दुई दिनभित्र शेरबहादुर देउवालाई प्रधानमन्त्री बनाउन सर्वोच्च अदालतको परमादेश

दुई दिनभित्र शेरबहादुर देउवालाई प्रधानमन्त्री बनाउन सर्वोच्च अदालतको परमादेश

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

सर्वोच्च अदालतले प्रतिनिधिसभा पुनःस्थापना गर्दै दुई दिनभित्र नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्री बनाउन परमादेश जारी गरेको छ । प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबरा तथा न्यायाधीश दीपककुमार कार्की, मीरा खड्का, ईश्वरप्रसाद खतिवडा र डा आनन्दमोहन भट्टराईको संवैधानिक इजलासले आज सो फैसला सुनाएको हो । अदालतले आगामी साउन ३ गते प्रतिनिधिसभाको बैठकले बोलाउनसमेत भनेको छ । फैसलाको पूर्णपाठ आउन बाँकी छ ।  गत जेठ ८ गते मन्त्रिपरिषद्को सिफारिसमा प्रतिनिधिसभा विघटन गरी आगामी कात्तिक २६ र मङ्सिर ३ गते मध्यावधि निर्वाचन तोक्ने गरी राष्ट्रपतिको सोही दिनको निर्णय बदर गरेर असंवैधानिक र गैरकानूनी घोषणा गर्ने माग ती निवेदनमा गरिएको थियो ।

यो पनि – प्रतिनिधिसभा पुनःस्थापना गर्ने फैसला

सर्वोच्च अदालतले प्रतिनिधिसभा पुनस्थापना गर्ने फैसला सुनाएको छ । प्रतिनिधिसभा विघटनसम्बन्धी मुद्दाको सुनुवाइ गरेकोे प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबरा तथा न्यायाधीश दीपककुमार कार्की, मीरा खड्का, ईश्वरप्रसाद खतिवडा र डा आनन्दमोहन भट्टराईको संवैधानिक इजलासले प्रतिनिधिसभा पुनःस्थापना गर्ने फैसला सुनाएको हो । यसको पूर्णपाठ केही समयमा आउने अदालतले जनाएको छ ।

उक्त विवादमा ३० रिट निवेदन परेका थिए । गत जेठ ८ गते मन्त्रिपरिषद्को सिफारिसमा प्रतिनिधिसभा विघटन गरी आगामी कात्तिक २६ र मंसिर ३ गते मध्यावधि निर्वाचन तोक्ने गरी राष्ट्रपतिको सोही दिनको निर्णय बदर गरेर असंवैधानिक र गैरकानूनी घोषणा गर्ने माग ती निवेदनमा गरिएको थियो ।

यो पनि – सप्तरीमा ५५ घटना मानवाधिकार उल्लङ्घन

जिल्लामा छ महिनाका अवधिमा ५५ मानवाधिकार उल्लङ्घन र ज्यादतिका घटना भएका छन् । नेपाल मानवाधिकार वर्षपुस्तक २०२२ को तयारीका लागि इन्सेकले सार्वजनिक गरेको अर्धवार्षिकप्रतिवेदनमा सन् २०२१ जनवरीदेखि जुनसम्मका अवधिमा महिला र बालबालिका हिं’साका घटना बढी अभिलेख गरिएको छ । इन्सेक प्रतिनिधि मनोहरकुमार पोखरेलले आइतबार प्रस्तुत गरेकोे प्रतिवेदनअनुसार बालिका ब’लात्का’रका १२ घटनामा पाँचदेखि १८ वर्षका १३ जना पीडित छन् । आ’रोपितमा १५ देखि ७१ वर्षका १३ जना छन् । आरोपितमध्ये बुवासहित चार जना पुर्पक्षका लागि थुनामा, छ जना फरार, एक बालक अभिभावकको जिम्मामा र एक धरौटीमा रिहा भएका छन् । एउटा उजुरी दर्ता भएको छैन् ।

डाक्नेश्वरी नगरपालिका–३ हटेलकी नौ वर्षीया शिवानीकुमारी यादवको ब’लात्का’र गरी ह’त्या गरेको आरोपमा छिमेकी १९ वर्षीय रोहितकुमार यादव असार ६ गते पक्राउ परेका छन् । पीडितको हँसि’याले घाँटी का’टेर ह’त्या गरिएको अवस्थामा असार ४ गते श’व फेला परेको थियो । पहिलो पटक मिर्गौला बे’चबि’खनको एक घटना पनि बाहिर आएको छ । वैशाख २७ गते पक्राउ आरोपित सुरुङ्गा नगरपालिका–१ नैनडाबरका ३५ वर्षीय रमेश विश्वकर्मा मानसिक र शा’रीरिकरुपमा बिरामी रहेकाले जेठ ४ गते जमानीमा छुटेका छन् । मुख्य आरोपितको पहिचान खुलेको छैन ।

महिला ब’लात्का’रका छ घटनामा दुई जना फरार, दुई जना धरौटीमा र दुई जना जमानीमा रिहा भएका छन् । यो छ महिनाको अवधिमा गैरराज्यबाट दुई पुरुषको कु’टपि’टमा ह’त्या घटना भयो । जसमा आठ जना पुरुष आ’रोपित रहे । आ’रोपितमध्ये एक घटनाका चार जना पुर्पक्षका लागि थुनामा छन् भने अर्को घटनाको अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

सोे छ महिनामा बालयौ’न दु’व्र्यवहारको तीन घटनामा एक जना बालसुधार गृहमा छन्, एक जना असार ८ गते पक्राउ परेका छन् भने एउटा उजुरी दर्ता भएको छैन । १४ वर्षीया बालिकालाई अ’पहरण गरेको आ’रोपमा असार १५ गतेदेखि एक जना आरोपित पुर्पक्षका लागि थुनामा छन् । छ महिनाको अवधिमा हुनै लागेको एक बालविवाह रोकिएको छ भने अर्को एक बालविवाहमा जेठ १६ गते पाँच आरोपितवि’रुद्ध अदालतबाट म्यादी पुर्जी जारी भएको छ ।

महिला ब’लात्का’र प्रयासका छ वटा घटनामा दुई जना ध’रौटीमा रिहा भएका छन् भने दुई जना पक्राउ परेका छैनन् र दुई जनाले उजुरी दिएनन् । एक महिलाको आ’त्मह’त्या दु’रुत्सानमा उनका पति असार ७ गते ६० हजार धरौटी राखी रिहा भएका छन् । बहुविवाहको चार घटनामा पाँच जना आ’रोपितवि’रुद्ध म्यादी पुर्जी जारी भएको छ भने तीन जना धरौटी राखी रिहा भएका छन् ।

एक महिलाको ग’र्भपतन गराएको आ’रोपमा जिल्ला अदालतले पाँच जनालाई जनही रु ३० हजार धरौटी लिइ पुर्पक्षका लागि रि’हा गरेको छ । भौतिक संरचना, सम्पत्ति क्षतिअन्तर्गत चार घटनामा दुई आ’रोपित धरौटीमा र एक जमानीमा रिहा भएका छन् । आ’रोपित एक जनालाई म्यादी पुर्जी जारी भएको छ भने पाँच जना पक्राउ परेका छैनन् । गैरराज्यबाट यातनाका एक, विप्लब समूहका पक्राउको एक, कुटपिट÷दु’व्र्यवहारका चार, घरेलु हिं’साका पाँच घटना अभिलेख गरिएको छ । रासस