युथ तथा जुनियर बक्सिङतर्फ खेलाडी छनोट शुरु

युथ तथा जुनियर बक्सिङतर्फ खेलाडी छनोट शुरु

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

नेपाल बक्सिङ सङ्घको आयोजनामा एएसबीसी युथ तथा जुनियर बक्सिङ प्रतियोगिताका लागि खेलाडी छनोट शुरु भएको छ । ललितपुरको सातदोबाटोस्थित अन्तर्राष्ट्रिय खेलकुद परिसरमा आजदेखि सो छनोट शुरु भएको हो ।  पहिलो दिन जुनियरतर्फ पुरुष ५७ किलोमा नक्साल बक्सिङ क्लबका भूमिक थापाले ललितपुरका विशाल श्रेष्ठलाई हराउँदै फाइनलमा प्रवेश गर्नुभयो । युथतर्फ पुरुष ५४ किलोमा झापाका प्रविण बयल्कोटीले धरानका सिंहबहादुर लिम्बू तथा बोसीगाउँका सुलभ मालीले झापाका रोहन मलिकलाई पराजित गर्दै फाइनलका लागि स्थान बनाउनुभयो । यस्तै युथतर्फ पुरुष ६० किलोमा इन्द्रबहादुर सुनारले रोज थापा मगरलाई पराजित गर्नुभयो ।

यसैगरी युथतर्फ महिला ४८ किलोमा नक्साल बक्सिङ क्लबकी तेजीमाया गुरुङले झापाकी अनुष्का कुनाललाई पराजित गर्दै फाइनलमा प्रवेश गर्नुभयो । जुनियरतर्फ पुरुष ५० किलोमा कास्कीका मानबहादुर हमालले ललितपुरका सुजल थापालाई, ५४ किलोमा बक्समान्डुका छिरिङ शेर्पाले रामेछापका आर्यन गहतराजलाई तथा ७५ किलोमा ललितपुरका सुदेन गिरीले मेघदूतका अतुल्य भण्डारीलाई पराजित गर्नुभयो । यस्तै जुनियरतर्फ महिला ५० किलोमा मकवानपुरकी रोशनी घलानले झापाकी अनिशा खवास तथा ५४ किलोमा रामेछापकी स्वस्तिका तिवारीले मकवानपुरकी विनिता मोक्तानलाई पराजित गर्नुभयो । प्रतियोगितामा २६ पुरुष तथा नौ महिला खेलाडीको सहभागिता रहेको छ । पुरुषतर्फ युथमा ६ तथा जुनियरतर्फ चार विधामा खेलाडीबीच प्रतिस्पर्धा हुँदैछ ।

महिलातर्फ युथ र जुनियरतर्फ दुई दुई विधामा खेलाडी एकापसमा भिड्ने छन् । नेपाल बक्सिङ संघका अध्यक्ष राम अवालेका अनुसार प्रदर्शनका आधारमा खेलाडी छनोट गरिने छ । एएसबीसी युथ तथा जुनियर बक्सिङ प्रतियोगिता आगामी भदौ १ गतेदेखि युनाइटेड अरब इमिरेटस्को दुबईमा हुने प्रशिक्षक डम्मरदत्त भट्टले जानकारी दिनुभयो । प्रतियोगिता मंगलबारसम्म चल्ने छ । रासस

यो पनि – साहित्यकार र खेलाडी सम्मानीत

अर्जुनधारा नगरपालिकाले आज दीर्घ साहित्य सेवा पुरस्कारबाट साहित्यकार सरोज ओलीलाई सम्मानीत गरेको छ । नगरपालिकालाई कर्मथलो बनाएर साहित्य सिर्जनामा लामो समय व्यतित गर्नुभएका साहित्यकार ओलीलाई नगद पुरस्कार रु ५१ हजार र प्रमाणपत्रसहित प्रदेश–१ का आन्तरिक मामिला तथा कानूनमन्त्री हिक्मत कार्की, साहित्यकार कोमल पोखरेल लगायतले सम्मान गर्नुभएको थियो ।

खेलकूद क्षेत्रमा दीर्घसेवा पु¥याउनुभएका भगिरथ आले, जितेन्द्र मेचे, नारायण सुब्बा र हेमनारायण चौधरीलाई जनही रु १५ हजार नगदसहित पुरस्कार प्रदान गरिएको थियो । यस वर्षदेखि नगर क्षेत्रका साहित्यिक तथा खेलकूदका प्रतिभालाई सम्मान गर्न थालनी गरिएको र आगामी दिनमा निरन्तरता दिइने नगरप्रमुख हरि रानाले बताउनुभयो । नगरपालिकाले साहित्य तथा खेलकूद क्षेत्रको विकासका लागि भाषा, कला, साहित्य तथा संस्कृति प्रवद्र्धन समिति गठन गरेको थियो ।

मेचीनगरले ग¥यो सयौंलाई सम्मान

मेचीनगर नगरपालिकाले महिला क्रिक्रेटकी राष्ट्रिय कप्तान रुविना क्षेत्रीसहित खेलकूदको क्षेत्रमा ख्याति आर्जन गरी नगरको प्रतिष्ठा बढाउने विभिन्न खेलाडीलाई सम्मान गरेको छ । सम्मानीत हुनेमा राष्ट्रिय ब्याडमिन्टन खेलाडी अमिता गिरी, क्रिक्रेट खेलाडी रोमा थापा, काज श्रेष्ठ र अप्सरी बेगम, क्रिक्रेट प्रशिक्षक वीरु श्रेष्ठ, भलिबल प्रशिक्षक गणेशक्रिम नेम्बाङ, फुटबल खेलाडी पुजन उपरकोटी, टेनिस खेलाडी इरा राउत र प्रनव खनाल, कराते खेलाडी अस्मिता मल्लिक, सन्ध्या ठटाललगायत रहेका छन् ।
मेचीनगर स्थायी बसोबास भई अन्तर्राष्ट्रिय प्रतियोगितामा सहभागी भएर पदक दिलाएका खेलाडीलाई सम्मानका लागि छनोट गरिएको प्रमुख प्रशासकीय अधिकृत खेमराज ओझाले बताउनुभयो । रासस