दृढ इच्छाशक्तिकी धनी स्व.इन्द्रकलाप्रति श्रद्धाञ्जली

दृढ इच्छाशक्तिकी धनी स्व.इन्द्रकलाप्रति श्रद्धाञ्जली

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

नेपाल कम्युनिष्ट पार्टी(माओवादी केन्द्र) स्थायी समिति सदस्य पम्फा भुसालले ‘इन्द्र–गोविन्द स्मृति’ कोष स्थापना गर्ने घोषणा गर्नुभएको छ । आफ्नी माता इन्द्रकला र पिता गोविन्दको स्मरणमा सो कोष स्थापना गरेर ललितपुरस्थित महेन्द्र आदर्श माध्यमिक विद्यालयमा अध्ययन गर्ने जेहेन्दार विद्यार्थीलाई कोषबाट छात्रवृत्ती प्रदान गरिने व्यवस्था मिलाइएको उहाँले बताउनुभयो ।

 

नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)का स्थायी समिति सदस्य पम्फा भूूसालकी ममतामयी माता ईन्द्रकला भूसालको निधनमा उहाँको निवास ललितपुर नख्खुमा आइतबार आयोजित श्रद्धाञ्जली सभामा मन्तव्य व्यक्त गर्दै नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड । तस्वीर ः रत्न श्रेष्ठ, रासस

 

नेत्री भुसालकी माता इन्द्रकलाको स्वर्गारोहणको सातौँ दिन आज आफ्नै निवास ललितपुरमा भएको श्रद्धाञ्जलीसभामा उहाँले आमाबाको सम्झनामा अक्षयकोष स्थापना भएको जानकारी दिनुभयो । यसअघि दिवङ्गत बुबाको नाममा भुसाल परिवारले १३ वर्षअघि अर्घाखाँचीको जनता माविमा पनि यस्तै सहयोगी कोष स्थापना गरी सञ्चालनमा ल्याएको थियो । श्रद्धाञ्जली कार्यक्रममा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले माता इन्द्रकलाको स्मरण गर्दै राजनीतिक उत्प्रेरक व्यक्तित्वका रूपमा सम्झँदै भन्नुभयो, “दृढ इच्छा शक्तिकी धनी आमा स्वतन्त्रता पक्षपाती हुनुहुन्थ्यो ।” अध्यक्ष प्रचण्डले मृत्यु हुँदा दुःखी हुने र जन्मदा खुशी हुने मानवीय स्वाभाव भएको उल्लेख गर्दै कम्युनिष्टहरूले आफ्ना जेष्ठ नागरिकलाई सम्मान सुरक्षा दिने बताउनुभयो । मृत्युपछि भन्दा पनि जिवित रहँदा माता पिताको सम्मान गर्नुपर्ने उहाँको भनाइ थियो ।

 

नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)का स्थायी समिति सदस्य पम्फा भूूसालकी ममतामयी माता ईन्द्रकला भूसालको निधनमा उहाँको निवास ललितपुर नख्खुमा आइतबार आयोजित श्रद्धाञ्जली सभामा सहभागी हुँँदै नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, नेताहरु नारायणकाजी श्रेष्ठ, कृष्णबहादुर महरा, देव गुरुङलगायत । तस्वीर ः रत्न श्रेष्ठ, रासस

नेत्री भुसालले सामन्ती पितृसत्तामा जन्मेर आफ्नी आमाले सामाजिक तथा राजनीतिक दुःख भोग्नुभएको तर आफूहरूलाई राजनीति र विद्रोहमा नलाग भनेर कहिल्यै नभनेको उल्लेख गर्दै आमा राजनीतिक, भौतिक, आर्थिक एवं मनोवैज्ञनिक आफ्नो प्रेरणाको स्रोत बताउनुभयो । उहाँले भन्नुभयो, “हामीले एक्लो कहिल्यै गर्न परेन ।” कार्यक्रममा माओवादी केन्द्रका नेता पार्टी प्रवक्ता नारायणकाजी श्रेष्ठ, नेताहरू कृष्णबहादुर महरा, देव गुरुङ, वर्षमान पुनलगायतले स्वगीय इन्द्रकलाप्रति श्रद्धाञ्जली अर्पण गर्नुभयो । रासस

 

माता ईन्द्रकला भूसालको निधनमा आइतबार आयोजित श्रद्धाञ्जली सभामा मन्तव्य व्यक्त गर्दै नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)का स्थायी समिति सदस्य पम्फा भूूसाल । तस्वीर ः रत्न श्रेष्ठ, रासस

यो पनि – पछिल्लो २४ घन्टामा थप १ हजार ८३१ जनामा कोरोना संक्रमण पुष्टि, २० जनाको मृत्यु

काठमाडौं,२७ असार । नेपालमा पछिल्लो २४ घण्टामा देशभर १,८३१ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । ५५३५ पीसीआर र ३,६८३ एन्टीजेन परीक्षणमा १,८३१ जनामा कोरोना पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । यो संगै हालसम्म नेपालमा पिसीआरबाट कोरोना संक्रमण पुष्टि भएकाको संख्या ६ लाख ५५ हजार ४४९ पुगेको छ । भने एन्टीजेन पोजिटिभ भएकाहरुको संख्या ४३,६३९  पुगेको छ ।

त्यसैगरी, पछिल्लो २४ घण्टामा १,५३३ जना कोरोना संक्रमणमुक्त भएका छन् । योसँगै निको हुनेको संख्या ६ लाख १९ हजार ८९४  पुगेको छ । त्यसै गरी पछिल्लो २४ घण्टामा कोरोना संक्रमणबाट थप २० जनाको मृत्यु भएको छ । यो सँगै नेपालमा कोरोनाबाट मृत्यु हुनेको संख्या ९,३८२ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

 

यो  पनि – छोरी जन्मिए बैंक खातामा १५ हजार : ‘छोरी बचाऔँ, छोरी पढाऔँ

चन्द्रौटा, २७ असार । कपिलवस्तुको विजयनगर गाउँपालिकाले आगामी वर्षको नीति तथा कार्यक्रममा ‘छोरी बचाऔँ, छोरी पढाऔँ’ नारालाई अघि सारेको छ । गाउँपालिकाले परिवारमा पहिलो जन्मने छोरीका नामको बैंक खाता सञ्चालन गरी रु १५ हजार बचत कार्यक्रम ल्याएको छ । ग्रामीण क्षेत्रमा छोरीलाई पढाउन र उनको भविष्य सुन्दर बनाउन कार्यक्रम ल्याइएको गाउँपालिका अध्यक्ष गोपालबहादुर थापाले बताउनुभयो ।

“परिवारको पहिलो छोरीको खातामा गाउँपालिकाले रु १५ हजार बचत गर्छ र त्यो शिशुको परिवारलाई पनि अनिवार्य कम्तीमा रु पाँच हजार वा त्योभन्दा बढी रकम जम्मा गर्न लगाइन्छ”, उहाँले भन्नुभयो । उक्त रकम २० वर्षका लागि बचत गरिने र छोरी २० वर्ष पुग्दा उच्च शिक्षाका लागि प्रयोग गर्न सकिने उद्देश्यले यो कार्यक्रम अघि सारिएको हो । उक्त रकम पाउन गाउँपालिकाले गर्भवतीले नियमित स्वास्थ्य संस्थामा जाँच गरे नगरेको रिपोर्ट कार्ड अनिवार्यसमेत गराएको छ । त्यसले गर्दा गर्भावस्थामा जाँच गर्नेको सङ्ख्यामा वृद्धि हुने गाउँपालिकाको अपेक्षा छ । गर्भवतीले अनिवार्य बर्थिङ सेन्टरमा शिशु जन्माउनुपर्ने छ ।

कार्यक्रममार्फत शिशु जन्मेको ३५ दिनमा नै जन्मदर्ता गराइसक्नुपर्ने व्यवस्था रहेकाले जन्म दर्ता पनि समयमा नै हुने अध्यक्ष थापाले बताउनुभयो । मधेशमा महिलाको नागरिकता समयमा नै नबनाउने दरमा यो कार्यक्रमले कमी ल्याउने वडा नं ७ का वडाध्यक्ष दिनेश चौधरीले बताउनुभयो । यसले महिला हिंसामा समेत न्यूनीकरण ल्याउने विश्वास गरिएको छ ।

गाउँपालिकाले पहिलो छोरीको खातामा जम्मा गरिदिने उक्त रकमले उनलाई उच्च शिक्षा पढाउने भार पनि कम हुने र बिहेवारी गर्दा लाग्ने खर्चमा समेत राहत पुग्ने गाउँपालिकाको विश्वास छ । नियमित विद्यालय जान र शिक्षाप्रति आकर्षित गर्न गाउँपालिकाले हरेक वर्ष कक्षा ६ भन्दामाथि अध्ययनरत छात्रालाई साइकल, शैक्षिक सामग्री र छात्रावृत्ति वितरण गर्दै आइरहेको छ । रासस देवर रुपेश, ससुरा पतीराम, पति मुकेशसहित छ व्यक्तिले मिलेर सुजिताको हत्या गरी घरदेखि दुई किलोमिटर मनरहिया वनमा अवस्थित आफ्नै खेतमा पाँच फिट खाल्डो खनी गाडेको बताइएको छ ।

घटनाबारे टोल छिमेकबाट सुइँको पाएर माइती पक्षले प्रहरी, मानव अधिकारकर्मी, अधिकारवादी, प्रदेश सरकारका गृहमन्त्री र मधेश आयोगलगायतबाट सहयोग पाएर उनको शव गाडिएको स्थानमा यही असार १३ गते उत्खनन गर्दा प्रहरीले त्यहाँबाट कपाल, रगत, नुन, मलखाद, डोरी र तन्ना बरामद गरेपछि घटना थप रहस्यमय बनेको थियो ।

शवको अवशेष प्राप्त भएकै दिन प्रहरीले घटनामा संलग्न रहेका आरोपमा उनका देवर रुपेश र पति मुकेशलाई नियन्त्रणमा लिएको थियो । संलग्न व्यक्तिको केरकारपछि आज एक महिना आठ दिनपछि सुजिताको शव फेला पार्न सफल भएको प्रहरी नायब उपरीक्षक विष्टले बताउनुभयो । रासस