कारण उजाड बनेको गतलाङ पाखा सामुदायिक वनमा एक लाख बिरुवा रोप्ने लक्ष्य राखिएको छ । बहुवर्षे नीतिका साथ धुञ्चेस्थित कार्यालय परिसरमा नर्सरीसमेत स्थापना भएको र आगामी वर्षमा रोपण गर्ने लक्ष्य छ । यसैगरी ग्रामीण बासिन्दाको आयआर्जन बढाउन अन्य बिरुव ओखर चार हजार एवं स्याउ दुई हजार ५०० गतलाङ , गोल्जुङका साथै डाँडागाउँ क्षेत्रमा वितरण गरिएको छ । पूर्वाधार विकासतर्फ सो कार्यालयले दिगोे नर्सरी, डाँडागाउँमा जलाधार संरक्षण, गतलाङस्थित धार्मिक उद्यान र कालिका गाउँपालिकाको स्याउबारी क्षेत्रमा पर्यटन प्रवद्र्वन पूर्वाधार निर्माण गरिएको जनाएको छ । रासस

यो पनि – रैथाने अन्नबाली लोप हुँदै गयो

सुदूपश्चिम प्रदेशका पहाडी जिल्लामा पाइने रैथाने अन्नबाली लोप हुँदै गएका छन् । पछिल्लो समय उन्नत खालको बीउ भित्रिएसँगै फापर, कोदो, मकै र कागुनो जताका महत्वपूर्ण अन्नबाली लोपहुन थालेको हो । ती अन्नस्वास्थ्यको दृष्टिकोणले अति लाभदायक मानिन्छ । डडेल्धुरा, बैतडी, दार्चुला, बझाङ, डोटी, अछाम र बाजुरालगातका जिल्लामा राम्रो उत्पादन हुने ती अन्नबाली पछिल्लो समय लोपहँुदै गएको सुदूरपश्चिम कृषि विकास निर्देशनालय दिपायल डोटीले जनाएको छ ।

नयाँ पुस्ताले पुराना महत्वका बारेमा थाहा नहुँदा यसको खेतीप्रति कृषकको आकर्षण घट्दै जाँदा रैथाने अन्नबाली लोप हुँदै गएको बताइएको छ । फापर, कोदो र कागुनो उत्पादन हुने जमीनमा अहिले अन्य बाली लगाइएको पाइन्छ । पहिले बैतडी जिल्लाले मकैको रोटी र मही (घोगा र छाई) को पहिचान बनाएको थियो । डोटेली राज्यका इतिहासकार भोजराज भट्टराईले परम्परागत खेतीकोे पहिचानसमेत हराउँदै गएको बताउनुभयो ।

एकदशक अघि सुदूरपश्चिमका पहाडी जिल्लाको अधिकांश किसानका बारीमा ७५ प्रतिशत स्थानीय जातको अन्नबाली लगाइन्थे । अहिले १० प्रतिशतसम्म पनि नरहेको अगुवा कृषक पदम बोहराले जानकारी दिनुभयो । कृषि ज्ञान केन्द्र कार्यालयले ग्रामीण क्षेत्र अधिकांश किसानले कोदोखेती लगाउन छोडेकाले विस्थापित हुने अवस्थामा पुगेकोे जनाएको छ । जिल्लामा फापर, कोदा र मुदुरोेको उत्पादन राम्रो मानिन्छ । कृषकले हिजो आज खेती गर्न छाडेपछि विस्तारै गाउँघरको खेती कम हँुदै गएको छ ।

खेती गर्न छाडेपछि अहिले केही स्थानमा बीउसम्म पाउन मुस्किल हुन थालेको अमरगढी नगरपालिका–७ डडेल्धराकी इन्दिरा ताम्राकारले बताउनुभयो । अहिले थौरै घरायसी प्रयोजनका लागि मात्र खेती गरेको पाइन्छ । अन्य बालीभन्दा यी बाली स्वास्थ्यका लागि लाभदायक मानिने स्वास्थ्यकर्मीको भनाइ छ ।

फापर, कोदो, कागुनो र मुदुरो परिकारप्रति शहरी क्षेत्रका मानिसले आकर्षित भइरहेका छन् । ती बालीका खाद्यान्न बालबालिका, गर्भवती, सुत्केरीलाई लागि निकै फाइदाजनक मानिन्छ । स्वास्थ्य शाखा प्रमुख गणेश विष्टले ग्रामीण क्षेत्रमा पोषकतत्व पाइने खाद्यान्नको कमी आउन थालेको र स्थानीय पुराना जातको अन्नबाली उत्पादनलाई प्रवद्र्धन गर्न आवश्यक रहेको बताउनुभयो । रासस